• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

बूढाको धोक्रो काँधैमाथि … !


बुधबार, साउन २२, २०८२ मा प्रकाशित

तानसेन (पाल्पा)- पाल्पाको तिनाउ गाउँपालिका कचलका मनबहादुर बगालेका एक छोरी र तीन छोरा थिए। छोरीको बिहे भइसक्यो। बाँकी तीन छोरा पनि उनको साथमा छैनन्। कोही वैदेशिक रोजगारमा गएका छन् भने कोही शहरतिर। घरमा दुई बूढाबूढी मात्रै छन्। ‘टाठाबाठा जति शहरतिर लागेका छन्। म र श्रीमती यही घरमा छौं,’ उनी भन्छन्, ‘गाउँमा मलामी जानेसमेत पाउन छाडिसकेको छ।’

Advertisement

रैनादेवी छहराका ८१ वर्षीय टीकाबहादुर थापा बुटवलस्थित मानव सेवा आश्रममा बस्‍न थालेको तीन वर्ष बित्यो। उमेर र ऊर्जा हुन्जेल खेती किसानी गरेरै छोरोछोरी हुर्काए, पढाए र बिहेसमेत गरिदिए। तर, अहिले बूढेसकालमा भने एक्लिएका छन्। भन्छन्, ‘बुढ्यौलीले छोएपछि काम गर्न सकिएन। छोराबुहारी र श्रीमतीले समेत झिँजो मान्‍न थाले। मलाई चित्त दुख्यो र आश्रममा आएर बस्‍न थालें। अहिले आनन्द छ।’ घर छोडेदेखि परिवारसँग उनको कुराकानी भएको छैन।

निस्दी गाउँपालिका मित्यालका नरबहादुर सारू ७५ वर्षका भए। तर, उनलाई छोराले अवहेलना गरेको भन्‍ने लाग्दैन। समयको चक्रसँगै आफूहरू एक्लिएको भन्दै उनी चित्त बुझाउँछन्। भन्छन्, ‘हातखुट्टा चलुञ्‍जेल काम गरेर शहर बस्‍ने गर्छन्, यहाँ आउँदैनन्। छोरीको बिहे गरेर अर्कैको घरमा दिइन्छ अनि बूढाबूढी मात्रै बस्‍नुको अर्को विकल्प के छ र ?’

उसो त, सोही ठाउँका ७८ वर्षीय खड्का रानाले पनि एक्लै जीवन बिताउन थालेको पाँच वर्ष भयो। उनका चार छोरा, दुई छोरी र एक श्रीमती थिए। श्रीमती बितेको ६ वर्ष भयो। ‘छोरा कोही विदेशमा छन्, केही जागिरे। छोरीहरू आ-आफ्ना घर-घरमा छन्,’ भन्छन्, ‘अहिले एक्लै जीवन बिताइरहनुपरेको छ।’

उमेर बढ्दै र शक्ति घट्दै गएपछि आफन्त पनि विस्तारै टाढिने गरेको उनको भोगाइ छ। रानाले वृद्धाभत्ताले जसोतसो जीविका चलाउँदै आएका छन्।

तानसेनकी मीना विककी पनि एक छोरी छन्। उनका श्रीमानको दुई वर्षअघि मृत्यु भयो। भएकी एक छोरीको विवाह भएको छ। विक उमेरले ६८ वर्षकी भइन्। आँखाभरि आँशु पार्दै भन्छिन्, ‘शुरुका दिनमा कति दुःख पाइयो। छोरीलाई तरकारी बेचेरै पढाएँ। अहिले उनी अर्काको घरमा छिन् म भने एक्लै दिन काटिरहेकी छु।’ एकल महिलाले पाउने भत्ताले अहिले जीवन गुजारिरहेकी छन् उनी।

तानसेन छेर्लुङका ७३ वर्षीय शिवप्रसाद भट्टराई पनि ६ सन्तानका बाबु हुन्। सबै बालबच्चाका साथ रहँदा र सँगै खाना खाँदा रमाइलो हुने उनी सम्झिन्छन्। भन्छन्, ‘एउटा छोरा बाहिर छ, अरू काठमाडौँमा बस्छन्। यहाँ त हामी दुई बूढाबूढी मात्र बस्छौंं। सधैं सबै बच्चा घरमै हुँदा जे पकाए पनि खाइन्थ्यो। अहिले दुई जना मात्रै छौं। खाना पनि राम्रोसँग रुच्दैन।’

