नयाँदिल्ली- जीवित रहन भोजन अनिवार्य छ। तर, आवश्यकताभन्दा ज्यादा भोजन जीवनकै लागि खतरनाक हुन्छ।
शरीरको आवश्यकताबिना पोषणविहीन खाना खानुलाई इमोसनल इटिङ भनिन्छ। त्यस्तो भोजन स्वास्थ्यका लागि हानिकारक हुन्छ। किनकि, भोजन ह्याप्पीनेस र हेल्थ दुवैको केन्द्र हो। तर, आवश्यकताभन्दा ज्यादा भोजन गरियो भने शरीरलाई हानी पुर्याउँछ।
यी हुन् इमोसनल इटिङका संकेत
– भोकभन्दा ज्यादा खानु
– कुनै खास प्रकारको वस्तु खान मन लाग्नु
– खाएपछि पछुतो लाग्नु। जस्तो- बेकारमा खाए त्यो वस्तु जस्तो लाग्नु।
– अचानक भोक लागेजस्तो हुनु। र, कुनै खास वस्तु खान मन लाग्नु।
– स्वादिलो वस्तु त्यसरी खानु, जस्तो कि त्यो पुरस्कारका रूपमा प्राप्त भएको होस्।
– तनावपूर्ण अवस्थामा स्वादिलो वस्तु खान मन लाग्नु।
यस्तो अवस्था इमोसनल इटिङको शिकार
– के तपाईंलाई तनावका बेलामा खाना खाने इच्छा हुन्छ ?
– के तपाईंलाई बोर भएको समयमा केही खाने इच्छा हुन्छ ?
– एक्लै भएको समयमा केही खाने इच्छा हुन्छ ?
– के साथीभाइ र परिवारका साथमा रहँदा यस्तो इच्छा हुँदैन ?
– के कुनै कुरा खराब हुँदा केही खाने इच्छा हुन्छ ?
– के कुनै खास कुरा खान तीव्र इच्छा हुन्छ ?
– के सुगरयुक्त खानेकुरा खाने इच्छा हुन्छ ?
– के खुशी महशुस हुँदा केही खाने इच्छा हुँदैन ?
सामान्य भोक र इमोसनल इटिङमा फरक
– सामान्य प्रकारको भोक शरीरमा ऊर्जा र पोषणका लागि लाग्छ।
– यसअघि खाएको भोजन पचेपछि शरीरमा ऊर्जाको आवश्उयकता हुनछ।
– सामान्य भोजनमा कुनै खास कुरा खाने तीव्र इच्छा हुँदैन। र, सामान्य रुटिन भोजन मात्र खान मन लाग्छ।
– भोक लाग्दा पेटमा गडगडाहट आवाज आउँछ। या टाउको दुखेजस्तो हुन्छ।
– खाएपछि पेट भरिएको महशुस हुन्छ। र, भोक समाप्त हुन्छ।
– सामान्य भोजन गरेपछि गिल्टी फिल हुँदैन।
– त्यसको बावजुद इमोसनल इटिङमा तनाव या व्यवहारका कारण मन जान्छ।
– इमोसनल इटिङमा दुःख, एक्लोपन, तनाव, खुशी या कुनै खास इमोसन पैदा हुँदा खाने इच्छा जाग्छ।
– इमोसनल इटिङमा सुगरयुक्त खानेकुरा खान मन लाग्छ।
– खाने इच्छा भएपछि तनाव र इन्जाइटी महशुस हुन्छ।
– खाएपछि पनि अझै खाने इच्छा लागिरहन्छ।
– र, खाइसकेपछि बेकारमा खाएँ भन्ने गिल्टी महशुस हुन्छ।
भास्कर डट कमबाट