कास्की । पोखरा महानगरपालिकामा नेकपा एमालेको पकड क्षेत्र मानिएको वडाहरूमा मत गणना हुँदा नेकपा एकीकृत समाजवादी अगाडि देखिएको छ ।
Advertisement
पोखरामा अहिले वडा नम्बर १, २ र १२ को गणना भइरहेको छ । यी वडामध्ये १ एमालेको पकड क्षेत्र हो ।
हालसम्म १७ सय मत गणना हुँदा सत्ता गठबन्धनका उम्मेदवार नेकपा एसका धनराज आचार्यले ९ सय २३ मत पाएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णबहादुर थापाले ८ सय ६ मत पाएका छन् ।