काठमाडौँ । धनकुटाको चौबीसे गाउँपालिका वडा नम्बर २ को वडा सदस्य पदमा विजयी भएको खबर सुन्न नपाई एक उम्मेदवारको मृत्यु भएको छ ।
Advertisement
मधुमेह र उच्च रक्तचापका बिरामी ५२ वर्षीय अटलबहादुर सुर्जे मगरको विजयी समाचार सुन्न नपाउँदै निधन भएको हो । उनको मष्तिष्क घातका कारण निधन भएको हो ।
एमालेबाट वडा सदस्य निर्वाचित भइसकेका उनी यसपटक पनि ७९२ मतसहित विजयी भएका थिए ।
शनिबार साँझ ६ बजेतिर मतागणना स्थलमै अचानक स्वास्थ्य समस्या आएपछि उनलाई उपचारका लागि धरान लगिएको थियो । विराटनगरको नोबेल अस्पतालमा राति एक बजे उनको मृत्यु भएको हो ।
उनकाका दुई छोरा र पत्नी छन् ।