नयाँदिल्ली– गर्मीबाट राहत पाउन लामो समय एयर कन्डिसन (एसी)मा बसिरहने बानी पनि हानीकारक मानिएको छ। एसीको आर्द्रतामा बसिरहँदा सावधानी आवश्यक छ।
त्यसैले आफ्नो एसीलाई निरन्तर सरसफाइ गरिरहनु आवश्यक छ। खासगरी, ठूलो वर्षाले एसीको आउटडोर युनिटमा क्षति पुर्याउन सक्छ। सोही कारण एसीको आउटडोर युनिटलाई वर्षामा सीधा पर्नबाट बचाउन छानो हालिदिनु पर्छ।
यस्तै, वर्षाका कारण एसीबाट निरन्तर पानी चुहिन सक्छ। एसीबाट निस्किने पानी भित्रै अवरुद्ध पनि हुन सक्छ। र, फिल्टर जाम हुने समस्या आउन सक्छ। त्यसैले एसीको निरन्तर सरसफाइ गरिरहँदा त्यसको परफर्मेन्समा पनि सुधार आउँछ।
यसरी गरौं एसीको सफाइ
– आउटडोर युनिटको निरन्तर सफाइ गरौं
– आउटडोर युनिटमा वर्षाको पानी जम्न नदिऊँ
– मनसुनअघि र पछि एसीको सर्भिसिङ गराऊँ
– घरमा भोल्टेज स्टेब्लाइजरको प्रयोग गरौं
– वर्षाको दौरान एसीलाई ड्राई मोडमा चलाऊँ
– तीव्र आँधी र ठूलो वर्षाको समयमा एसी बन्द राखौं
– आउटडोर युनिटको आसपासको क्षेत्र सफा राखौं
गर्मीमा एसीको ज्यादा प्रयोगबाट यस्ता समस्या
– खोकी लाग्ने
– सर्दी र रुघा लागिरहने
– भाइरल ज्वरो
– श्वासप्रश्वास प्रणालीमा इन्फेक्सन
– निमोनिया
– ब्रोंकाइटिस