• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

भारतीयहरूका गुप्त भ्रमणको अन्तर्य


    Avatar photo
आइतबार, जेठ २६, २०८२ मा प्रकाशित

काठमाडौं- नेपालले २-४ जेठमा काठमाडौंको होटल सोल्टीमा जलवायु परिवर्तनको एजेन्डामा केन्द्रित रहेर ‘सगरमाथा संवाद’ आयोजना गरेको थियो। त्यसको दर्शकदीर्घामा एकजना नबोलाइएका भीआईपी पाहुना देखिए। उनी थिए, भारतका पूर्व विदेश सचिव श्याम शरण।

Advertisement

उनी जलवायु परिवर्तनका जानकार होइनन्। पूर्व कूटनीतिज्ञका रूपमा उनी भूराजनीतिका विज्ञ हुन्। त्यसैले, यस सम्मेलनमा उनको उपस्थिति आफैंमा अर्थपूर्ण थियो।

श्याम शरण उनै कूटनीतिज्ञ हुन्, जो ३१ जुलाई २००४ देखि १ सेप्टेम्बर २००६ सम्म भारतका विदेश सचिव थिए। र, त्यसअघि ३१ अक्टोबर २००२ देखि २५ जुलाई २००४ सम्म उनी काठमाडौंमा नेपालका लागि भारतका राजदूत थिए। ‘उनी किन सगरमाथा संवादमा सहभागी भए भन्‍ने बुझेनौं। हामीले आमन्त्रण गर्ने विदेशी पाहुनाको सूचीमा उनको नाम थिएन,’ परराष्‍ट्र मन्त्रालयका एक अधिकारी भन्छन्, ‘त्यति भीआईपी मान्छे दर्शकदीर्घामा बसेर छलफल सुनिरहेका थिए। हामीलाई भने अनौठो लाग्यो।’

नयाँदिल्लीस्थित भारतीय विदेश मन्त्रालयको एक उच्च स्रोतका अनुसार श्यामशरण एक थिंक ट्यांकमा आबद्ध छन्। उक्त थिंक ट्यांक भारतको राष्‍ट्रीय सुरक्षा सल्लाहकार अजित डोभलका जेठा छोरा सौर्य डोभलले सञ्‍चालन गर्छन्। सोही थिंक ट्यांकको जागिर पकाउन उनी काठमाडौं-दिल्ली आउजाउ गरिरहन्छन्।

अजितका छोरा सौर्य सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)मा आबद्ध छन्। र, बैंकर पनि हुन्। भाजपाको उत्तराखण्ड राज्य कमिटीका सदस्य हुन् उनी। ‘इन्डिया फाउन्डेसन’ नामक सौर्य डोभलको थिंक ट्यांकले नरेन्द्र मोदी सरकारलाई सूचना र विश्लेषणहरू उपलब्ध गराउँछ। सोही थिंक ट्यांकमा श्याम शरण आबद्ध छन्। श्याम शरण नेपालप्रति नकारात्मक सोच राख्‍ने भारतीय कूटनीतिज्ञ हुन्। तर, जागिरबाट अनिवार्य अवकाश पाएपछि उनलाई अन्य मुलुकमा कसैले भाउ दिँदैनन्। नेपालमा भने आफूलाई सबैले भेट दिने भएकाले शरणले थिंक ट्यांकमा नेपाल क्षेत्रको जिम्मेवारी लिएका छन्।

यो थिंक ट्यांकले नेपालमा हालका राजनीतिक शक्तिहरूको विकल्पबारे खोजी गरिरहेको छ। त्यसका लागि रवि लामिछाने नेतृत्वको राष्‍ट्रीय स्वतन्त्र पार्टी (रास्वपा)लाई कांग्रेस, एमाले र माओवादी केन्द्रको विकल्पका रूपमा अगाडि बढाउन चाहेको छ। र, रविलाई पनि साइड लगाएर अर्का नेता स्वर्णिम वाग्लेलाई रास्वपाको नेतृत्वमा पुर्‍याउने योजनामा इन्डिया फाउन्डेसन छ।

