काठमाडौँ । सशस्त्र प्रहरी बलका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस भएका छन् ।
Advertisement
सशस्त्र प्रहरी बलको रिक्त रहेको दुई एआईजी पदमध्ये वरियतामा अगाडि रहेका पौडेललाई बढुवाका लागि सिफारिस गरिएको हो । सशस्त्र प्रहरी बलमा एआईजी राजु अर्याल महानिरीक्षक र अर्का एआईजी रामशरण पौडेलले अवकाश पाएपछि दुई पद रिक्त रहेको थियो ।
सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम बढुवा समितिको बुधबार बसेको बैठकले पौडेललाई बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब महानिरीक्षकले नियमावलीको ५५ मा व्यवस्था भएबमोजिम सात दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समितिसमक्ष उजुरी दिन सकिने छ ।