• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

देशाटन प्रबर्द्धनमा के गर्दैछ पर्यटन बोर्ड ?


    Avatar photo
मङ्गलबार, जेठ २१, २०८२ मा प्रकाशित

सगरमाथाको चुचुरोसँगै उठेको सपना थियो-‘पर्यटनलाई समृद्धिको आधार बनाउने।’ त्यही सपना साकार पार्न नेपाल पर्यटन बोर्ड ऐन, २०५३ कार्यान्वयनमा आएपछि ०५५ सालमा नेपाल पर्यटन बोर्डको स्थापना भयो।

Advertisement

सांस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालको छविलाई संसारभरका पर्यटकसम्म पुर्‍याउन स्थापनादेखि नै बोर्डले विभिन्‍न क्रियाकलाप गर्दै आएको छ। केवल गन्तव्यको प्रबर्द्धनमा मात्र सीमित नरही बोर्डले हिमालको शान्ति, जंगलको रहस्य र संस्कृतिको मिठासलगायत नेपाली सम्पदाका आत्मालाई विश्‍वसामु पस्किने गरी काम गरिरहेको छ।

कुनै समय ठमेलका गल्ली र पोखराको लेकसाइडमा मात्र झुम्मिने विदेशी पर्यटक यतिबेला नेपालका कुनाकुनासम्म पुग्‍ने थालेका छन्। पहिले तीर्थाटनमा मात्र घर बाहिर जाने गरेका नेपालीमा अहिले विभिन्‍न स्थानमा आन्तरिक पर्यटकको रूपमा घुमफिर गर्ने प्रचलन ह्वात्तै बढेर गएको छ।

बोर्डको प्रयासमा नयाँ गन्तव्य उजागर भइरहेका छन्, पुराना कथालाई नयाँ स्वादमा पस्कने क्रम जारी छ। बौद्ध तीर्थयात्रीको चित्तशान्तिको कामना होस् वा साहसिक हिमाली पदयात्रामा रमाउने युवा नै किन नहुन्, सबैका पाइला नेपाली भूमिको स्पर्श गर्न लालायित छन्।

जहाँ प्रत्येक पाइलाले एउटा कथा बोल्छ, प्रत्येक दृश्यको स्मरणले मात्र पनि मन प्रशन्‍न हुन्छ। यो केवल पर्यटनको यात्रा मात्र होइन, नेपाललाई फर्कीफर्की हेर्न चाहने मनको सम्मिलन पनि हो। पर्यटकमा त्यही मनोभाव बगाइरहने वातावरण सिर्जना गर्दै बोर्डले निरन्तर आफ्ना योजना बनाइरहेको छ, नीतिहरूमा सुधार गरिरहेको छ र समयानुकूल रणनीति र क्रियाकलाप परिवर्तन गरिरहेको छ।

बोर्डका लागि पर्यटन केवल ’गन्तव्यको व्यापार’ मात्र होइन, यो त विचार, संस्कृति र संवेदनाको अन्तर्राष्‍ट्रीय संवाद पनि हो। यही सन्देश लिएर बोर्ड ८-९ मार्च २०२५ मा अमेरिकाको डेनभर कोलोराडोमा सम्पन्‍न ‘ट्राभल एन्ड एड्भेन्चर सो’मा सहभागी भयो। दुई दिनसम्म चलेको यस भव्य मेलामा २५० भन्दा बढी अन्तर्राष्‍ट्रीय पर्यटन व्यवसायी सहभागी भए, जहाँ ११ हजारभन्दा बढी आगन्तुकले नेपालका गन्तव्यलाई आँखामा अँगाले।

अमेरिकामा मात्र होइन, आईटीबी बर्लिनमा सहभागी भएको नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलाई वर्षको उत्कृष्‍ट पर्यटनमन्त्रीको उपाधिबाट सम्मानित गरियो। मन्त्री पाण्डेको नेतृत्वमा फ्रान्स पुगेको नेपाल पर्यटन बोर्डको प्रतिनिधिमण्डलाई त्यहाँको सरकारले नेपाली पुरातात्विक सम्पदा फिर्ता गर्ने प्रतिबद्धतासमेत दियो।

विभिन्‍न कालखण्डमा चोरी-तस्करीबाट फ्रान्स पुर्‍याइएका नेपाली ऐतिहासिक सम्पदा फिर्ता हुने क्रम जारी छ। युरोपका विभिन्‍न मुलुक पुगेर नेपालका गन्तव्य, नेपाली कला-संस्कृति र खान्की तथा आतिथ्य प्रबर्द्धनमा लागिरहेको बोर्डले युद्ध लडिरहेको रुस पुगेर शान्तिको कामना गर्‍यो। रुसी नागरिकलाई युद्धबाट पर पुगेर बुद्धको जन्मस्थल, संसारको सबैभन्दा उँचो शिखर सगरमाथा हेर्न निमन्त्रणा दियो।

