• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बुद्ध जन्मस्थलमा भ्रष्‍टाचारको राग : हाजिरीदेखि खर्च विवरणसम्म शंकाको घेरामा


    Avatar photo
बुधबार, मङि्सर १८, २०८२ मा प्रकाशित

भैरहवा- लुम्बिनी विकास कोषमा पछिल्लो समय योजना तथा कार्यक्रम व्यवस्थापनसम्बन्धी विवाद चर्किएको छ।

Advertisement

विकास कोषकी योजना प्रमुख स्मिता भट्टको कार्यशैली र पारदर्शितामाथि प्रश्‍न उठेपछि स्थानीयवासी तथा सरोकारवाला संस्थाहरू आक्रोशित बनेका हुन्। सूचना अधिकार ऐनअन्तर्गत रेस्पोन्स टिम क्लबले योजना प्रमुख भट्टको हाजिरी विवरण माग गर्दै सूचना अनुरोध गरेको थियो। तर, तोकिएको समयभित्र पनि विकास कोषले सो सूचना उपलब्ध नगराएपछि विवाद थप चर्किएको क्लबका अध्यक्ष जम्सेद खानले बताए।

क्लबका प्रतिनिधिहरूले योजना प्रमुख भट्टको हाजिरीमै अनियमितता देखिएको, उनले व्यवस्थापन गरेका योजनाहरूमा पारदर्शिता नदेखिएको, खर्च विवरण नखुलेको र सार्वजनिक जानकारीसमेत गोप्य राखिएको आरोप लगाएका छन्। योजना प्रमुख स्मिता भट्ट आएको २ वर्ष हुँदा समेत एउटा योजना पनि पूरा नभएको सरोकारवालाको आरोप छ। हामीले मागेको साधारण सूचना पनि नदिएपछि विकास कोषमा केही न केही अनियमितता हुनु सक्छ भन्‍ने आशंका झनै बढेको रेस्पोन्स टिम क्लबका सदस्य अर्जुन कुर्मीले बताए।

आर्थिक पारदर्शिताबारे नेपाली हेडलाइनले  सोधखोज गर्न खोज्दा उनले प्रतिक्रिया दिन नसक्ने बताइन्। उनको भनाइले पनि सरोकारवालाको आरोपलाई थप बल मिलेको छ।

स्थानीयवासीले विकास कोषले यथाशीघ्र स्पष्‍ट जानकारी सार्वजनिक गर्न, योजनामा पारदर्शिता कायम गर्न तथा जिम्मेवारी वहन गर्ने अधिकारीमाथि छानविन गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्। यदि यसो नभए उनीहरूले उग्र आन्दोलन गर्ने चेतावनी दिएका छन्।

भट्टभन्दा अघिका योजना प्रमुख सरोज भट्टराईले यतिबेला मुद्दा खेपिरहेका छन्। लुम्बिनी विकास कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोपाइटरसँग घुस माग गरी प्रोपाइटरकै खाताबाट सोझै जग्गा बिक्रेताको खातामा ४० लाख र जग्गा खोजिदिने व्यक्तिको खातामा ४० लाख गरी जम्मा ८० लाख जम्मा गराएको छानविनबाट देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। सोही आधारमा भट्टराईलाई ८० लाख रुपैयाँ विगो कायम गरी कैद र विगोबमोजिम जरिवाना मागदाबीका साथ आयोगले मुद्दा दायर गरेको हो।

यस्तै, भट्टराईकी आमा जनक नन्दनीलाई पनि भ्रष्‍टाचारको मतियार भएको आरोपमा प्रतिवादी बनाउँदै ८० लाख नै विगो कायम गरी सजाय तथा विगो बमोजिम जरिवाना मागदाबी गरिएको छ।

बुधबार, मङि्सर १८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.