• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

चिनियाँ विज्ञ भन्छन्- नेपालको भूराजनीतिले विकासलाई असर गर्नु हुँदैन


आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित

काठमाडौं- प्राध्यापक हुआङ झेङ डुओ चीनको सिचुआन विश्‍वविद्यालयको नेपाल अध्ययन केन्द्रका निर्देशक हुन्। अमेरिकाको जोन्स हकिन्स विश्‍वविद्यालय स्कुल अफ एडभान्स्ड इन्टरनेसनल स्टडिजमा समेत अध्ययन गरेका डुओ चीन र दक्षिण एसियाली देशहरूबीचको सम्बन्धबारे अध्ययन अनुसन्धानकर्ताका रूपमा सक्रिय छन्। उनका तीन पुस्तकहरू र दर्जनौं अनुसन्धानात्मक लेखहरू प्रकाशित छन्। प्रस्तुत छ, चीन-नेपाल सम्बन्धको ७०औं वर्षको अवसर पारेर भइरहेका विभिन्‍न कार्यक्रममा सहभागिता जनाउन काठमाडौं आएका निर्देशक डुओसँग नेपाल-चीन सम्बन्धका विभिन्‍न पक्षमा केन्द्रित रही राससकी उपसम्पादक मधु शाहीले लिएको अन्तवार्ता।

Advertisement

नेपाल घुम्‍न आइरहनुहुन्छ ? के कुराले यहाँ आइरहन मनलाग्‍ने बनाउँछ ?

नेपाल मेरो दोस्रो घर हो भन्दा पनि हुन्छ। अहिलेसम्म लगभग २० पटकभन्दा बढी नेपाल आएको छु। अध्ययन अनुसन्धान गर्ने कामदेखि विभिन्‍न शैक्षिक गोष्‍ठी, सम्मेलन तथा कार्यक्रमहरूमा सहभागी भइरहेको हुन्छु। त्योभन्दा पनि नेपालको प्राकृतिक सौन्दर्यले मलाई पटक-पटक तानिरहन्छ। मैले नेपालका विभिन्‍न स्थानहरू घुमेको छु। काठमाडौं बाहिर जनकपुर, चितवन, लुम्बिनी, पोखरा, मनाङलगायत ठाउँहरूमा पुगेको छु। सबैका आ-आफ्नै विशेषताहरू छन्। तथापि, लुम्बिनी मेरो मन पर्ने ठाउँमध्ये पर्छ। यो भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले पनि महत्त्वपूर्ण छ। बौद्ध धर्मसँगको नाता धेरै पुरानो हो चीनको। त्यहाँ गएर केही समय बिताउँदा मन शान्त हुन्छ।

नेपाल घुम्‍न आउने पर्यटकमध्ये चिनियाँ नागरिकको संख्या ठूलो छ। पर्यटन क्षेत्रमा नेपालले के-कस्ता सुधार गर्नसके चिनियाँ पर्यटकको आकर्षण बढाउन सकिएला ?

नेपाल प्राकृतिक रूपमा सुन्दर त छँदैछ। त्यसबाहेक विश्‍वसम्पदा सूचीमा रहेका विभिन्‍न दरबार क्षेत्रहरू, विश्‍वकै सर्वोच्च शिखर सगरमाथा, विभिन्‍न राष्‍ट्रीय निकुञ्‍जहरू अनि यहाँको संस्कृति आफैंमा बेजोड छन्। खासगरी, लुम्बिनी भगवान् गौतम बुद्धको जन्मस्थल भएकाले चिनियाँ नागरिकहरूको आकर्षणको केन्द्र बनेको छ।

मैले घुमफिरका क्रममा देखेको लुम्बिनी भौतिक संरचनामा ठीकै छ। तर, त्यहाँको सांस्कृतिक भावना आदानप्रदान गर्ने विषयमा पर्यटक लक्षित अझै हुन सकेको छैन। उदाहरणका लागि, एकपटक मेरा एक साथीलाई लिएर लुम्बिनी घुम्‍न गएका थियौं। उनले फर्किने बेलामा लुम्बिनीको आध्यात्मिक र मौलिक उपहार के लैजाने भनेर बजार घुम्दा केही नयाँ चिज पाइएन। र, अन्तिममा लुम्बिनीमा रहेको पीपलको रुखबाट खसेका केही पातहरू बटुलेर चिनोको रूपमा लिएर गएँ।

