काठमाडौँ । पहिरोका कारण अवरुद्ध मुग्लिन नारायणगढ सडक खण्ड सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित तोपेखोलामा पहिरो खस्दा शनिबार साँझदेखि सडक अवरुद्ध भएको थियो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक बिहान ५ः३० बजेबाट सञ्चालनमा आएको हो । पहिरो पन्छाउन मुग्लिन र भरतपुरबाट एक एकवटा जेसिभी प्रयोग गरिएको थियो ।
पहिरो हटाएसँगै अलपत्र परेका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन् ।