वासिङ्टन- अण्डा हजारौँ वर्षदेखि मानव अस्तित्वको केन्द्रमा छ। भलै यसलाई धर्तिमा पाइने अन्यझैँ सामान्य वस्तुका रूपमा पनि लिन सकिन्छ। तर, क्याल्सियम कार्बोनेटको खोल तोडेर भित्र हेर्ने हो भने अण्डामा ब्रह्माण्डको सूक्ष्म रूप पनि देख्न सकिन्छ।
सबै धर्म, अलग-अलग परम्पराहरू, प्राचीन मिश्रका बासिन्दा, ग्रिक र रोमन साम्राज्य सबैको निर्माणको कथामा केन्द्र बन्दै आएको छ, अण्डा। अमेरिकाको दक्षिणी क्यालिफोर्नियाका काहुइल्ला जातिका मानिस ब्रह्माण्डको निर्माणमा अण्डा टुटेको कथासँग जोडिन्छन्।
त्यहाँबाट थोरै पूर्वतिर जाँदा नेब्रास्का र अयोवाका ओमाहा जनजाति समूदाय समुद्रमा गिराइने एक अण्डाका बारेमा बताउँछन्। उनीहरूको कथामा त्यसरी समुद्रमा गिराइने अण्डामा भविष्यमा पैदा हुने हरेक बच्चाका बाबुआमा निदाइरहेको प्रसंग आउँछ।
तथापि, यी केवल कथा कुथुंग्री हुन्। त्यसो भए यसमा विज्ञान कहाँ जोडिन्छ त?
अण्डा र विज्ञान
सन् २००६ मा अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)को विलकिनसन स्याटेलाइटको डाटाअनुसार ब्रह्माण्ड आफैँ अण्डा आकारको हुन सक्छ। यो सिद्धान्तलाई खारेज गर्न वैज्ञानिकहरू असफल रहँदै आएका छन्। तथापि, हुन सक्छ हामी एक विशाल र लगातार बढिरहेको अण्डामा बसिरहेका छौँ।
सन् १६०९ मा जोन केपलरले पहिलोपटक पृथ्वीसहित अन्य ग्रहले पनि सूर्यको परिक्रमा गर्छन् र त्यस्तो परिक्रमा गोलाकार कक्षमा नभई अण्डाकार कक्षमा हुने गरेको पत्ता लगाएका थिए। चन्द्रमाको अण्डाकार कक्षबाट यस्तो लाग्छ, यो राति लगातार आफ्नो आकार बदलिरहेको छ। यदि अण्डाकार कक्षमा घुम्थेन भने चन्द्रमा हाम्रा लागि खासै चासोको विषय पनि नरहन सक्थ्यो।
अण्डाको खोल नरम नभई चन्द्रमाको सतहजस्तै हुन्छ। र, यो रुखो र उबडखाबड प्रकारको हुन्छ। यो अर्ध पारगम्य हुन्छ, जसबाट हावा र ओसिलो पदार्थ पार हुन सक्छ। त्यसैले भनिएको हो, ब्रह्माण्ड पनि अण्डाकार हुन सक्छ।
अण्डामा त्यस्तो ढाँचा छ, जसमा कुनै आन्तरिक ठोस आधार छैन। तै पनि, आफूभित्रको जीवन बचाउन र बढाउन सफल छ। यदि अण्डाको खोलमा बाह्य दबाब बढाइयो भने त्यो पूरै कक्षमा समान रूपमा फैलिन्छ। प्रकृतिको विल्कुल दुरुस्त, एरोडायनेमिक डिजाइनजस्तो। हरेक अण्डामा न कुनै शुरुवात हुन्छ, न त अन्त्य नै।
२० औं शताब्दीमा मानिस भव्य अण्डाकार आर्किटेक्चर डिजाइन तयार गर्दैनथे। त्यसका बावजुद चीनको बेइजिङमा एक अण्डाकार भवनमा निर्मित तीनवटा हलमा पाँच हजार ४५२ जना अटाउँथे।
सबै हल एक हजार वर्गमिटरका थिए। अण्डाकार कपको कल्पना गरौं। डलिनदेखि फेबरेजजस्ता कलाकार प्रेरित गर्ने वस्तु अण्डा नै थियो।
गुलिभर ट्राभल्समा जब लिलिपुट मानिसहरू छिमेकीहरूसँग युद्ध गर्न उत्रिए, उनीहरूको मुद्दा थियो, एक उसिनेको अण्डालाई कसरी खाने?
अण्डाको प्रोटिन
अण्डामा प्रोटिन हुन्छ। त्यो प्रोटिनमा एमिनो एसिडको पूर्ण मिश्रण हुन्छ, जो मानव शरीरका लागि लाभदायक हुने गर्छ। यस मामिलामा यो आमाको दूधपछि दोस्रो नम्बरमा आउँछ। हामी अण्डाबाट विभिन्न परिकार बनाउन सक्छौँ। अण्डा पाउच बनाउन सकिन्छ, अम्लेट पनि।
जसलाई खाना पकाउन आउँदैन, उसले सजिलै अण्डा उसिनेर खान सक्छ। यदि गुगलमा अण्डा उसिन्ने तरिकाबारे सर्च गरियो भने एक अर्बभन्दा बढी सामग्री प्राप्त हुन् छन्।
मध्ययुगदेखि नै मानिसले गाढा रंगको सजावटबाट वसन्त ऋतुको स्वागत गर्दै आएका छन्। सन् १८७५ सम्म जोन क्याडबरीले आफ्नो पहिलो चक्लेट एग बनाएको थिएन। अहिले ब्रिटेनमा बर्सेनि आठ करोड चक्लेट एगको बिक्री हुन्छ। इस्टरको समयमा यस्तो लाग्छ, पहिले कुखुरा होइन, अण्डा आएको हो।