काठमाडौँ । चुनाव बहिष्कार गर्ने निर्णय गर्दै बुधबार साँझ बुटवलमा बम बिस्फोट गराउन नयाँ पार्टी नेकपा (बहुमत)का संयोजक धर्मेन्द्र बास्तोला पक्राउ परेका छन् ।
Advertisement
प्रहरीले उनलाई बिहीबार बिहान पक्राउ गरेको । पक्राउ पर्नेमा उनीबाहेक अन्य दुई जनासमेत रहेका छन् । उनीहरूलाई दाङको भालुवाङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेत्र विक्रम चन्द विप्लव नेकपाबाट विभाजन भएको नेकपा (बहुमत)ले चुनाव बहिष्कार गर्ने निर्णय गरेको थियो ।