• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

चीनमा नेपाली प्राध्यापक झाले पाए अवार्ड


    Avatar photo
बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित

काठमाडौँ । चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा. राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ । चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित सो प्रान्तमा रहेका १० देशका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो ।

Advertisement

साङ्सी सरकारको सबैभन्दा ठूलो सो अवार्ड प्राप्त गर्नेमा नेपालका झासहित संयुक्त राज्य अमेरिका, बेलायत, क्यानाडा, रुस, जर्मनी, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स् र सर्वियाका व्यक्तित्व रहेका छन् । उक्त प्रान्तमा रहेर चीनको आर्थिक, सामाजिक, विज्ञान प्रविधि, स्वास्थ्य, संस्कृतिको विकासका साथै चीनसँग आआफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान पु¥याउने विज्ञहरुलाई सरकारले प्रतिस्पर्धाका आधारमा यो अवार्ड प्रदान गर्ने गर्दछ ।

साङ्सी प्रान्तमा रहेका विभिन्न देशका प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका व्यक्तित्वमध्येबाट सन् २०२२ का लागि १० जना छनोट गरिएको सियानस्थित सियान मेडिकल युनिभर्सिटीले जनाएको छ । प्राध्यापक झा सोही विश्वविद्यालयमा रहेर प्राध्यापन र अनुसन्धान गर्दै आएका छन् ।

यस अवार्डका लागि साङ्सी प्रान्तीय सरकारले सन् २०२१ को जुनमा वेभसाइटमार्फत आवेदन आह्वान गरेको थियो । आवेदनबाट ‘सर्ट लिस्ट’मा परेका विज्ञमध्येबाट नेपालका झा छानिएको विश्वविद्यालयले जनाएको छ ।

सन् १९९९ देखि हरेक दुई वर्षमा प्रदान गर्दै आएको यो अवार्ड प्राप्त गर्ने प्रा. डा. झा पहिलो नेपाली हुन् । यसअघि प्रा. डा. झालाई सन् २०१८ मा यहाँको सियान सरकारले सियान फ्रेण्डसिप अवार्ड प्रदान गरेको थियो । प्रा. डा. झा दुई दशकभन्दा लामो समयदेखि चीनको सियानमा प्राध्यापन र अनुसन्धान गर्दै आएका छन् ।

पित्तथैलीको क्यान्सरको प्रकोप कम गर्ने विषयमा चिनियाँ विश्वविद्यालयबाट विद्यावारिधि र त्यसपछि विद्या वाचस्पति (पोस्ट डक) पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा. डा. झाको नाममा सियान प्रान्तीय सरकारले ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ । सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदानप्रदान पनि हुने गरेको छ ।

प्रा. डा. झा चीनका विभिन्न विश्वविद्यालयमा अतिथि प्राध्यापक (भिजिटिङ प्रोफेसर) हुन् । प्राध्यापक झालाई चीन नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै चीनको साङ्सी प्रान्तीय सरकारले नागरिक दूत एवं चिनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा पनि नियुक्त गरेको थियो ।

उक्त अवार्ड केही महिनापछि विशेष समारोहको आयोजना गरेर हस्तान्तरण गरिने कार्यक्रम रहेको जानकारी साङ्सी प्रान्तीय सरकारका प्रवक्ताले आफूलाई जानकारी गराएको प्रा. डा. झाले बताए ।

  • अनुसन्धान
  • कार्यक्रम
बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

भर्खरै

  • १.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • २.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ३.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ४.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ५.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ६.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ७.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ८.
    तरकारीको विषादी परीक्षण बढाइँदै

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.