सुनसरी- ०७४ सालको पालिका चुनावमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर २ बाट कांग्रेसका तर्फबाट अध्यक्ष हरिकृष्ण भट्टराई १४ सय १४ मत प्राप्त गरी विजय भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका डमर सिग्देलले १३ सय ३१ मत पाएका थिए।
यसपटकको चुनावमा कांग्रेसले वडाध्यक्षको रूपमा नारायण नेपाललाई अघि सारेको छ। उनी निवर्तमान वडाध्यक्ष हरिकृष्ण भट्टराईको राजनीतिक विरासत कायम गर्दै जित निकाल्ने दौडमा छन्।
एमालेबाट युवा नेता होमप्रसाद गौतम वडाध्यक्ष उम्मेदवार बनेका छन्। उनी एमालेका पूर्वजिल्ला सदस्य पनि हुन। उनको एउटै लक्ष्य देखिन्छ- कांग्रेसको विरासत भत्काउने र ०७४ मा गुमेको साख फर्काउने। उनको रणनीति आफू मात्र जित्ने भन्ने छैन, वडा सदस्यहरू पनि सबै जित्ने लक्ष्य छ।
सोही वडामा राप्रपाबाट भवानी गौतम पनि वडाध्यक्ष उम्मेदवार छन्। कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन छ। त्यसैले आफ्नै पल्ला भारी रहेको बुझाइ कांग्रेसका वडाध्यक्ष उम्मेदवार नेपालको देखिन्छ। उनी बराहक्षेत्रमा कांग्रेसका पूर्वनगर सभापति पनि हुन्।
उनी ०७४ सालको निर्वाचनमा बराहक्षेत्र नगरपालिका वडा नम्बर १ र २ मा कांग्रेस निर्वाचन परिचालन समिति संयोजक थिए। त्यतिबेला दुवै वडामा एमालेको किल्ला तोड्दै कांग्रेसका उम्मेदवारलाई जिताउन सफल भएका थिए।
गठबन्धनका उम्मेदवार
वडाध्यक्ष- नारायण नेपाल
सदस्यहरू
डिल्लीबहादुर कार्की
प्रतापकुमार मगर
पुष्पा थापा
दिलु विश्वकर्मा (माओवादी केन्द्र
एमालेका उम्मेदवार
वडाध्यक्ष- होमप्रसाद गौतम
सदस्यहरू
झपट कटुवाल
प्रेमप्रसाद दाहाल
चुनु श्रेष्ठ
सिर्जना परियार