काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेको छ ।
Advertisement
महासंघका अनुसार आज छापावाला सुनको मूल्य बढेर प्रतितोला ९८ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजाबी सुन ९८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेको छ । योसँगै आज चाँदी प्रतितोला १२ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।