• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

प्रदेशको सडक : निर्माण अति सुस्त, सास्तीमा नागरिक


    Avatar photo
बुधबार, कार्तिक २०, २०८२ मा प्रकाशित

बुटवल- लुम्बिनी प्रदेश सरकारअन्तर्गतको सडक पूर्वाधार विकास कार्यालय बुटवलद्वारा निर्माणाधीन बसडिलवा-बाहुन्‍नकोटी बहुवर्षीय सडक योजनाको निर्माण लामो समयदेखि सुस्त गतिमा छ।

Advertisement

स्थानीयवासी वर्षौंदेखि सहज र दिगो सडकको आशामा प्रतीक्षा गरिरहेका छन्। तर, निर्माणमा निरन्तर ढिलाइ हुँदा उनीहरू दैनिक सास्ती बेहोर्न बाध्य छन्।

यो सडकमार्फत मायादेवी गाउँपालिका-८ अन्तर्गतको प्रमुख सम्पर्कमार्ग हो, जसले बसडिलवा, बाहुन्‍नकोटी, चिलिया र आसपासका बस्तीहरूलाई जोड्ने उद्देश्य छ। सडक निर्माण पूरा भएपछि स्थानीय बासिन्दालाई विद्यालय, अस्पताल, बजार र कार्यालय आवतजावतमा सहजता आउने अपेक्षा छ। तर, निर्माण नै यति सुस्त छ कि उनीहरूको सपना अधुरै छ।

२०७८ सालदेखि अध्ययन र डिजाइन चरणमा रहेको यो परियोजना १९ पुस ०८१ मा ठेक्का सम्झौता भई निर्माण शुरु भएको थियो। ३ करोड १ लाख ७८ हजाररुपैयाँ लागत अनुमानित यो सडक निर्माणका लागि २ करोड ९ लाख ९३ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको थियो।

सम्झौता अनुसार ३० चैत ०८२ भित्र निर्माण सम्पन्‍न गर्ने लक्ष्‍य थियो। तर, हालसम्म करिब ६० प्रतिशत मात्र काम पूरा भएको सडक पूर्वाधार विकास कार्यालय रुपन्देहीले जनाएको छ।

कार्यालयका अनुसार मनसुनको अवरोध, निर्माण सामग्री ढुवानीमा कठिनाइ, श्रमिक व्यवस्थापनमा चुनौती र यान्त्रिक उपकरणको कमीलगायत कारणले काम ढिलो भइरहेको हो। तर, स्थानीयवासीहरूको भनाइ केही फरक छ। उनीहरूका अनुसार ठेकेदार कम्पनीले कामप्रति पर्याप्त ध्यान नदिई समय-समयमा कार्यस्थल त्याग्‍ने, आवश्यक उपकरण नल्याउने र गुणस्तरमा बेवास्ता गर्ने प्रवृत्तिका कारण सडकले अहिलेको अवस्था भोग्‍नुपरेको हो।

करिब १ किलोमिटर लम्बाइको उक्त सडकमा दुवैपट्टि नाला निर्माणको योजनासमेत समावेश गरिएको थियो। तर, हालसम्म नालाको केवल आधा मात्र काम पूरा भएको छ। वर्षायाम शुरु भएसँगै पानीको निकास नहुँदा सडक खेतजस्तै हिलाम्मे बन्‍ने गरेको छ। पानी झर्दा सडकमा हिलो र फोहोरको समस्या आउँछ भने घाम लाग्दा धुलोको मुस्लो उड्छ।

यस समस्याका कारण दैनिक आवतजावत गर्ने सबै वर्ग प्रभावित छन्। विद्यालय जाने विद्यार्थीदेखि बिरामी बोकेर अस्पताल पुग्‍ने परिवार, साना व्यापारी र कृषक सबैजना असहज परिस्थितिमा बाँचेका छन्। स्थानीय व्यवसायी तीर्थराज बन्जाडा भन्छन्, ‘सडकको यो अवस्थाका कारण व्यापार आधा घटेको छ। सामान ढुवानीमा कठिनाइ भएको छ र ग्राहकहरू पनि आउन हिच्किचाउँछन्।’