नेपालमा ‘रेजिम चेन्ज’का लागि कुनै न कुनै रूपमा साम्प्रदायिक दंगा भड्काउने र त्यसको सम्पूर्ण दोष कांग्रेस, एमाले र माओवादी केन्द्रलाई थोपरेर रास्वपालाई जनतामाझ लोकप्रिय बनाउने उद्देश्य यो थिंक ट्यांकको रहेको एक भारतीय सुरक्षा विज्ञ बताउँछन्। यही रणनीति भारतीय राष्‍ट्रीय सुरक्षा सल्लाहकार डोभलले अपनाएको स्रोत बताउँछ।

स्रोतका अनुसार हालसम्म काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई निश्क्रियजस्तो भूमिकामा रहन भनिएको थियो। तर, पछिल्ला दिनमा श्रीवास्तव काठमाडौंमा निकै सक्रिय देखिएका छन्। तथापि, उनी आफ्नो कार्यकाल सकेर आगामी जुलाईमा नयाँदिल्ली फर्किंदै छन्।

नेपालको सन्दर्भमा हालको केपी ओली नेतृत्वको सरकार जसरी पनि ढाल्ने रणनीतिमा भारतीय संस्थापन पक्ष छ। नेपाल राष्‍ट्र बैंकको गभर्नर नियुक्तिमा लामो समय चलेको किचलो समाधान नभएको भए भारतको उक्त रणनीति त्यतिबेलै पूरा हुँदै थियो। तथापि, सत्ता साझेदार कांग्रेसका उम्मेदवार विश्‍व पौडेललाई केन्द्रीय बैंकको गभर्नर बनाउन प्रधानमन्त्री ओलीले अन्तिम समयमा सहमति दिएपछि तत्काल ओली सरकार ढल्नबाट जोगिएको छ। तथापि, अझै पनि कुनै न कुनै बहानामा ओलीको सरकार ढालेरै छाड्ने रणनीतिमा भारत अडिग देखिन्छ।

खासगरी, चीनसँग बीआरआईको फ्रेमवर्क एग्रिमेन्टमा हस्ताक्षर गरेयता ओलीसँग भारत चिढिएको छ। र, आफ्नो सुरक्षा चासो सम्बोधनमा ओलीले लापरवाही गरिरहेको बुझाइ भारतीय पक्षको देखिन्छ।

‘पछिल्ला दिनमा भारतले नेपालमा आफ्नो विश्‍वासिलो पार्टनरको खोजी गरिरहेको छ,’ ती भारतीय सुरक्षा विज्ञ भन्छन्, ‘भारतको मुख्य कन्सर्न भारतको सुरक्षा चासोको सम्बोधन हो। तर, अहिलेको ओली सरकार यस पाटोमा पटक्कै गम्भीर देखिएको छैन। र, कांग्रेसका नेताहरूमा पनि यस पाटोमा गम्भीरता देखिएको छैन। त्यसैले नयाँ र विश्‍वासिलो पार्टनरको खोजी गर्नु हाम्रो बाध्यता बनेको छ।’

हालका नवीन श्रीवास्तवपछि भारतीय विदेश मन्त्रालयमा कार्यरत एक सह-सचिवलाई नेपालमा राजदूत बनाइने लगभग निश्‍चितजस्तै छ। उनी काठमाडौं आएपछि आक्रामक भूमिकामा प्रस्तुत हुने सम्भावना रहेको स्रोतहरू बताउँछन्। पछिल्ला दिनमा नयाँदिल्ली पुगेका नेपालका नेता र कर्मचारीहरूले उनीसँग पनि भेट गर्दै आएका छन्। परराष्‍ट्र मन्त्री आरजु राणाले आफ्नो पछिल्लो नयाँदिल्ली भ्रमणमा उनीसँग पनि भेटेकी थिइन्।

यस्तै, परराष्‍ट्र सचिव अमृतबहादुर राईले पनि आफ्नो भ्रमणमा उनलाई भेट्न छुटाएका थिएनन्। हालै भारतको भ्रमण गरेका सुदूरपश्‍चिम प्रोभिन्सका मुख्यमन्त्री कमलबहादुर शाहले पनि उनीसँग भेट गरेका थिए। दिल्ली पुग्‍ने परराष्‍ट्र मन्त्रालयका अधिकारीहरूले पनि उनीसँग भेट्दै आएका छन्। ती सह-सचिवले नेपालमा राजदूत बन्‍ने उद्देश्यका साथ नेपालसँग सरोकार राख्‍ने मन्त्रालयहरूका अधिकारीहरूसँग छलफललाई तीव्र बनाएका छन्।

