काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सोही अवधिमा एक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
Advertisement
मन्त्रालयका अनुसार आज कूल तीन हजार ८२१ जनाको परीक्षण गर्दा १९ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी आज १८ जना संक्रमण मुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर दुई सय १७ सक्रिय संक्रमित छन् ।