काठमाडौं- जेनजी समूहको आन्दोलन र नयाँ राजनीतिक परिस्थितिबारे छलफल गर्न भोलि आइबार एमालेको सचिवालय बैठक हुने भएको छ।
Advertisement
पार्टी अध्यक्ष केपी ओलीले आइतबार दिउँसो १ः०० बजे गुण्डुस्थित आफ्नो निवासमा सचिवालय बैठक बोलाएका हुन्।
एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा देशको समसामयिक परिस्थिति, जेनजी आन्दोलनपछि पार्टीको अबको भूमिका, संगठन सुदृढीकरण र भावी कार्यक्रमबारे बैठकमा छलफल हुनेछ।