कास्की । पोखरा महानगरको मत गणनामा नेकपा एकीकृत समाजवादीले अग्रता कायम राखेको छ ।
Advertisement
एक हजार ६०० मतको गणनामा गठबन्धनका तर्फबाट प्रमुख पदका उम्मेदवार नेकपा एसका धनराज आचार्यले ६१३ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कृष्ण थापाले ५८३ मत पाएका छन् ।
त्यस्तै उपप्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका कोपिला रानाभाटले ७१६ मत प्राप्त गरेकी छन् । यस्तै, एमालेका मञ्जुदेवी गुरुङले ५८३ मत प्राप्त गरेकी छन् ।
महानगरमा वडा नं १, २ र १२ को मतगणना भइरहेको छ ।