• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, साउन १४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

गोलबजारमा गोली लागेर एकको मृत्यु

सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

रुसी आक्रमणमा आठ जनाको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- मनोरञ्‍जन

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४. मानव-हात्ती द्वन्द्व : ‘ध्रुवे’देखि मेचीनगरसम्म, संरक्षण कि अझै क्षति ?

  • ५. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • ६. राशिफल : कर्कट- टाढाको यात्रा, तुला- सफलता

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

आउनूस् गरौं रगतका कुरा !


शनिबार, जेठ ३२, २०८२ मा प्रकाशित

आज विश्‍व रक्तदाता दिवस, विश्‍वभरि नै आज विभिन्‍न कार्यक्रम गरेर यो दिवस मनाइँदैछ। ‘गिभ ब्लड, गिभ होप- टुगेदर वी सेभ लाइभ्स’ भन्‍ने मुल नाराका साथ विश्‍व रक्तदाता दिवस मनाउँदै गर्दा विश्‍वभरि नै जहिल्यै रगतको अभाव हुने गरेको विभिन्‍न माध्यमबाट सुन्‍नमा आउँछ। नेपाल पनि यो मानेमा अछुतो रहने कुरै भएन। आउनूस् आज रगत, यसको महत्त्व, आवश्यकता र आपूर्तिका बारेमा कुरा गरौं।

Advertisement

रगत मानव शरीरमा निरन्तर मुटु, रक्तनली हुँदै बगिरहने रातो तरल पदार्थ हो। यसले शरीरका कोष कोषमा आवश्यक पर्ने अक्सिजन, खाद्य तत्त्व, भिटामिन, पानीलगायत पदार्थ पुर्‍याउने गर्छ। हाम्रो शरीरमा बाहिरबाट प्रवेश गर्ने वा शरीरमा उत्पन्‍न किटाणुहरू मार्ने, घाउहरू निको पार्ने वा पुर्नेलगायत आवश्यक काम गरी रगतले सुरक्षा प्रदान गर्छ।

शरीरमा अनावश्यक कार्बनडाइअक्साइड, मरेका तन्तुहरू, अन्य विकार तत्त्वहरू लगायत अनावश्यक वस्तुहरू बाहिर लैजान सहयोग गरी सरसफाइको समेत काम गर्छ।

सामान्यतया एउटा बयस्क मानिसको शरीरमा ५ देखि ६ लिटर रगत हुन्छ। यो मात्रा मानिसको उमेर, तौललगायतले तलमाथि हुन सक्छ। सामान्य अवस्थामा मान्छेको तौलको ७ प्रतिशत रगत शरीरमा हुनुपर्छ।

हाम्रो शरीरमा यस्तो महत्त्वपूर्ण कार्य गर्ने रगत तथा रक्त तत्त्व अहिलेसम्म मानिसलाई आवश्यक पर्दा, मानिसको शरीरमा आवश्यक मात्रामा उत्पन्‍न नहुँदा अनि कुनै कारणबाट खेर जाँदा परिपूर्ति गर्ने विकल्प भनेको अर्को स्वस्थ मानिसको शरीरबाट निकालेर आवश्यक व्यक्तिलाई उपलब्ध गराउनु नै हो। विश्‍वमा मानव स्वास्थ्यका क्षेत्रमा वैज्ञानिकहरूले ठूलो फड्को मारे पनि रगतको विकल्प रगत नै हो। अहिलेसम्म रगतको विकल्पमा अर्को कुनै औषधि उत्पादन भएको छैन।

दुर्घटना भएर रगत खेर जाँदा, महिला सुत्केरी हुँदा बढी रगत बगेर जाँदा, अप्रेसनको समयमा रगत बढी बग्दा, गम्भीर पोलाइ, सर्पको डसाइ तथा अन्य अवस्थाहरूमा शरीरमा रगत बन्‍न नसक्ने रोगहरू एनिमिया, थालेसिमिया, हेमोफिलियालगायत समस्यामा मानिसलाई रगतको आवश्यकता परे पनि त्यसको परिपूर्तिका लागि अर्को स्वस्थ मानिसबाट प्राप्त गर्नुपर्छ।