नेपालले पर्यटकलाई मौलिक उपहार के दिएर फर्काउन सकिएला भन्‍नेतिर सोच्नसके व्यापार व्यवसाय पनि वृद्धि हुने र पर्यटक पनि खुशी हुने थिए। त्यस्तै, नेपाल भ्रमणमा पर्यटकले अन्य देशको तुलनामा निकै महँगोमा टिकट किन्‍नुपर्छ। टिकटमा सहुलियत हुनसके नेपाल भ्रमणमा आउने चिनियाँ नागरिकको संख्या निकै बढ्ने सम्भावना देख्छु।

पछिल्लो समय दुई देशबीच उच्चस्तरीय भ्रमणहरू बाक्लिँदै गएका छन्। यसले कूटनीतिक सम्बन्धमा कस्तो प्रभाव पार्ने देख्‍नु हुन्छ ?

कुनै पनि मुलुकको सम्बन्ध प्रगाढ बनाउन भेटघाट र निरन्तर संवाद हुनु जरुरी छ। यसले एकअर्काको भावनात्मक सम्बन्धलाई अझै बढी मजबुत बनाउन मद्दत गर्छ। कूटनीतिक रूपमा उच्चस्तरीय तहमा सरकार प्रमुखहरू वा राज्य प्रमुखहरूका बीच समय-समयमा भेटघाट हुनु त स्वाभाविक नै छ। त्यसबाहेक, नागरिकहरूबीचको सम्बन्ध पनि बाक्लिँदै गएको छ। यसले एकअर्कालाई राम्ररी बुझ्नका लागि मद्दत गर्दछ।

चिनियाँ समाजलाई बुझ्नका लागि दुवै देशका विद्यार्थीहरूको आवतजावतले सहयोग गरिरहेको छ। पश्‍चिमा मुलुकका सञ्‍चारमाध्यमले चीनका बारेमा जुन प्रकारले व्याख्या गरिरहेका छन्, त्यो बुझाइ गलत हो भन्‍ने कुरामा उनीहरू विश्‍वस्त हुँदै गएका छन्।

नेपाल-चीनको कूटनीतिक सम्बन्ध विस्तार भएको ७० वर्ष पुग्यो। अब नेपाल र चीनको सम्बन्ध कुन दिशातर्फ अग्रसर भएको देख्‍नु हुन्छ ?

नेपाल र चीन कूटनीतिक सम्बन्ध सन् १९५५ अगस्ट १ देखि शुरु भएको हो। विगतदेखि नै यी दुई देशबीच सहअस्तित्व, सहकार्य, सम्मानपूर्ण र मैत्रीपूर्ण सम्बन्ध विस्तार हुँदै आएको छ। अहिले अगस्ट महिनाभरि नेपाल र चीनले कूटनीतिक सम्बन्ध विस्तार गरेको ७० वर्षको उत्सव मनाइरहेका छौं। अब आगामी वर्षलाई अझै कसरी स्वर्णिम र प्रगाढ बनाउने विषय महत्त्वपूर्ण हो।

मेरो विचारमा नेपाल र चीनको सम्बन्ध दीर्घकालीन र परिणाममुखी बनाउन नेपालको राजनीति स्थायी हुन जरुरी हुन्छ। यहाँको विकासले मूर्त रूप लिनका लागि स्थायी नेतृत्व आवश्यक छ। यस्तै, यहाँको जलविद्युत् परियोजनाहरूमा सहकार्य गर्न सकिन्छ। अबको समय आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को भएकाले डिजिटल साझेदारीमा पनि नेपालले सम्बन्ध अर्थपूर्ण बनाउने अर्को आधार देखेको छु। नेपालले भर्खरै एआई नीति ल्याएको छ, जुन सकारात्मक छ। चीनले यस क्षेत्रमा निकै प्रगति हासिल गरिसकेकाले नेपालले पनि चीनबाट प्रविधि सिक्न सक्छ।

नेपाल-चीनको कूटनीतिक सम्बन्ध प्रगाढ बनाउने राजनीतिक, आर्थिक, शैक्षिक, समाजिक, सांस्कृतिकलगायत विभिन्‍न आधारहरूमध्ये कुन आधार बढी प्रभावकारी देख्‍नु हुन्छ ?