हालै भाजपाको विदेश विभागका पूर्व प्रमुख विजय जोलीले पनि काठमाडौं भ्रमण गरे। त्यस क्रममा उनले नेपालका उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहलगायतसँग भेटघाट गरेका थिए। भेटको क्रममा जोलीले भारतको सुरक्षा चासोलाई गम्भीरतापूर्वक लिइदिन आग्रह गरेको मन्त्री सिंह निकटस्थ स्रोत बताउँछ।

भारतको सुरक्षा चासोमा मुख्यतः अहिलेलाई पाकिस्तान प्रशासित कश्मीरका आतंकवादीहरूले नेपालमा शरण लिएर भारतमा कुनै आतंकवादी आक्रमण गर्न सक्ने आकलन प्रमुख देखिएको छ। पाकिस्तान प्रशासित कश्मीरका ४ आतंकवादी नेपालमा प्रवेश गरेर यतै शरण लिइरहेको भनाइ भारतीय पक्षको छ। र, तिनीहरूको खोजीलाई तीव्रता दिइएको बताइन्छ। ती आतंककारीहरू लश्कर-ए-तोइबा (एलईटी)का सदस्य रहेको भारतीय पक्षको भनाइ छ।

के भन्छन् जानकारहरू ?

उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)का एक उच्च नेताको भनाइमा अन्य मुलुकमा भाउ नपाउने भारतका नेताहरू नेपालमा भाउ पाउने भएकाले पटक-पटक आइरहने गरेका हुन्। कभाजपाको विदेश विभाग प्रमुख विजय चौथाइवालेलाई भने भारत सरकारले नै पठाएको र अन्य नेताहरू भाउ पाउने र त्यसवापत भारतमा दाम पनि पाउने भएकाले आएको हुन सक्ने उनको बुझाइ छ।

चौथाइवालेले भने नेपाल सरकारलाई पाकिस्तानविरुद्ध विज्ञप्ति निकाल्न मनाएको प्रष्‍ट देखिएको थियो। त्यसपछि आएका भगतसिंह कोस्यारी र विजय जोली आ-आफ्नो धन्दाका लागि आएको उनको बुझाइ छ।

२५-२६ अप्रिलमा भारतको हैदरावादमा प्रोग्रेसिभ एलायन्सको ग्लोबल कन्फरेन्स आयोजना गरिएको थियो। त्यसमा सहभागी हुन नेपालबाट नेपाली कांग्रेस, जसपालगायत समाजवादी पार्टीहरूलाई पनि आमन्त्रण गरिएको थियो।

तर, भारतको विदेश मन्त्रालयले त्यसमा हस्तक्षेप गर्‍यो। र, नेपाली कांग्रेसलाई त्यसमा सहभागी नहुन अनौपचारिक सन्देश पठायो। त्यसैले नेपाली कांग्रेसले त्यस कन्फरेन्समा आफ्नो प्रतिनिधि मण्डल पठाएन। उपेन्द्र यादवले भने भारतीय विदेश मन्त्रालयको आग्रह अस्वीकार गरे। र, आफूसहित ७ सदस्यीय टोली लिएर हैदरावाद पुगे। उक्त कन्फरेन्स भारतको विपक्षी दल भारतीय राष्‍ट्रीय कंग्रेसले आयोजना गरेको थियो।

उनलाई भारत विरोधी नेताका रूपमा चित्रण गर्नेहरू पनि भेटिन्छन्, भारतमा। र, उनी काठमाडौंस्थित भारतीय दूतावाससँग दूरिमा बस्दै आएका छन्।

उक्त कन्फरेन्समा सहभागी भएर यादव स्वदेश फर्किएलगत्तै मधेश केन्द्रित दलहरूबीच मोर्चा बनाएर अगाडि बढ्ने प्रयास शुरु भएको थियो। र, ‘संघीय लोकतान्त्रिक मोर्चा’का नाममा मोर्चाबन्दी शुरु भएको छ। र, ओली सरकारका विभिन्‍न काम कारवाहीविरुद्ध उक्त मोर्चाले विरोध शुरु गरिसकेको छ।

सोही कारण उक्त मोर्चामा सहभागी मधेश केन्द्रित दलहरू नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीबीचको एकता प्रधानमन्त्री केपी ओलीको ठाडो निर्देशनमा भाँडिएको छ।

