• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

भैरहवा : मिठाईको शहर !


    Avatar photo
मङ्गलबार, कार्तिक ०५, २०८२ मा प्रकाशित

भैरहवा- दीपावली र छठजस्ता मिठास भर्ने चाडपर्व नजिकिँदै गर्दा भैरहवा ‘मिठाईहरूको शहर’का रूपमा चिनिन थालेको छ। यहाँका दर्जनौं मिष्‍ठान्‍न भण्डारहरूले नयाँ-नयाँ परिकार तयार पार्दै बजारमा विशेष मिठाईका मिठास र बासना फैलाएका छन्।

Advertisement

पवन मिष्‍ठान : दशकौदेखि ‘पेडा’को ब्रान्ड

पेडामा राष्‍ट्रीय-अन्तर्राष्‍ट्रीय स्तरमै परिचित पवन मिष्‍ठान भण्डारले यस वर्ष पनि परम्परागत ‘पेडा’लाई नै विशेष परिकारका रूपमा अघि सारेको छ।

‘शुद्ध घिउ र उत्तम किसिमको दूध प्रयोग गरेर बनाइएका पेडा, लड्डु र बर्फी सधैंजसो हाम्रा ग्राहकको पहिलो रोजाइमा रहन्छन्,’ पवन मिष्‍ठानका सञ्‍चालक पवन हलुवाई भन्छन्।

भैरहवाको नाम उच्चारण हुँदा ‘पवनको पेडा’ सम्झिने प्रचलन आजकल सामान्य भइसकेको छ, जसले यहाँको मिठाई संस्कृतिलाई पहिचान दिलाएको छ।

सावरीया मिष्‍ठान : खजुर बर्फी र काजुका स्वाद

पवनजस्तै व्यस्तता अनुभव गरिरहेको अर्को नाम हो, सावरीया मिष्‍ठान भण्डार। यहाँका मुख्य परिकार खजुर बर्फी, काजु पान र काजु बर्फी हुन्।

‘हामीलाई खजुर बर्फी बनाउन भ्याई-नभ्याई छ,’ सञ्‍चालक अरुण अग्रवाल मुस्कुराउँदै भन्छन्, ‘ग्राहकले नयाँ स्वाद खोजिरहेका छन्, त्यसैले हामीले हरेक वर्ष केही फरक परिकार ल्याउने कोशिस गर्छौं।’

दिव्यम् स्विट्स : ड्राइफ्रुट बर्फीमा आकर्षण

यस्तै, दिव्यम् स्विट्सले ड्राइफ्रुटका मिठाईलाई यस वर्षको आकर्षण बनाएको छ।

ड्राइफ्रुट बर्फी, काजु बास्केट, कोकोनट बर्फी र मोतिचुर लड्डु यहाँका विशेष परिकार हुन्। सञ्‍चालक अभिषेक अग्रवाल भन्छन्, ‘ग्राहकले स्वास्थ्य र स्वाद दुवै खोजिरहेका छन्। त्यसैले ड्राइफ्रुट बर्फी सबैभन्दा बढी मन पराइएका आइटम हुन्।’

श्याम मिष्‍ठान : परम्परागत मिठाईमा आधुनिक प्रस्तुति

यस्तै, श्याम मिष्‍ठान भण्डारले पनि चाडपर्व लक्षित मिठाईको विशेष तयारी गरेको छ। कर्मचारी पोषण भण्डारी भन्छन्, ‘काला जामुन, लड्डु र बर्फीहरू हाम्रा मुख्य परिकार हुन्। हामीले परम्परागत स्वादलाई आधुनिक रूप दिन खोजेका छौं।’

भैरहवाको मिठाई बजारमा प्रतिस्पर्धा

पश्‍चिम तराईको पुरानो शहर भैरहवा, जहाँ मारवाडी, मधेशी र पहाडी समुदायको साझा बसोबास छ। यहाँ दीपावलीमा लक्ष्‍मीपूजालाई विशेष रूपमा मनाइन्छ। यसै शहरमा मिष्‍ठान्‍न व्यवसायले आर्थिक गतिविधिमा उल्लेखनीय योगदान पुर्‍याएको छ।

पछिल्ला वर्षहरूमा खुलेका दिव्यम्, श्याम र सावरीया मिष्‍ठान्‍नजस्ता भण्डारहरूले आफ्ना उत्पादनको ब्रान्डिङमा विशेष जोड दिइरहेका छन्। आकर्षक प्याकेजिङ, आधुनिक काउन्टर र सफा उत्पादन प्रक्रियाका कारण भैरहवाका मिठाईहरू स्थानीय मात्र होइन, बाहिरी बजारमा पनि लोकप्रिय बन्दै गएका छन्।

सस्तो भारतीय मिठाईको चुनौती

तथापि, सीमावर्ती भारतीय शहरहरू सुनौली, नौतनवा, कोल्हुई, नौगढ र गोरखपुरबाट अखाद्य तेलमा बनेका सस्तो दरका मिठाईहरूले भैरहवाको मिष्‍ठान्‍न व्यवसायलाई केही चुनौती दिएका छन्।

यद्यपि, गुणस्तरीय उत्पादनका कारण भैरहवाका मिष्‍ठान्‍न भण्डारका मिठाईहरू अझै पनि ग्राहकबीच उच्च मागमा छन्।

‘मूल्य केही महँगो भए पनि गुणस्तरका कारण ग्राहक हामीतिर फर्किन्छन्,’ पवन हलुवाईको विश्‍वास छ।

आज भैरहवा केवल औद्योगिक शहर होइन, यो अब मिठाई संस्कृतिको केन्द्र बन्दै गएको छ। यहाँका हलुवाईहरूका हातले बनेका पेडा, बर्फी, लड्डु र खजुर परिकारहरूले न केवल स्वाद, बरु पहिचान पनि बोकेका छन्। र, आगामी वर्षहरूमा भैरहवाको नाम ‘मिठाईको राजधानी’का रूपमा परिचित हुने सम्भावना त्यति टाढा देखिँदैन।

मङ्गलबार, कार्तिक ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.