• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, भदौ २८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रक दुर्घटनामा चालकको मृत्यु

सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

लोकप्रिय समाचार

  • १. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • २. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

तपाईंलाई कतै लिभर क्यान्सर त हुँदै छैन ?


    Avatar photo
बुधबार, जेठ २२, २०८२ मा प्रकाशित

नयाँदिल्ली- पछिल्ला वर्षमा अस्वस्थ जीवनशैली र खराब खानपानका कारण कलेजोसँग सम्बन्धित रोगहरू तीव्र गतिमा बढिरहेका छन्। विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार सन् २०२२ मा संसारभर कलेजोको क्यान्सरबाट करिब ७ लाख ६० हजार मानिसको मृत्यु भयो।

Advertisement

जर्नल अफ हेपेटोलोजीमा प्रकाशित एक अध्ययनको रिपोर्टअनुसार सन् २०२० देखि २०४० को बीचमा संसारभर कलेजोको क्यान्सरका नयाँ बिरामी र मृत्युको संख्या ५५ प्रतिशतभन्दा अधिक हुन सक्ने अनुमान छ। जीवनशैलीमा परिवर्तनमार्फत यसबाट छुटकारा पाउन सकिन्छ।

कलेजोका कोशिकाहरूको डीएनएमा परिवर्तनका कारण लिभर क्यान्सरको जोखिम बढ्छ। त्यसका कारण कोशिकाहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन्। र, ट्युमरको रूप लिन्छन्। शुरुवाती चरणमा कुनै लक्षण नदेखिने भएकाले यो अझ खतरनाक हुन्छ।

कलेजो शरीरको अत्यधिक आवश्यकताको अंग हो। कलेजो बिना जीवन सम्भव छैन। यसले रगतलाई फिल्टर गर्छ। र, पाचन र डिटक्सिफिकेसनसहित करिब ५०० वटा अत्यावश्यक काम गर्छ। जब कलेजो खराब हुन्छ, शरीरमा गम्भीर बिमारी शुरु हुन्छन्। र, ज्यानकै लागि खतरा उत्पन्‍न हुन्छ।

यी लक्षणलाई नगरौं नजरअन्दाज

– पेटको माथिल्लो भाग दुख्‍नु र सुन्‍निनु

– सधैं थकान र कमजोरी महशुस हुनु

– पेटको दायाँतर्फ रिब केजको मुनिपट्टि गाँठो पलाएजस्तो लाग्‍नु

– भोक नलाग्‍नु र अचानक तौल घट्नु

– छाला र आँखामा पहेंलो देखिनु

– पिसाब गाढा पहेंलो देखिनु

– दिसामा कालो र असामान्य रंग देखिनु

– खाना नपच्‍नु र वान्ता भइरहनु

– हमेशा ज्वरो आइरहनु

यी मानिसलाई लिभर क्यान्सरको खतरा

– जसलाई लामो समयदेखि हेपाटाइटिस बी र सीको इन्फेक्सन देखिइरहेको छ

– जो लिभर सिरोसिस र फ्याटी लिभरको समस्यामा छन्

– जसको शरीरको तौल साह्रै बढी छ

– जो टाइप-२ डाइबिटिजका बिरामी छन्

– जो धुम्रपान र मध्यपान गर्छन्

– जो सुर्तिजन्य पदार्थको सेवन गर्छन्

लिभर क्यान्सरका कुन स्टेज खतरनाक ?

– पहिलो स्टेजमा कलेजोमा २ सेन्टिमिटरको सानो ट्युमर देखिन्छ। समयमा उपचार गर्दा यो निको हुन्छ।

– दोस्रो स्टेजमा ५ सेमीसम्मका २-३ वटा ट्युमर देखिन्छन्। यो चरणमा पनि समयमै उपचार भएमा निको हुन्छ।

– तेस्रो स्टेजमा ५ सेमीभन्दा ठूलो एक ट्युमर र अन्य स-साना ट्युमर देखिन्छन्। क्यान्सर आसपासका नसा र अंगहरूमा फैलिन्छ। उपचारबाट यसलाई नियन्त्रणसम्म गर्न सकिन्छ। तर, पूर्ण रूपमा निको हुँदैन।

– चौथो स्टेजमा क्यान्सर फोक्सो, हड्डी र अन्य अंगहरूमा फैलिइसकेको हुन्छ। र, यसको उपचार त्यति सहज छैन।

लिभर क्यान्सरबाट बच्‍ने उपाय

– हेपाटाइटिस-बीको खोप अवश्यक लगाऊँ

– त्यस क्रममा सुई र सिरिन्जप्रति सावधानी अपनाऊँ

– धुम्रपान र मध्यपान तत्काल छाडौं

– शरीरको तौल बढ्न नदिऊँ। बडी मास इन्डेक्स (बीएमआई) सन्तुलित राखौं।

– नियमित शारीरिक व्यायाम गरौं

– फास्ट फुड, जंक फुड र खराब खानपानबाट टाढा बसौं

– डाइटमा फलफूल, तरकारी सामेल गरौं

– यदि फ्याटी लिभर र लिभर सिरोसिस छ भने नियमित जाँच गराऊँ

– डाइबिटिज र मोटोपन छ भने नियमित स्क्रिनिङ गराऊँ

– कुनै पनि लक्षण देखिएमा तुरुन्त चिकित्सकको परामर्श लिऊँ

भास्कर डट कमबाट

बुधबार, जेठ २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार
मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
ट्रक दुर्घटनामा चालकको मृत्यु
सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व
राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

भर्खरै

  • १.
    जिप दुर्घटना अपडेटः मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

  • २.
    मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • ३.
    ट्रक दुर्घटनामा चालकको मृत्यु

  • ४.
    सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै

  • ५.
    मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

  • ६.
    राष्‍ट्र संघमा प्रधानमन्त्री : ‘साइड लाइन’ संवादको सम्भावना शून्य, नेपालले उठाउने छ ‘क्लाइमेट जस्टिस’को मुद्दा

  • ७.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • ८.
    विश्‍व घटना : लन्डनमा १ लाखको प्रदर्शन

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.