तपाईंले भनेजस्तो राजनीतिक, आर्थिक, शैक्षिक, सामाजिक तथा सांस्कृतिकलगायत सबै आधारहरूले नै दुई देशको कूटनीतिक सम्बन्ध बलियो बनाउँछन्। यी सबै बुँदा एकअर्कासँग अन्तर सम्बन्धित छन्। यद्यपि, मेरो विचारमा आर्थिक विकासको साझेदारीले अरू क्षेत्रको समृद्धिमा समेत टेवा पु¥याउन सक्छ। आर्थिक विकास र गरिबी न्यूनीकरणका सन्दर्भमा चीन आफूले जानेको कुराहरू नेपाललाई बाँड्न चाहन्छ।

नेपालमा निकै चासोका साथ चीनको बेल्ड एन्ड रोड (बीआरआई) परियोजनालाई लिने गरिएको छ। यसबारे तपाईंको धारणा के छ ?

नेपाल भू-परिवेष्‍ठित देश भएकाले यहाँ बाहिरी कनेक्टिभिटी विस्तार गर्न अति महत्त्वपूर्ण छ। चीनको बेल्ड एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाले वास्तवमा कनेक्टिभिटी विस्तार र यहाँको विकास सहयोगी बन्‍न सक्छ। तर, बीआरआईका परियोजनाहरू जुन रूपमा अगाडि बढ्नुपर्ने हो, त्यो रूपमा बढ्न नसक्नुको पछाडि यस क्षेत्रमा बढ्दै गएको भू-राजनीतिक अवस्था पनि एउटा कारण हुन सक्छ। विकासका सन्दर्भमा सबै राजनीतिक दलहरू एक ठाउँमा आउन जरुरी छ।

नेपाल दुई शक्तिशाली छिमेकी देशबीच रहेको भूगोलमा तुलनात्मक रूपमा सानो देश हो। यी ठूला राष्‍ट्रहरूबीचको सन्तुलन कायम गर्न नेपालले के-कस्ता रणनीति अपनाउनुपर्ला ?

तपाईंले भनेजस्तै नेपाल दुई शक्तिशाली देशबीचको भौगोलिक हिसाबले सानो देश हो। तर, यसको आफ्नै अस्तित्व, सार्वभौमसत्ता र अलग्गै पहिचान छ। चीन र भारतबीचको छिमेकी सम्बन्ध सन्तुलन गर्न केही चुनौती नेपालले महशुस गरेको हुन सक्छ। मेरो विचारमा नेपालले छिमेकी मुलुकहरूबीच सदाचार र सहकार्यको भावना राखे खासै ठूलो समस्या होइन। सहकार्य गर्नका लागि सन्तुलन कायम गर्नुपर्ने समस्या हो जस्तो लाग्दैन। यस्तो कूटनीतिक अभ्यास नेपालले गर्दै आइरहेको पनि देखिन्छ।

नेपाली विद्यार्थीहरू चीनमा अध्ययन गर्न जानेक्रम बढ्दो छ। ती विद्यार्थीहरूले दुई देशको सम्बन्ध जोड्न कस्तो भूमिका वहन गर्न सक्छन् ?

पछिल्लो समय चीनमा नेपाली विद्यार्थीहरू अध्ययन गर्ने क्रम बढ्दो छ। यो हाम्रा लागि सुखद पक्ष हो। विभिन्‍न तालिम, सेमिनार र छलफलमा भाग लिने युवा जमात तीव्र छ। विद्यार्थीहरू ज्ञान र संस्कृति आदानप्रदान गर्ने महत्त्वपूर्ण स्रोत भएकाले शैक्षिक विकासले दुवै देशको सम्बन्ध जोड्न मद्दत गर्छ। एकअर्कालाई बुझ्न पनि यस्तो खालको गतिविधिहरू आवश्यक छ।

आइतबार, भदौ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.