एक मधेशकेन्द्रित दलका नेताको बुझाइमा भारतका लागि अहिले दक्षिण एसियामा नेपाल र श्रीलंकालाई मात्र पकडमा राख्‍न सक्ने हैसियत छ। बंगलादेश भारतको पकड बाहिर छ। भुटानलाई भारतले पकडमा राखेकै छ। पाकिस्तान पकड बाहिर छ। अफगानिस्तानलाई पकडमा राखेर कुनै अर्थ छैन। र, माल्दिभ्स पनि भारतको पकडमा छैन। सोही कारण भारतीय नेताहरूले पाकिस्तानमाथि आक्रमण गर्दै गर्दा नेपाल पनि पकड बाहिर नजाओस् भन्‍ने चाहेको प्रष्‍ट देखिने उनी बताउँछन्।

उनका अनुसार विजय जोली अहिले भाजपाको मुलधारको राजनीतिबाट बाहिर छन्। ‘भारत ब्रान्ड एम्बेसेडर’ नाममा उनी गतिविधि गरिरहेका छन्। त्यसकारण उनको नेपाल भ्रमणको कुनै औचित्य नरहेको उनी बताउँछन्। भन्छन्, ‘भारतमै पनि उनको कुनै मूल्य छैन। नेपालमा आए भने यहाँका नेताहरू चिन्‍नु न जान्‍नु उनलाई भाउ दिन्छन्। त्यही भाउ पाउन र आफ्नो धन्दा चलाइराख्‍न उनी आएका हुन्। कोस्यारी र श्याम शरण पनि भारत सरकारको एजेन्डाबारे यसो जानकारी लिने अनि नेपालमा आएर आफ्नो धन्दा चलाउने उद्देश्यले मात्र आएका हुन्। उनीहरूलाई दिल्लीमा पनि कसैले सुन्दैन।’

मधेशकै एक कांग्रेस केन्द्रीय सदस्य पनि विजय चौथाइवालेबाहेकका भारतका नेता र पूर्वअधिकारीहरू चर्को गर्मी छल्ने र काठमाडौंको चिसोमा रमाउने उद्देश्यका साथ मात्र आ-आफ्ना धन्दा लिएर काठमाडौं आएको हुन सक्ने बताउँछन्। ‘यिनीहरूलाई दिल्लीमा कसैले पुछ्दैन, यहाँ आएर हल्ला गर्ने र आ-आफ्ना धन्दा चलाउने उद्देश्य होला,’ उनी भन्छन्।

हाल मुलधारको राजनीतिमा निश्क्रिय रहेका मधेशबाटै पूर्व सांसदले विजय चौथाइवालेबाहेकका सबै नेताहरूसँग भेट गरेका थिए। उनका अनुसार पाकिस्तानमाथि आक्रमणमा नेपाल आफ्नो पोल्टाबाट बाहिर नजाओस् र पाकिस्तानका पक्षमा विज्ञप्ति प्रकाशित नगरोस् भन्‍ने उद्देश्य उनीहरूको पाइएको छ। आफूसँगको भेटमा उनीहरूले कश्मीरका आतंकवादीहरूको घुसपैठ नेपालमा नहोओस् भन्‍ने चाहना व्यक्त गरेको उनी बताउँछन्। ‘उनीहरूले नेपाल हिन्दू राष्‍ट्र हुन सक्छ कि सक्दैन भनेर पनि मसँग चासो राखेका थिए,’ भन्छन्, ‘घुमाउरो भाषामा उनीहरू नेपाल हिन्दू राष्‍ट्र कायम हुनुपर्ने विचारमा रहेको पाएँ मैले।’

नेपालका एक पूर्व राजदूत पाकिस्तानमाथि आक्रमणपछि छिमेकका अन्य मुलुकहरू आफ्नो विरुद्धमा नजाऊन् भनेर भारतीय नेताहरूले नेपाललगायत छिमेकी मुलुकहरूमा लबिङ गरिरहेको बताउँछन्। भन्छन्, ‘पाकिस्तानसँग लड्दै गर्दा अन्य छिमेकी मुलुकहरूलाई आफू निकट राख्‍नुपर्छ भन्‍ने बुझाइका कारण यी भ्रमणहरू भइरहेको हो भन्‍ने लाग्छ।’

 

आइतबार, जेठ २६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.