• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

किन हुन्छ महिलाहरूको योनी संक्रमित ?


    Avatar photo
आइतबार, कार्तिक १०, २०८२ मा प्रकाशित

नयाँदिल्ली (बीबीसी)- शोधकर्ताहरूका अनुसार महिलाको योनीमा हुने ब्याक्टेरियल भेजिनोसिस (बीभी) एक यौन सञ्‍चारित संक्रमण (एसटीआई) पनि हुन सक्छ।

Advertisement

इंग्ल्यान्डको नेसनल हेल्थ सर्भिस (एनएचएस)का अनुसार बीभीको मुख्य कारण योनीमा ब्याक्टेरियाको प्राकृतिक सन्तुलनमा परिवर्तन हुन सक्छ। तर, यो एसटीआई होइन। तथापि, यौन सम्पर्कका कारण पनि यो समस्या देखिन सक्छ।

एक अध्ययनअनुसार बीभीबाट संसारका एक तिहाइ महिला प्रभावित छन्। यो रोग बाँझोपन, समयअघि नै जन्म र नवजात शिशुको मृत्युको कारण बन्‍न सक्छ। यो सम्भोगका दौरान फैलिन्छ। सोही कारण यसलाई यौन सञ्‍चारित रोग (एसटीआई) भन्‍नु नै उचित हुन्छ।

न्यू इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अस्ट्रेलियाका शोधकर्ताहरू अध्ययन रिपोर्टअनुसार यो संक्रमणबाट बच्न केवल रोगी मात्र होइन, उसका यौन पार्टनरको पनि उपचार जरुरी देखिएको छ।

बीभीको कारण असामान्य योनी स्राव हो। योनी स्रावका कारण माछाको जस्तो तीव्र गन्ध आउँछ। योनी स्रावको रंग र गाढापन अलग-अलग हुन सक्छ। यो सेतो पनि हुन सक्छ। योनी स्रावको रंगले पनि यो कति गम्भीर छ भन्‍ने देखिन्छ।

यसको गम्भीर पाटो भनेको ब्याक्टेरियल भेजिनोसिसबाट पीडित आधा महिलाहरूमा यसका कुनै लक्षण देखिँदैनन्। र, त्यसबाट कुनै दुखाइ र चिलाउने समस्या पनि हुँदैन। यसको उपचार एन्टिबायोटिक चक्की, जेल या क्रिमबाट पनि गर्न सकिन्छ। त्यसैले यो उपचार हुन नसक्ने रोग पनि होइन।

शोधकर्ताहरूले बीचीबाट पीडित १६४ दम्पतीको उपचार एसटीडी मानेर गरेका थिए। र, त्यस क्रममा यौन पार्टनरहरूलाई पनि एन्टिबायोटिक दिइएको थियो। त्यसो गर्दा बीभी संक्रमण दर आधा घट्न पुग्यो। त्यसपछि चिकित्सकहरूले आफ्नो अध्ययनलाई रोके।

प्रमुख शोधकर्ताहरू मध्ये एक प्राध्यापक क्याटरिना ब्राड्सा भन्छिन्, ‘हाम्रो परीक्षणमा महिलाहरूमा बारम्बार बीभी र उनका यौन साथीमा संक्रमण हुने गरेको पाइएको थियो। त्यसैले यो यौन सञ्‍चारित रोग भएको निष्‍कर्ष निकालेका थियौं।’

तथापि, उनका अनुसार बीभी यौन सञ्‍चारित रोग हो कि होइन भन्‍ने निर्धारण गर्न कठिनाइ भने छ। भन्छिन्, ‘किनकि, यो कुन ब्याक्टेरियाका कारण हुन्छ भन्‍ने हामीलाई जानकारी छैन। जिनोम सिक्‍वेन्सिङबाट मात्र यसको रहस्य सुल्झाउन सकिन्छ।’

अस्ट्रेलियाको मोनास विश्‍वविद्यालय र अल्फ्रेड हेल्थका शोधकर्ताहरूले मेलबर्न यौन स्वास्थ्य केन्द्रमा एक अध्ययन गरेका थिए। त्यस क्रममा सहभागी आधा पुरुषहरूलाई एक सातासम्म एन्टिबायोटिक औषधि र छालामा लगाउने एन्टिबायोटिक क्रिम दिइएको थियो। बाँकी मानिसलाई कुनै उपचार गरिएको थिएन।

त्यसपछि आएको निष्‍कर्षका आधारमा उपचारको तरिका परिवर्तन गरियो। र, दुवै प्रकारका सहभागीको नियमित उपचार गरियो।

ब्रिटिस एसोसिएसन फर सेक्सुअल हेल्थ एन्ड एचआईभीले भनेको छ, ‘यो निष्‍कर्षले लामो समयदेखि चलिरहेको सन्देहलाई पुष्‍टि गर्ने मूल्यवान साक्ष्‍य दिएको छ। र, बीभीसँग सम्बन्धित ब्याक्टेरिया यौन सञ्‍चारित हुन सक्ने आकलन प्राप्त भएको छ। खासगरी, बारम्बार बीभी संक्रमण हुने मानिसका हकमा यो निकै फलदायी सावित भएको छ।’

यदि कुनै दम्पती या यौन पार्टनरलाई बारम्बार संक्रमण भइरहेको छ भने तत्काल चिकित्सकको परामर्श लिन र यौन स्वास्थ्य क्लिनिकमा जान शोधकर्ताहरूले सुझाएका छन्।

 

आइतबार, कार्तिक १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भर्खरै

  • १.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • २.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ३.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ४.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ५.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ६.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ७.
    खैरो हेरोइनसहित चार जना पक्राउ

  • ८.
    इबोला प्रकोपले बढायो विश्व चिन्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.