मानव शरीरमा रक्त प्रवाह नियमित रूपमा रहिरहन्छ। बाहिरी कुनै अवरोध नहुँदा हाम्रो शरीरमा चौबीसै घण्टा शरीरका नशाहरू, धमनी, शिरा र कोशिका भएर बगिरहन्छ र कोष-कोषमा पुग्छ। यो स्वचालित अंग मुटुले पम्प गरेको हुन्छ। हाम्रो शरीरको सबै भागमा रगत पुगेर उत्तिकै रूपमा आपूर्ति, सरसफाइ र सुरक्षाको कम गर्नुपरे पनि मस्तिष्‍क-टाउकोमा बढी रगत खपत हुन्छ।

रगत जीवन दान गर्ने चिज हो। एकछिन मात्र रक्त प्रवाह रोकिँदा मानिसको मृत्यु हुन पुग्छ। त्यसैले रगतलाई जीवनको नदी मानिन्छ, यो अविरल बगिरहन्छ। त्यसैले एउटा मानिसलाई रगत चाहिँदा हामी सक्ने व्यक्तिले उपलब्ध नै नगराउने हो भने त्यो मानिसलाई बचाउन सकिँदैन। यस्तो अवस्थामा रक्तदान गर्ने व्यक्ति नै जीवन दाता हो।

मानव रक्त समूह ८ प्रकारका हुन्छन्। र, आफ्ना रगत समूहअनुसारका मेल खाने समूहका रगत उनीहरूमा चढाइन्छ। यसरी रगत दिन या चढाउनु अगावै दाताहरूको रगतमा कुनै संक्रमण छ या छैन भनेर जाँच गरिन्छ। यसरी दाताहरूलाई उनीहरूको मेडिकल इतिहास र स्वास्थ्यका बारेमा जानकारी लिइन्छ।

सुदूरपश्‍चिममा रगतको अवस्था

आर्थिक वर्ष ०८१-८२ मा सुदूरपश्‍चिम प्रदेश सरकारले आफ्नो प्रदेशभित्र रगत तथा रक्ततत्त्व निःशुल्क गर्ने घोषणा गरेर २१ पुस ०८१ देखि कार्यान्वयनमा ल्याएको छ। प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दोस्रोपटक मुख्यमन्त्रीको सपथलगत्तै प्रदेशका बासिन्दालाई निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेका थिए। यद्यपि, यो घोषणा प्रदेशका सरकारी अस्पतालमा उपचारका लागि आउने बिरामीका लागि मात्रै उपलब्ध हुने भनिएको छ, जुन सबै अस्पतालमा उपलब्ध गराउन आवश्यक छ।

रेडक्रसले हालसम्म स्वयंसेवी रूपमा रक्तसञ्‍चार सेवा सञ्‍चालन गरिरहेको छ। अर्कातिर केही पालिकाले आफ्नो पालिकाका नागरिकलाई निःशुल्क रगत र रक्ततत्त्व उपलब्ध गराउने कार्यलाई निरन्तरता दिएका छन्।

देशैभर दैनिक १५ सय युनिट रगतको आवश्यकता पर्छ भने सुदूरपश्‍चिममा मात्रै दैनिक ११५ युनिट रगत आवश्यक छ। त्यसमा पनि धनगढीमा मात्रै दैनिक ७० युनिट रगत आवश्यक पर्छ।

रगत संकलनदेखि बिरामीसम्म सुरक्षित प्रदानका लागि विभिन्‍न परीक्षणहरू गर्ने, रगतको आवश्यक चिस्यानको व्यवस्थापन, फ्रिज र कोल्ड रुमहरूको व्यवस्थापन, बत्ती-पानीको व्यवस्थापन, ब्लड ब्याग खरिद, विभिन्‍न टेस्ट किट र रिएजेन्टहरू खरिद गरी समयसापेक्ष गुणस्तर व्यवस्थापन गर्नु निकै चुनौतीको विषय हो।

