• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

लुम्बिनी, बेलहिया र रुपन्देहीमा विश्व पर्यटन दिवस: उत्सव, स्वागत र मोटरसाइकल र्‍याली


    Avatar photo
शनिबार, असोज ११, २०८२ मा प्रकाशित

भैरहवी । विश्व पर्यटन दिवस २०८२ लुम्बिनी, बेलहिया र रुपन्देहीमा विशेष उत्साहका साथ मनाइयो। लुम्बिनी विकास कोष र लुम्बिनी युथ इन्टरप्रेनर्स डेभलपमेन्ट फोरमले मायादेवी मन्दिर अगाडि कार्यक्रम आयोजना गरी आन्तरिक तथा विदेशी पर्यटकलाई स्वागत गरे। परम्परागत बाजा, नेपाली भेषभूषा र युवाको सक्रिय सहभागिताले कार्यक्रमलाई साँच्चिकै उत्सवमय बनाएको थियो।

Advertisement

कार्यक्रममा विदेशी पाहुनालाई खादा, फोटो फ्रेम र स्वागत चिनोसहित सम्मान गरिएको थियो। लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले लुम्बिनी केवल धार्मिक स्थल नभई मानव सभ्यताको साझा सम्पदा भएको बताए। वरिष्ठ सूचना अधिकृत राजन बस्नेतले कार्यक्रमले स्थानीय समुदाय र पर्यटकबीचको सांस्कृतिक सेतु तयार गर्ने विश्वास व्यक्त गरे।

त्यस्तै, बेलहियामा पनि विदेशी पर्यटकलाई विशेष स्वागत गरिएको थियो। भारत र अन्य देशबाट आएका चार जना पर्यटकलाई खादा, माला र बुद्ध चिनोसहित सम्मान गरियो। अष्ट्रेलियाकी बारबरा डोरा भन्छिन्, “नेपाल घुम्न आउँदा बोर्डरमै यस्तो स्वागत पाउँदा म अत्यन्तै खुसी छु।” नेदरल्याण्डका मार्सल कैयवर पनि नेपाल प्रवेशमै गरिएको सत्कार देखेर दङ्ग परेका थिए।

लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले भने, “पर्यटन नेपालको आर्थिक समृद्धिको आधार हो। विदेशी पाहुनालाई स्वागतमा सबैले विशेष ध्यान दिनुपर्छ।” पर्यटन व्यवसायी सागर अधिकारीले गुणस्तरीय पर्यटकको बसाई लम्बाउन सके मात्र नेपालको पर्यटन विकास हुने बताए।

यसैबीच, होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ बुटवलले पनि पर्यटन दिवसको अवसरमा मोटरसाइकल र्याली आयोजना गरी आन्तरिक पर्यटन प्रवद्र्धनमा योगदान पुर्‍यायो। व्यवसायीहरूले कार्यक्रमका क्रममा पर्यटकहरूसँग अन्तरक्रिया गर्दै नेपाल भ्रमणको अनुभव अविस्मरणीय बनाउने प्रयास गरे।

रुपन्देहीमा पनि होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीले मोटरसाइकल र्‍याली र अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्‍यो। संघमा आवद्ध व्यवसायीहरूले “नेपाल सुरक्षित गन्तव्य” अंकित टिसर्ट लगाएर र्‍यालीमा सहभागिता जनाए। बुटवलबाट सुरु भई बेलहिया पुगेको ¥यालीमा स्थलमार्गबाट आएका सात जना पर्यटकलाई खादा, माला र नेपाली ढाकाटोपीसहित स्वागत गरिएको थियो।

कार्यक्रममा रुपन्देही जिल्ला प्रशासन कार्यालयका प्रमुख टोकराज पाण्डेले व्यवसायीहरूलाई पेशामा निर्धक्क अगाडि बढ्न आग्रह गरे। उनले सुरक्षा निकाय र प्रशासनले निरन्तर सहकार्य गर्दै आएको बताउँदै पर्यटन क्षेत्रमा देखिने कुनै समस्या समाधानमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।

नाटा लुम्बिनी प्रदेशका सल्लाहकार कृष्ण प्रसाद अधिकारी (सागर)ले नेपाल गुणस्तरीय र सस्तो पर्यटन गन्तव्य भएको बताए। भौगोलिक बनावट र नीति अनुसार मास पर्यटनभन्दा गुणस्तरीय पर्यटनमा जोड दिनुपर्ने र डान्सबार तथा क्यासिनोमा दिइने सेवासुविधामा विशेष ध्यान दिनुपर्ने उनले बताए। नाटा रुपन्देहीका अध्यक्ष चन्द्र बहादुर थापाले भने, देशमा पर्यटन प्रवद्र्धन जस्तो साझा विषयलाई सरोकारवालाबीच समन्वय आवश्यक रहेको बताए।

संघका अध्यक्ष माधव खनालले पर्यटन दिवसको अवसरमा रुपन्देहीका सम्पूर्ण होटलहरूमा असोज ११–१७ गतेसम्म लजिङ र फुडिङमा १५ प्रतिशत छुट दिने घोषणा गरे। उनले भने, “यसले सामाजिक सञ्जालमा फैलिएका नकारात्मक प्रचारलाई खण्डन गर्दै नेपालको पर्यटन छविलाई बलियो बनाउन मद्दत पुर्‍याउनेछ।”

विश्व पर्यटन दिवसको अवसरमा लुम्बिनी, बेलहिया र रुपन्देहीमा गरिएको स्वागत, मोटरसाइकल ¥याली, अन्तरक्रिया कार्यक्रम र होटल छुट योजनाले फेरि प्रमाणित गर्‍यो कि पर्यटन नेपालको शान्ति, संस्कृति र समृद्धिको मूल आधार हो। यस अवसरले स्थानीय युवाहरू, व्यवसायी र प्रशासनको सक्रियता मार्फत नेपालको पर्यटन छवि विश्वसामु उजागर भएको छ।
 

शनिबार, असोज ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.