नयाँदिल्ली- भनिन्छ, जहाँ माया हुन्छ, रिस र घुर्क्याइ पनि उत्तिकै देखिन्छ। तथापि, स्वभाव नै रिसाहा रहेको पार्टनरसँग जीवन बिताउन कठिन हुन्छ।
रिसाहा स्वभावको पार्टनरसँग डिल गर्न धेरै मुश्किल हुन्छ। तथापि, केही कुरामा ध्यान दिइयो भने पार्टनरको रिस शान्त पार्न कठिन पनि छैन।
रिस उठ्ने ८ कारण
– संवादको कमी
– विश्वासको कमी
– ज्यादा आशा रहँदा
– नसुल्झिएको विवादका कारण
– तनाव र डिप्रेसनको कारण
– निन्द्रा पूरा नहुँदा
– वंशाणुगत कारणले
– नशालु पदार्थको सेवनका कारण
पार्टनरको रिस यसरी शान्त पारौं
– उनलाई केही समयका लागि व्यक्तिगत स्पेस दिऊँ
– उनको रिसको कारण जान्ने प्रयास गरौं
– रिसाएको समयमा उनका हरेक कुरामा प्रतिक्रिया नदिऊँ
– जब उनी शान्त हुन्छन्, अनि मात्र त्यसबारे कुरा गरौं
– रिसको समयमा व्यक्त गरेका कुरालाई दिलमा नलिऊँ
– उनलाई उनको रिसको कारक पत्ता लगाउन मद्दत गरौं
– यदि आफ्नो गल्ती छ भने त्यसलाई स्वीकार गरौं
– पार्टनरलाई शान्त बनाउनुको साटो आफैं रिस देखाउने नगरौं
– आवश्यक पर्यो भने परामर्शदाताको मद्दत लिऊँ