बोर्डले संसारका हरेक कुनामा पुगेर नेपालको आत्मा संसार सामु खोलेर देखाउने प्रयत्‍न जारी राखेको छ। जहाँ हिमालका कुरा मात्र हुँदैनन्, शान्तिका सन्देश पनि प्रसार भइरहेका हुन्छन्।

अमेरिका र युरोपका पर्यटकका लागि साहसिक हिमाली यात्राको आकर्षण बनाएको नेपाललाई बोर्डले म्यानमार, थाइल्यान्डजस्ता बौद्ध बहुल राष्‍ट्रका लागि ‘लुम्बिनीको शान्ति सन्देश’को केन्द्रमा रह्यो। छिमेकी भारत र चीनका लागि नेपालले धार्मिक सहिष्‍णुता र बहुसांस्कृतिक सौन्दर्यको उदाहरण त प्रस्तुत गरिरहेकै छ, संयुक्त अरब इमिरेट्सलगायत मुस्लिम मुलुकमा पनि नेपाली धार्मिक सहिष्‍णुता र संस्कृतिको प्रबर्द्धन गरिरहेको छ। नेपाली खानाको स्वाद चखाउने, नेपाली कलाको विविधता प्रस्तुत गर्ने जिम्मेवारी बोर्डले निरन्तर वहन गर्दै आएको छ।

अन्तर्राष्‍ट्रीय जगतमा नेपालको यो सहभागिता केवल ‘डेस्टिनेसन सोकेसिङ’मा सीमित रहेन, नेपालले पर्यटनमार्फत संवादको वातावरण पनि सिर्जना गर्‍यो। बोर्डले विश्‍वभरका आगन्तुकलाई नेपाल डाक्न बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट, हिमालयन ट्राभल मार्ट र सगरमाथा संवादजस्ता अन्तर्राष्‍ट्रीय कार्यक्रम आयोजना गर्दै आफ्नो ‘सफ्ट-पावर’मार्फत् देशको सामर्थ्यसमेत प्रस्तुत गरिरहेको छ।

बोर्डले विदेशमा गएर कार्यक्रम त गर्छ नै, विदेशीलाई नेपाल बोलाएर पनि समारोहहरू उतिकै आयोजना गरिरहेको छ। बोर्ड विदेशी पाहुनालाई स्थानीय गन्तव्यमा पुर्‍याउने काममा पनि निरन्तर लागिरहेको छ। साथै, ग्रामीण पर्यटन प्रबर्द्धनमा पनि विभिन्‍न प्रदेशमा ट्राभल मार्ट गर्नेदेखि गाउँ पर्यटन मार्टको समेत अवधारणामा यसका सम्भावना उजागर गर्ने र चुनौती चिर्ने विषयमा बहस गर्दै आएको छ।

पछिल्लो तीन महिनामा बोर्डले स्वदेश तथा विदेशमा ५ दर्जनभन्दा बढी पर्यटन प्रबर्द्धन कार्यक्रम गरिसकेको छ। नेपाल सरकारको पहलमा भएको सगरमाथा संवादको व्यवस्थापन गर्ने र पर्यटनमा जलवायु परिवर्तनले पारेको असरबारे बोर्डले छलफल गराएको छ। सगरमाथा संवाद केवल सम्मेलनमा मात्र सीमित बनेन, जलवायु न्याय, सामाजिक समावेशिता र पर्यटनबारे पुनःविचार गर्ने बहसको फोरम पनि बनेको छ।

जलवायु परिवर्तनले पर्यटकीय क्षेत्रमाथि पारेको प्रत्यक्ष असरबारे बहस भएको छ। वायु प्रदूषणले नेपालको छवि र हिमालको सौन्दर्य छोपिदिँदा पर्यटन उद्योगले भोग्‍नुपरेको पीडालाई र आगामी रणनीतिबारे पनि बोर्डले सरोकारवाला निकायसँग छलफल गराएको छ। बोर्डले नेपालको पर्यटन क्षेत्रमा महिलाको भूमिका र प्रविधिले सिर्जना गरेका समस्या र सहजताका विषयमा पनि बहस र छलफल गराएको छ।

यसले सरकारलाई दीर्घकालीन नीति र योजना बनाउन सुझाव दिने कामसमेत गरेको छ। सरकार र निजी क्षेत्रबीच सेतुको भूमिका वहन गर्दै आएको छ। बोर्डले कहिले सगरमाथाको आधार शिविरमा पुगेर आरोही, टुर गाइड, भरिया र आरोहणसँग सम्बन्धित व्यक्ति र निकायका समस्या सुन्छ भने कहिले सात समुद्रपारि पुगेर विदेशीलाई नेपाल घुम्‍न उत्प्रेरित गर्छ।

भुटानमा सम्पन्‍न ‘ग्रामीण पर्यटनमा दक्षिण एसियाली महिला सम्मेलन’मा सहभागी भएर बोर्डले नेपालको महिला-नेतृत्वमा आधारित होमस्टे प्रणाली, ग्रामीण महिलाको स्वरोजगार र स्थानीय उत्पादनलाई पर्यटनसँग जोड्ने मोडेल प्रस्तुत गर्‍यो। जसमा, नेपाल, भारत, भुटान, बंगलादेश, माल्दिभ्स, श्रीलंका र अफगानिस्तानका महिला नेतृ र विज्ञहरूबीच बहस भएको थियो।

