• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

जीवनको गोरेटो पहिल्याउँदै अटिजम भएका बालबालिका


    Avatar photo
शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित

भैरहवा- विद्यालयको एउटा कोठामा शिक्षकको हात समात्दै बोल्ने अभ्यास गरिरहेका बालक छन्, अर्कोतिर रंगिन कागज काट्दै रमाइरहेका विद्यार्थीहरू। कोही धैर्यपूर्वक अक्षर लेख्‍ने प्रयासमा छन् त कोही तालमा हात हल्लाउँदै मुस्कुराइरहेका।

Advertisement

सामान्य विद्यालयमा सहजै नअट्ने यी बालबालिकाका लागि तिलोत्तमा नगरपालिका-२ मा स्थापना गरिएको अटिजम केयर रुपन्देही प्रालि ३ वर्षदेखि जीवनको नयाँ ढोका खोलिदिने प्रयासमा छ। यो विद्यालय कुनै संस्थागत व्यवसायका लागि खुलेको होइन। आफ्नै सन्तान अटिजम भएका ५ जना अभिभावकले मिलेर शुरु गरेका हुन्।

आफ्ना सन्तानले सामान्य विद्यालयमा सहजै ठाउँ नपाएपछि उनीहरूले पनि सिक्नुपर्छ र आत्मनिर्भर बन्‍नुपर्छ भन्‍ने सपनाबाट विद्यालय स्थापना गरिएको अटिजम केयर सेन्टर प्रालिकी कोअर्डिनेटर देवी पोखरेल बताउँछिन्। अहिले अटिजम भएका ५० जना बालबालिका यहाँ अध्ययनरत छन्, जो यहाँको माया, धैर्य र सीपले विस्तारै जीवनको गोरेटो पहिल्याउँदै छन्।

यहाँको शिक्षण पद्धति एकै प्रकार सबैका लागि भन्‍ने होइन। प्रत्येक विद्यार्थीको क्षमता, बानी, रुचि र आवश्यकताअनुसार फरक-फरक शिक्षण पद्धति अपनाइन्छ। कुनै विद्यार्थीलाई अक्षर र अंकमा बढी समय दिइन्छ त कसैलाई आत्मनिर्भरता र सामाजिक व्यवहारमा। यसरी व्यक्तिगत आवश्यकताअनुसार सिकाइ व्यवस्थापन गर्नाले उनीहरूको प्रगति क्रमशः देखिने गरेको छ।

विद्यालयमा शिक्षा दिनेलाई केवल किताबकै अक्षरमा सीमित गरिएको छैन। यहाँ हरेक बालबालिकालाई बोल्न र सञ्‍चार गर्न सक्षम बनाउन स्पिच थेरापी गराइन्छ। खाना खान, कपडा लगाउन वा दैनिक गतिविधिमा आत्मनिर्भर बन्‍न अक्युपेसनल थेरापी अभ्यास हुन्छ।

व्यवहारमा आउने कठिनाइलाई सजिलो बनाउन ‘बिहेभियर थेरापी’को उपयोग हुन्छ। भविष्‍यमा आफ्नै खुट्टामा उभिन सकून् भन्‍ने उद्देश्यले भोकेसनल ट्रेनिङमार्फत हस्तकला, व्यावसायिक सीप र व्यावहारिक काम सिकाइन्छ।

यस विद्यालयको विशेषता भनेकै हरेक विद्यार्थीलाई एउटै तरिकाले पढाइँदैन। कसैलाई अक्षर सिकाउन लामो समय लाग्छ, कसैलाई आत्मविश्‍वास जगाउन बढी प्रयास गर्नुपर्छ। हरेकको आवश्यकता र क्षमताअनुसार छुट्टै सिकाइ योजना तयार पारिन्छ। यही कारण यहाँका अभिभावकहरूका लागि एक शब्द पनि नबोल्ने सन्तानले अहिले सानो वाक्य बोल्दा खुशी अनुभूति गर्ने बाटो भएको छ, जुन अभिभावकका लागि संसारकै ठूलो खुशी हो।

तर, यति महत्त्वपूर्ण काम सजिलै हुने कुरा होइन। अभिभावक र शिक्षकहरूका लागि यो यात्रा निरन्तर संघर्षले भरिएको छ। आर्थिक स्रोतको कमी, प्रशिक्षित जनशक्ति अभाव र विशेष उपकरणको आवश्यकता उनीहरूका दैनिक चुनौती हुन्। तर पनि, सन्तानका स-साना प्रगतिहरूले उनीहरूलाई हार मान्‍न दिँदैन।

अटिजम भएका बालबालिकासँग काम गर्न धैर्य, माया र निरन्तरता आवश्यक हुन्छ। विद्यालयमा कार्यरत १६ जना शिक्षकहरूले विशेष तालिम प्राप्त गरेका छन्। अभिभावकहरूको सक्रिय संलग्‍नता पनि यस विद्यालयको बल हो। उनीहरू विद्यालयसँगै घरमै पनि बच्चाको अभ्यासलाई निरन्तरता दिन्छन्।

आज अटिजम केयर रुपन्देही केवल विद्यालय मात्र होइन, धेरै परिवारहरूको साझा घर बनेको छ। यहाँका प्रत्येक कक्षाले समाजलाई सन्देश दिइरहेका छन्- अटिजम भएका बालबालिकाले पनि अवसर, धैर्य र वातावरण पाएमा आत्मनिर्भर जीवन बाँच्‍न सक्छन्।

शुक्रबार, असोज १०, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भर्खरै

  • १.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • २.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ३.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ४.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ५.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ६.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ७.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ८.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.