स्वयंसेवी रक्तदाता वृद्धि गरेर रगतको बजार मागलाई ख्याल गरी सेवा गर्नु अहिलेका चुनौतीहरू हुन्। त्यसैले समयसापेक्ष उन्‍नत प्रविधिको योग्य जनशक्तिलाई आवश्यक तालिमको व्यवस्था गर्नु अर्को महत्त्वपूर्ण पाटो छ। सरकारले आवश्यक नीति-नियम र कानूनको व्यवस्थापन गरी अनुगमन र मूल्यांकन गर्ने कार्यले रक्तसञ्‍चार सेवालाई अझ सहज बनाउन सहयोग पुर्‍याउनु आवश्यक हुन्छ।

स्वयंसेवी रक्तदाता बढाउन सरकाले उत्प्रेरणाका कार्यक्रमहरू निरन्तर गर्नु आवश्यक छ। निःशुल्क रगत उपलब्ध गराउने घोषणाले बिरामीलाई केही राहत त होला तर आपूर्तिलाई सहज बनाउन रक्तदाता बढाउनु आजको अपरिहार्यता हो।

नेपाल रेडक्रस सोसाइटीले पनि आफ्ना रक्तसञ्‍चार सेवाहरूलाई समयअनुसार गुणस्तरीय बनाउन आफ्नो क्षमता अभिवृद्धि गर्दै लैजानु पर्छ। नेपालमा शुरुदेखि नै रक्तसञ्‍चार सेवाको सञ्‍चालन रेडक्रसबाटै हुँदै आएको छ।

सुदूरपश्‍चिम प्रदेशमा अमेरिकी संस्थाको सहयोगमा १ साउन ०७८ देखि देशकै नमूना प्रादेशिक रक्तसञ्‍चार केन्द्र सञ्‍चालनमा आएको छ। विश्‍व स्वास्थ्य संगठनले तोकेका सबै मापदण्ड पूरा गरेर उक्त रक्तसञ्‍चार सेवा केन्द्र सञ्‍चालनमा छ।

विगतमा सरकारको कुनै पनि सहयोग नहुँदा पनि दानवीरहरूको सहयोग, स्रोत व्यवस्थापन गरी सामान्य लागत खर्चमा रक्तसञ्‍चार सेवा रेडक्रसबाट प्रवाह हुँदै आएको थियो। अब विस्तारै सरकारको ध्यान यसतर्फ जान थालेको देखिन्छ। रक्तसञ्‍चार सेवा सरकार र रेडक्रसको साझेदारीमा सञ्‍चालन हुँदा अझ राम्रो हुनेछ। रक्तसञ्‍चार सेवालाई गुणस्तरीय र आधुनिक प्रविधिको प्रयोग गर्दै अझ व्यापक बनाउनु अहिलेको आवश्यकता हो।

यसरी भएको थियो नेपालकै पहिलो रक्तदान

कुरा विसं २००० सालको हो। राणा प्रधानमन्त्री जुद्धशम्शेरको शासन चलिरहेको थियो। समाजमा जातजाति र छुवाछुतको नाटीकुटी व्याप्त  थियो। कट्टर नियममा बाँधिएको समाज त्यसमाथि पनि रगत लिनु र दिनु भनेको निकै डरलाग्दो कुरीति र नीतिविपरीत मानिन्थ्यो। कामको सिलसिलामा परोपकार संस्थाका संस्थापक दयावीरसिंह कंसाकार आफूले चिनेका सुपरिटेन्डेन्ट डा. देवव्रतदास गुप्तालाई भेट्न वीर अस्पताल गएका रहेछन्।

यतिकैमा उनले वीर अस्पतालको प्रांगणमा एक अधबैंशे महिला जोड-जोडले रोइरहेकी देखे। ती महिला आफ्नो एक्लो छोरा रत्‍नकाजी तुलाधरको ज्यानको भिख माग्दै बिलौना गर्दै थिइन्। त्यहाँ उनको रोदन सुन्‍ने कोही थिएन, न त उनलाई सहयोग गर्न सक्ने नै कोही थिए।