छोराछोरीले खेतबारीमा काम गर्न नरुचाएको उनी बताउनुहुन्छ। भन्छन्, ‘यहाँ खेतबारीमा दुःख गर्न मान्दैनन्, शहरमै बस्छन्। यहाँ घर खाली हुन्छ तर छोराहरू कोठा लिएर शहरमा बस्‍न रुचाउँछन्। उनीहरू त दशैं-तिहारमा यसो २-३ दिन घर बस्‍नेगरी आउँछन्, अनि गइहाल्छन्।

पछिल्लो समय अधिकांश ज्येष्‍ठ नागरिकको पीडा उस्तै छ। जवानीमा अनेक घर, परिवार, इष्‍टमित्र हाँसीखुशी जीवन बिताएका नागरिक जीवनको उत्तरार्द्धमा एक्लो बन्दै आएका छन्। गरिखाने उमेरका छोराछोरी भविष्‍य बनाउन जसै लाखापाखा लाग्दै जान्छन्, घरगाउँमा पाकाहरू एक्लिँदै छन्।

विश्‍वव्यापीकरण, बढ्दो शहरीकरण, आन्तरिक बसाइँसराइ, सामाजिक परिवेश, वैदेशिक रोजगारी र व्यस्त जीवनका कारण परिवारमा ज्येष्‍ठ नागरिक एक्लो हुँदै गएका हुन्। ग्रामीण भेगमा जग्गा र घर कुरेर बस्‍ने ज्येष्‍ठ नागरिक नै भेटिन्छन्।

आधुनिकतासँगै मान्छेको दैनिकी प्रविधिमा रमाएको छ। हिजोको संयुक्त परिवार आज ‘एकल’मा परिणत हुँदै गएको छ। आफ्ना बालबच्चाबाहेक जन्म दिने बाबुआमाका लागि सन्तानले समय निकाल्न सक्दैनन्। एकछिन उनीहरूसँगै बसी उनीहरूका कथाव्यथा सुन्‍न पनि भ्याउँदैनन्। अति व्यस्त जीवनशैली, यान्त्रिक उपकरणको प्रयोग बढेको छ। आफ्नै छोरा, बुहारी, नातिनातिनीसँग बिरानो बन्दै गएका छन्।

डाँडामाथिको घाम बनेका वृद्धवृद्धासँग सम्मानजनक व्यवहार गर्नुपर्ने नागरिक समाजका अगुवा पुष्‍करराज रेग्मी बताउँछन्। भन्छन्, ‘बाँचुन्जेल एक गाँस राम्ररी खुवाउन र एक वचन राम्रो बोल्न हामी किन कन्जुस्याइँ गर्छौं ? हामी आफ्ना अभिभावकलाई जस्तो व्यवहार गर्छौं, त्यस्तै पाठ हाम्रा सन्तानहरूले सिकिरहेका हुन्छन्, त्यसै पनि वृद्धावृद्धाहरूलाई सम्मान गर्नुपर्छ।’

सन्तानहरू जन्म दिने आमाबुबालाई घरको बोझ सम्झी आश्रम पठाएर कर्तव्य र दायित्वबाट विमुख हुँदै गएको दुःखलाग्दो अवस्था बनेको छ। जीवनयापन गर्ने कुनै आधार, आयस्रोत वा सम्पत्ति नभएका असहाय ज्येष्‍ठ नागरिक झनै हिंसाको शिकार भएका छन्। जवानीमा पैसा कमाइञ्‍जेल सबैको प्यारो हुने तर उमेर ढल्किँदै, कमाउन नसक्ने हुँदै जाँदा सबैबाट हेला सहनुपर्ने समस्या ज्येष्‍ठ नागरिकले भोग्‍नुपरेको छ। बाबुआमाले छोराछोरी नबुझ्‍ने र छोराबुहारीले बाबुआमा नबुझ्‍ने र सामान्य असमझदारीमै परिवार छुट्टिएर बस्‍ने व्यवहारले ज्येष्‍ठ नागरिकले कठिनाइ भोग्‍नुपरेको हो।

बुधबार, साउन २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.