खोटाङ । जिल्लामा दलित महिला वडा सदस्यको मृत्यु भएको छ । हलेसी तुवाचुङ नगरपालिका ४ बडहरेकी ४९ वर्षीय कमला परियारको मृत्यु भएको हो ।
Advertisement
गत स्थानीय निर्वाचनमा एमालेबाट दलित महिला वडा सदस्यमा निर्वाचित भएकी उनी रक्तचापका कारण बेहोस भएकी थिइन् । उनलाई अस्पताल पुर्याएलगत्तै मृत्यु भएको एमाले हलेसी तुवाचुङले जनाएको छ ।
उनी एमाले नगर कमिटी सदस्य तथा अनेमसंघ जिल्ला कमिटी सदस्यसमेत थिइन् ।