नयाँदिल्ली- यदि तपाईं हरेक समयमा थकान महशुस गर्नु हुन्छ अनि कम खाँदा पनि तौल बढिरहेको छ ? मुड बारम्बार परिवर्तन भइरहन्छ ? त्यसको अर्थ तपाईंलाई थाइराइड भएको हुन सक्छ।
खासगरी, हाइपोथाइराइडिजमले थाइराइड ग्ल्यान्ड कम हर्मोन बनाउँछ। राम्रो निन्द्रापछि पनि थकान महशुस भइरहन्छ भने थाइराइडमा गडबडी हुन सक्छ। त्यस्तो अवस्थामा आयोडिन र सेलेनियम सामेल गराउनूस्। अण्डा, आयोडिनयुक्त नुन, सूर्यमुखी र फर्सीका दानाबाट यी तत्त्व प्राप्त हुन्छन्।
शरीरमा थाइराइडको कमी भयो भने बिना कारण तौल बढिरहन्छ। त्यसका कारण मेटोबोलिजम स्लो हुन सक्छ। प्रोटिन र हेल्दी फ्याटको सेवनबाट यसको उपचार हुन्छ। एभोकाडो, ओलिभ आयलबाट यी तत्त्व प्राप्त हुन्छन्। सुगरी र प्रोसेस्ड फुड खान बन्द गरौं।
छाला सुक्खा हुने र कपाल झर्ने लक्षण पनि थाइराइडमा गडबडीका कारण उत्पन्न हुन्छन्। ओमेगा-३ फ्याट्टी एसिडयुक्त खानेकुराले यसमा सन्तुलन ल्याउँछन्। आलस, चियाका दानामा यस्तो तत्त्व पाइन्छ।
सामान्य जाडो पनि शरीरले सहन गर्न नसक्नु थाइराइडमा गडबडीको कारण हुन सक्छ। दैनिक वाक गर्ने र शारीरिक व्यायाम गर्ने बानीले यसमा नियन्त्रण गर्न सकिन्छ।
बन्दा, काउली, ब्रोकाउली र सोयाको अत्यधिक सेवनबाट थाइराइडमा सन्तुलन कायम गर्न सकिन्छ। तनावमा रहने बानीले कार्टिसोल बढ्छ। र, त्यसले थाइराइडमा नोक्सानी पुर्याउँछ। त्यसैले तनाव व्यवस्थापन गरौं। शरीरमा आयोडिन, सेलेनियम, जिंक र आइरनको कमी छ कि छैन भनेर समय-समयमा परीक्षण गरिरहनुपर्छ।
भास्कर डट कमबाट