काठमाडौँ । इलामको रोङ गाउँपालिका १ मा नेपाली कांग्रेसका मनोहरि खड्का निर्वाचित भएका छन् । उनी आफ्नै भाइ मनोज खड्कालाई पराजित गर्दै विजयी भएका हुन् ।
Advertisement
कांग्रेसका उम्मेदवार दाजु मनोहरिले ६१० मत पाउँदा नेकपा एमालेका उम्मेदवार मनोजले ४८८ मत पाएका हुन् । दाजुले भाइलाई १२२ मतान्तरणरे पराजित गरेका हुन् ।
अन्य सदस्यमा एमालेकी दलित महिला उम्मेदवार लक्ष्मी नेपालीबाहेक सबै पद नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।