काठमाडौँ । ललितपुर महानगरपालिकाको मेयरका उम्मेदवार चिरिबाबु महर्जनले ७०६ मत पाएका छन् । सत्ता गठबन्धनका लागि नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेको उनी प्रतिद्वन्द्वीभन्दा दुई गुणा बढी मत ल्याउँदै अग्र स्थानमा रहेका हुन् ।
Advertisement
यस्तै, नेकपा एमालेका उम्मेदवार हरिकृष्ण ब्यञ्जनकार ३३६ मत ल्याउँदै दोस्रो स्थानमा रहेका छन् । तेस्रो स्थानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार अष्टबहादुर महर्जनले जम्मा ३५ मत पाएका छन् ।