यस्तै, स्कुले विद्यार्थी सिद्धान्त विक भन्छन्, ‘पहिले पाँच मिनटमा पुगिने विद्यालय अहिले निकै समय लाग्छ, ड्रेस फोहोर हुन्छ र बिहानै पढ्न हिँड्दा जुत्ता-मोजा हिलोमा डुब्छन्।’ अर्का स्थानीयवासी ताराप्रसाद जैसी भन्छन्, ‘बाटो खाल्डो पारेर छोडिदिँदा सवारीसाधन गुडाउनै गाह्रो छ, कहिलेकाहीं त हिँड्न पनि डर लाग्छ।’

स्थानीय रैत बन्जाराका अनुसार वडा कार्यालयले पटक-पटक ठेकेदार र सडक कार्यालयलाई गुणस्तरमा सम्झौता नगरी छिटो काम पूरा गर्न आग्रह गर्दै आएको छ। वडाले पत्राचार मात्र होइन, स्थलगत निरीक्षण गरेर पनि काम छिटो गर्न निर्देशन दिएको छ तर प्रगति अपेक्षाकृत छैन।

यसैबीच, विभिन्‍न सामुदायिक संस्था र स्थानीय संघसंस्थाहरूले सडक निर्माणमा ढिलाइप्रति असन्तोष जनाउँदै निरीक्षण टोली खटाउन प्रदेश सरकारसँग माग गरेका छन्। उनीहरूका अनुसार सडकको गुणस्तर जाँच्‍न र ठेकेदारको जिम्मेवारी तोक्न सरकारी निकायले चासो देखाउन जरुरी छ।

मायादेवी गाउँपालिका-८ का वडाध्यक्ष चोकबहादुर थापाले समेत निर्माण व्यवसायीलाई पटक-पटक झकझक्याएको बताए। भने, ‘हामीले बारम्बार अनुरोध गरिरहेका छौं कि काम छिटो, छरितो र गुणस्तरीय ढंगले पूरा होस्। स्थानीय जनताले धुलो र हिलोको सास्ती धेरै भोगिसके।’

सुपरभाइजर देवकोटा भने अझै आशावादी देखिन्छन्। उनका अनुसार हालको गतिमा पनि काम सहज रूपमा समयमै पूरा हुन्छ। बाँकी काम तीव्र गतिमा अघि बढाइनेछ। यद्यपि, स्थानीयवासीहरूको धारणा फरक छ। उनीहरू भन्छन्, ११ महिनामा नाला मात्र पूरा नभएको अवस्थामा बाँकी पाँच महिनामा सडक निर्माण पूरा हुने दाबी विश्‍वसनीय छैन।

स्थानीय मुरारीप्रसाद लोनिया भन्छन्, ‘सडकको खराब अवस्थाका कारण सवारीसाधन फस्‍ने, टायर पंक्चर हुने र कहिलेकाहीं दुर्घटना हुने समस्या बढ्दै गएको छ। बालबालिकाले विद्यालय जान डराउँछन्।’

सबै समस्या र आलोचनाबीच पनि स्थानीय बासिन्दाले आशा भने त्यागेका छैनन्। उनीहरू विश्‍वस्त छन्, काम पूरा भएपछि बसडिलवा-बाहुन्‍नकोटी सडकले गाउँको मुहार नै फेरिदिनेछ।

सडक सम्पन्‍न भएपछि कृषि उत्पादन बजारसम्म पुर्‍याउन सहजता, व्यापार-व्यवसायमा चहलपहल वृद्धि र पर्यटन सम्भावनाको विस्तार हुने अपेक्षा उनीहरूको छ।

तर, निर्धारित समयसीमा नजिकिँदै गर्दा कामको सुस्त गतिले सबैलाई चिन्तित बनाएको छ। स्थानीयवासी अब हिलो र धुलो होइन, पक्की र गुणस्तरीय सडकमा यात्रा गर्ने दिनको प्रतीक्षा गरिरहेका छन्। उनीहरू भन्छन् अब वाचा होइन, व्यवहार देखियोस्।

बुधबार, कार्तिक २०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.