शान्तिका दूत गौतमबुद्धको जन्मस्थान नेपाल भएकाले बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट (बीआईटीएम) गर्दै विश्‍व शान्तिको कामनासमेत बोर्डले गरिरहेको छ। २३-२५ मे २०२५ मा काठमाडौं र लुम्बिनीमा आयोजित बीआईटीएममार्फत् नेपालले नेपाललाई बौद्ध, अध्यात्म र शान्ति पर्यटनको विश्‍व केन्द्रको रूपमा स्थापित गरिने प्रतिबद्धता जनाएको छ। मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्रामा रहेकाले विश्‍व शान्तिको चाहना राख्‍नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरिएको छ।

यस्तै, जुन पहिलो साता हिमालय ट्राभल मार्ट गर्ने भएको छ। बीआईटीएम धर्म र शान्तिका लागि पर्यटन प्रबर्द्धन गर्ने माध्यम हो भने हिमालयन ट्राभल मार्ट (एचटीएम) साहस, सांस्कृतिक मिश्रण र हिमालप्रतिको आकर्षणको आह्वान हो। यसमा साहसिक पर्यटनका लागि नेपाललाई पूर्वाधार, सेवा र सुरक्षा दृष्‍टिले सक्षम गन्तव्यका रूपमा चिनाउने लक्ष्‍य छ।

बोर्डले डिजिटल रूपमा पर्यटन सेवा प्रदायक, अन्तर्राष्‍ट्रीय खरिदकर्ता र मिडियालाई जोड्ने सञ्‍चार प्लेटफर्म विकास गरेको छ। यहाँबाट बीटुबी सञ्‍जाल निर्माण, टुर प्याकेज प्रबर्द्धन, क्यालेन्डर कार्यक्रम र ट्रेड म्याटेरियल उपलब्ध गराउने गरेको छ। आजको नेपाल केवल सगरमाथा आरोहण, पदयात्रा वा साहसिक पर्यटनको गन्तव्यमा मात्र सीमित छैन। नेपाललाई संवेदनशील, जिम्मेवार र अनुभवमा आधारित पर्यटनको अन्तर्राष्‍ट्रीय नेतृत्व गर्न सक्षम बनाउने रणनीति अख्तियार गरिएको छ।

भूगोल, भेषभूषा, भोजन र भावना यी सबै नेपालका सम्पत्ति हुन्। संस्कृति र प्रकृतिको अनुपम केन्द्र नेपालका यिनै सम्पदालाई बोर्डले अन्तर्राष्‍ट्रीय जगतमा प्रस्तुत गर्दै पर्यटकीय राष्‍ट्रको छवि निर्माण गरिरहेको छ। हिजोको ‘पर्यटकीय गन्तव्य’ आजको ‘नीतिगत बहसको मञ्‍च’ बनिसकेको छ।

यसबीचमा सगरमाथा आरोहणको ७२औं वर्ष पूरा भएको अवसरमा आयोजित सगरमाथा दिवसमा नेपाल पर्यटन बोर्डले ‘वर्ल्ड समिटर्स समिट’ को आयोजना गरेको छ। यसमा सगरमाथा आरोहण गरेका र सगरमाथा क्षेत्रमा काम गरिरहेकालाई एउटै मञ्‍चमा ल्याएर हिमाल आरोहणका समस्या, चुनौती र समाधानका उपायबारे गम्भीर र जिम्मेवार बहस चलाएको छ।

नेपाल सरकारले मुलुकको पर्यटन नीति सुधारका लागि ‘राष्‍ट्रीय पर्यटन संवाद’ सञ्‍चालन गरेको छ। बोर्डको समन्वयमा गरिएको यस कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले नै नीति सुधारका लागि सरोकारवाला निकायको सुझाव महत्त्वपूर्ण भएको र सुझावअनुसार नीति बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बोर्ड अब एउटा संस्थामा सीमित रहेन, यो त नेपालका सपना, सम्भावना र संस्कृतिको संवाहक बनेको छ, जहाँ गन्तव्यहरू बोल्छन्, संस्कृति गुञ्‍जिन्छ अनि प्रत्येक आगन्तुकको हृदयमा सधैंका लागि नेपाल बस्‍न थाल्छ। आखिर, जुन देशका आकाशमा सगरमाथा मुस्कान बन्‍न उभिन्छ, त्यो देशको पर्यटन सपना मात्र होइन, विश्‍वलाई देखाउने सन्देश हुन्छ- शान्ति, संस्कृति र संवेदनाको सुन्दर संवाद।

(पत्रकार कार्की नेपाल पर्यटन बोर्डसँग आबद्ध छन्। र, यो आलेख राससमार्फत प्राप्त भएको हो।)

मङ्गलबार, जेठ २१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.