काठमाडौँ । बेहुली लिन गएका एक बेहुला प्रहरी हिरासतमा पुगेका छन् । उनले आफूलाई दाइजोमा मोटरसाइकल मागेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
Advertisement
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बेहुला डेभिट चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । शुक्रबार उनी जिल्लाको मेचीनगर नगरपालिका १५ को पुष्पलाल राजवंशीको छोरीलाई बेहुलीका रुपमा लिन जन्तीसहित गएका थिए ।
बेहुलाले आफूले मागेको दाइजो नपाए बेहुली नलैजो अडान राखेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । झापा गाउँपालिका ४ का बेहुलाविरुद्ध दाइजोसम्बन्धि कसूरमा अनुसन्धान शुरु भएको छ ।