ती महिला त्यसरी ज्यान फालेर रोइरहेको देखेर दयावीरले सोधे, ‘के भयो तपाईँलाई ? किन यसरी रोएको ?’ ती महिलाले आफ्नो छोरा रगत नभएर मृत्युशय्यामा छट्पटाइरहेको व्यथा सुनाइन्। ‘तत्काल रगत दिन सकेन भने मेरो एक्लो छोरो मर्छ’ उनले रुँदै दयावीरलाई भनिन्।

उनको कुरा सुनिसकेपछि तपाईं नै हृष्‍टपुष्‍ट हुनुहुन्छ, किन रगत नदिएको भनी दयावीरले प्रतिप्रश्‍न गरे। रगत दिएपछि मान्छे मरिन्छ भनी डरले उनले रगत दिन मानिनन्। उनका छोरालाई रगत दिन दयावीर तयार भए। तत्काल उनको छोराको उपचार गरिरहेका डाक्टरलाई भेटे। आफ्नो रगत झिकी बिरामीलाई दिन डाक्टरलाई दयावीरले आग्रह गरे। यसरी कुनै एक अपरिचित मान्छेले नचिनेको व्यक्तिलाई रगत दिन लागेको कुरा सुनेर रत्‍नकाजीको उपचारमा संलग्‍न रहेका डाक्टर स्वयंले पनि अचम्म माने।

संयोगले मृत्युशय्यामा छट्पटाइरहेका रत्‍नकाजी र दयावीरको रगत समूह पनि एउटै रहेछ। डाक्टरले कुनै ढिलाइ नगरी दयावीरको शरीरबाट रगत निकाल्न थाले र रगत नभएर छटपटाइरहेका रत्‍नकाजीको शरीरमा सीधै रगत दिएर उनको ज्यान बचाए। त्यतिबेला ब्लडबैंक वा रगत संकलन गर्ने कुनै केन्द्र थिएनन्। रगत मान्छेको शरीरबाट सीधा झिकेर बिरामीमा ट्रान्सफर गर्नुपर्थ्यो।

विसं २००० मा दयावीरले मृत्यु शय्यामा रहेका रत्‍नकाजी तुलाधरलाई दिएको रक्तदान नै नेपालको पहिलो ऐतिहासिक रक्तदानका रूपमा रहन पुग्यो। २२ वैशाख १९६८ मा काठमाडौंको केल मासं गल्लीमा जन्मेका समाजसेवाका अग्रणी व्यक्तित्व दयावीरसिंह कंसाकार नेपालका प्रथम रक्तदाता एवं नेपालको जेठो लोककल्याणकारी संस्था परोपकार संस्थाका संस्थापक अध्यक्ष हुन्।

रक्तदानसम्बन्धी विश्‍व स्वास्थ्य संगठनको भनाइ

विश्‍व स्वास्थ्य संगठनले अनुमान गरेअनुसार कुनै पनि राष्‍ट्रको रगतको आवश्यकता पूरा गर्न न्यूनतम कुल जनसंख्याको १ प्रतिशतले रक्तदान गर्नुपर्छ। यसको उद्देश्य भनेको रक्तक्षेपणका लागि सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताको विश्‍वव्यापी जागरुकता अनि महत्त्वपूर्ण योगदान स्वेच्छिक रक्तदान गर्ने दाताहरू बढाउनु नै हो।

रक्तदान किन आवश्यक छ ?

(१) जीवन बचाउन- रक्तक्षेपणले शल्यक्रिया, क्यान्सरको उपचार गराइरहेका वा रक्तअल्पता वा हेमोफिलियाजस्ता चोटपटक वा रोगबाट पीडित बिरामीहरूलाई मद्दत गर्छ।

(२) चिकित्सा आपतकालीन अवस्था- दुर्घटना पीडितहरू, गम्भीर रक्तस्राव भएका बिरामीहरू वा आपतकालीन शल्यक्रिया आवश्यक पर्नेहरूको उपचारका लागि रगत महत्त्वपूर्ण छ।

(३) दीर्घकालीन अवस्थाहरू- थालेसिमिया वा सिकल सेल एनिमियाजस्ता अवस्था भएका बिरामीहरूलाई नियमित रक्तक्षेपण आवश्यक पर्छ।

(४) शल्यक्रिया प्रक्रियाहरू- जटिल शल्यक्रिया, अंग प्रत्यारोपण वा मुटुको शल्यक्रियाका लागि रक्तक्षेपण प्रायः आवश्यक हुन्छ।

(५) सीमित सेल्फ लाइफ- दान गरिएको रगतको सीमित सेल्फ लाइफ (सामान्यतया ३५-४२ दिन) हुन्छ, जसले गर्दा स्थिर आपूर्ति कायम राख्‍न नियमित दान आवश्यक छ।

कस्ता व्यक्तिहरूले रक्तदान गर्न सक्छन् ?

