रातो मच्छिन्द्रनाथको रथयात्रा बुधबारदेखि शुरु भएको छ। ललितपुर पुल्चोकमा तयार भएको रथमा राखेर बुधबारदेखि रातो मच्छिन्द्रनाथ मूर्तिलाई नगर परिक्रमा गराउन थालिएको हो।
Advertisement
करिब एक हजार ६०० वर्षअघि रातो मच्छिन्द्रनाथको रथयात्राको परम्परा शुरु भएको विश्वास छ। यो वैशाख शुक्ल प्रतिपदादेखि शुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना मनाइन्छ। संस्कृतिविदका अनुसार पाटनको सबैभन्दा महत्त्वपूर्ण र उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा यसलाई मनाउने गरिन्छ।
हिन्दू धर्मावलम्बीहरूले मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणी’ (पञ्चबुद्ध मध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्छन्। रातो मच्छिन्द्रनाथको भोटो देखाएपछि रथयात्रा सम्पन्न हुन्छ।














