नयाँदिल्ली- जापानीहरूको लामो आयुको रहस्य पानी उपचार हो। जब हामी ६-८ घण्टा सुतेपछि बिहान उठ्छौं, हाम्रो शरीरले रातभर लामो उपवास गरेको हुन्छ। यस समयमा हामीले न त केही खाएका छौं, न त पानी नै पिएका हुन्छौं।
त्यसकारण शरीरका सबै कोष र अंगहरूको काम गर्ने गति सुस्त हुन्छ। यस्तो अवस्थामा बिहान उठेपछि पानी पिउनाले तिर्खा मेटाउने मात्र होइन, हाम्रो सम्पूर्ण शरीर फेरि सक्रिय हुन्छ।
जसरी मोबाइल वा ल्यापटप रिस्टार्ट गर्दा राम्रोसँग काम गर्छ, त्यसरी नै बिहान उठेपछि पानी पिउनाले शरीरमा पनि त्यस्तै प्रभाव पर्छ। यसले शरीरलाई रिस्टार्टको सन्देश दिन्छ।
रातभरि निद्रापछि पानी पिउनाले शरीर सक्रिय हुन्छ। यसले मेटाबोलिजमलाई गति दिन्छ, पाचनमा सुधार गर्छ, विषाक्त पदार्थहरू बाहिर निकाल्छ र मस्तिष्कमा बढी अक्सिजन पुर्याउन मद्दत गर्छ। यसले तपाईंलाई दिनभरि बढी ध्यान केन्द्रित र ऊर्जावान राख्छ।
बिहानै पानी पिउनुका लाभ
– यसबाट बायोलोजिकल रिसेट हुन्छ। मेटाबोलिजम सक्रिय हुन्छ। शरीर ‘वेक अप मोड’मा जान्छ।
– यसबाट शरीरमा डिटक्सिफिकेसन हुन्छ। रातभर शरीरमा जम्मा भएका टक्सिन्सलाई पिसाबमार्फत बाहिर निकाल्न मद्दत पुग्छ।
– मस्तिष्कको फंक्सनिङ राम्रो हुन्छ। मस्तिष्कमा ७५ प्रतिशत हिस्सा पानी हुन्छ। सोही कारण हाइड्रेसनबाट मस्तिष्कको फंक्सनिङ राम्रो हुन्छ।
– पेट सफा हुन्छ। बिहानै पानी पिउँदा कब्जियतको समस्या आउँदैन।
– छालामा चमक आउँछ। शरीर हाइड्रेटेड रहँदा छालामा मोइस्चर कायम रहन्छ। र, त्यसबाट चमक र ताजगी बढ्छ।
– बिहानी पानी पिउँदा तौल घटाउन मद्दत पुग्छ। पानीले मेटाबोलिजमलाई २४ प्रतिशतसम्म तीव्र बनाउँछ। त्यसबाट क्यालोरी बर्न हुन्छ। र, तौल घटाउन मद्दत पुग्छ।
कस्तो पानी लाभदायक ?
– तामाको भाँडामा राखिएको पानीबाट शरीरलाई कपर आयन प्राप्त हुन्छ। त्यस्तो पानी एन्टि-ब्याक्टेरियल हुन्छ। र, पेटबाट हानिकारक ब्याक्टेरिया समाप्त हुन्छन्।
– मनतातो पानीले शरीरबाट टक्सिन्स बाहिर निकाल्न मद्दत गर्छ। त्यसबाट मेटाबोलिजम सक्रिय हुन्छ। अनि थकानबाट राहत दिन्छ।
– माटोका भाँडामा राखिएको पानीबाट मिनरल्स प्राप्त हुन्छ। तयसले एलर्जी, एसिडिटी र अपचको समस्या भगाउँछ।
– कागती पानी पिउनाले भिटामिन-सी प्राप्त हुन्छ। भिटामिन-सीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। त्यसबाट कलेजो र पाचन प्रणालीलाई सक्रिय बनाउन मद्दत पुग्छ।
– सन्तुलित वातावरणमा राखिएको पानीले शरीरलाई विस्तारै हाइड्रेट गराउँछ। तपाईंलाई एसिडिटीको समस्या छ भने यो उत्तम विकल्प हो।
भास्कर डट कमबाट