(१) उमेर- १८-६५ वर्ष

(२) तौल- सामान्यतया कम्तिमा ४५ किलो (१०० पाउन्ड)

(३) स्वास्थ्य- राम्रो शारीरिक स्वास्थ्य, निश्‍चित चिकित्सा अवस्थाहरूबाट मुक्त

(४) हेमोग्लोबिन स्तर- न्यूनतम हेमोग्लोबिन आवश्यकताहरू पूरा भएको

(५) दीर्घरोग नभएको

(६) शरीरमा ट्याटु खोपेको कम्तिमा ६ महिना पूरा भएको

रक्तदान : भ्रम र सत्य

(१) भ्रम- रक्तदान गर्दा धेरै पीडा हुन्छ

सत्य- रक्तदान सामान्यतया छिटो र तुलनात्मक रूपमा पीडारहित प्रक्रिया हो

(२) भ्रम- रक्तदान गर्नाले तपाईंलाई कमजोर बनाउँछ

सत्य- रक्तदान गर्नाले समग्र स्वास्थ्य वा शक्तिमा खासै असर पर्दैन

(३) भ्रम- यदि तपाईंसँग ट्याटु छ भने तपाईं रक्तदान गर्न सक्नुहुन्‍न

सत्य- ट्याटु बनाउनाले तपाईंलाई स्वतः अयोग्य ठहर्‍याउँदैन। ट्याटु बनाएको कम्तिमा ६ महिना पुगेको हुनुपर्छ।

(४) भ्रम- रक्तदान सुरक्षित छैन

सत्य- रक्तदान केन्द्रहरूले सुरक्षा र स्वच्छता सुनिश्‍चित गर्न कडा निर्देशनहरू पालना गरेका हुन्छन्। त्यसकारण यो सुरक्षित छ।

सत्यहरू

(१) रक्तदान गर्नाले जीवन बचाउन सकिन्छ

(२) शरीरले केही साताभित्र दान गरिएको रगतलाई पुनः पूर्ति गर्छ

(३) नियमित दानले स्थिर रक्त आपूर्ति कायम राख्‍न मद्दत गर्छ

(४) रक्तदाताहरूको स्वास्थ्य समस्याहरूका लागि राम्ररी जाँचसमेत गरिन्छ

‘बचाऔं कसैको ज्यान, आउनूस् गरौं रक्तदान’

(सर्वाधिक रक्तदाता सुदूरपश्‍चिम- १०९ पटक)

शनिबार, जेठ ३२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार
चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि
सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य
डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा
गोलबजारमा गोली लागेर एकको मृत्यु
सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

भर्खरै

  • १.
    मे र जुनको गर्मीका कारण इङ्ल्यान्डमा दुई हजार ८७७ अतिरिक्त मृत्यु : सरकार

  • २.
    चितवन राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या वृद्धि

  • ३.
    सहरी पूर्वाधार, सौर्य ऊर्जा र वातावरणीय व्यवस्थापनमा सहकार्य

  • ४.
    डढेलोलेले बोर्डोको वाइन उद्योग सङ्कटमा

  • ५.
    गोलबजारमा गोली लागेर एकको मृत्यु

  • ६.
    सामाजिक सद्भाव र विपद् व्यवस्थापनमा समन्वय बढाउन सुरक्षा परिषद्को जोड

  • ७.
    जापान भूकम्प अपडेट ः २८ जनाको मृत्यु, उद्धार प्रयास जारी

  • ८.
    किन बढ्छ मनसुनजन्य रोगको जोखिम ?

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.