काठमाडौँ । रोल्पामा नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेद्वारमाथि नेकपा माओवादी केन्द्रको भातृ संगठन वाइसीएलका कार्यकर्ताले आक्रमण गरेका छन् ।
बुधबार राति माडीको तालाबाङमा गठबन्धनतर्फबाट वडाध्यक्षमा उम्मेद्वारी दिएका निमबहादुर डाँगीमागि आक्रमण भएको हो । नेकपा एकीकृत समाजवादीका जिल्ला स्तरीय नेताको योजनामा वाइसीएलले आक्रमण गरेको बताइएको छ ।
चुनावी प्रचार सम्पन्न गरेर फर्कंदै गर्दा माओवादी कार्यकर्ताले आफूमाथि आक्रमण गरेको वडाध्यक्षका डाँगीले बताए । वाइसीएल कार्यकर्ताले प्रहार गरेको ढुंगा र लाठीले उम्मेदवारको टाउकोमा गम्भीर चोट लागेको छ । घाइते वडाध्यक्षका उम्मेदवारलाई थप उपचारका लागि दाङ पठाइएको छ ।
वाइसीएलले घरछेउमा डाँगीमाथि आक्रमण गरेपछि स्थानीयले प्रतिकार गरेको बताइएको छ । उनीहरूले २०–२५ जनाको संख्यामा पुगेका वाइसीएल कार्यकर्ता त्यहाँबाट भगाएका छन् ।
कतिययलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटना स्थलमा राति नै प्रहरी पुगेर भीड नियन्त्रण गरेको छ । उम्मेदवारमाथि आक्रमण गर्ने वाइसीएल वडाभन्दा बाहिरबाट गएको गठबन्धनको आरोप छ ।