काठमाडौँ । ऐतिहासिक स्वर्ण पदक जितेकी भारोत्तोलनकी खेलाडी सञ्जु चौधरी मृत भेटिएकी छन् । नेपालमा सन् २०१९ को डिसेम्बरमा आयोजित १३ औँ दक्षिण एसियाली खेलकुदमा उनले राष्ट्रको नाममा ऐतिहासिक पदक जितेकी थिइन् ।
Advertisement
नेपालगञ्ज स्थायी घर भएकी उनी केही दिनदेखि काठमाडौँको आफन्तको घरमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् ।
ललितपुरको लुभुस्थित महर्जनकै घरमा उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
प्रहरीका अनुसार घटना आत्महत्या हो वा हत्या भन्नेबारे अनुसन्धान शुरु हुने भएको छ ।