• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

हतुवागढी खैराङमा अदुवा खेती विस्तार

५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

घोषणा पत्र आयो, गरिबका कुरा आएनन्


    Avatar photo
बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित

काठमाडौँ । मंगलबार पाँच दलीय गठबन्धनका तर्फबाट बागलुङ नगरपालिको घोषण पत्र सार्वजनिक भयो । नगरपालिकाको विकास र समृद्धिका लागि सात अठोटसहितको घोषणा पत्र सार्वजनिक गरियो ।

Advertisement

नेपाली कांग्रेसबाट बागलुङ नगरपालिकाको नगरप्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठ र नेकपा माओवादी केन्द्रबाट उपप्रमुखका उम्मेदवार राजु खड्काले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरे ।

आइतबार नेकपा एमाले र राष्ट्रिय प्रनातन्त्र पार्टीले संयुक्त घोषण पत्र सार्वजनिक गर्‍यो । एमालेबाट नगरप्रमुखका उम्मेदवार जनकराज पौडेल र राप्रपाबाट नगरउपप्रमखका उम्मेदवार सञ्जय खड्काले संयुक्त रुपमा प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए ।

दुवैको घोषणा पत्रमा जनताको आधारभूत आवश्यकतासँगै महत्वकांक्षी योजना बढी छन् । मजदुर, दलित, अपांगता, ज्येष्ठ नागरिक, खाने पानी, बजार क्षेत्रमा सार्वजनिक शौचालय र सार्वजनिक खाने पानीको धारो बनाउने कुरा दुवैको घोषणा पत्रमा कम प्राथमिकता दिएको पाइन्छ ।

जनताले शिक्षा, स्वास्थ्य, खानेपानी तथा नगरपालिकाको सेवा सहजरुपमा नपाएको अझै गुनासो गरिरहेकै छन् । नगरपालिकाले आगामी पाँच वर्षमा पूरा गर्न र लागतको हिसाबले धेरै खर्चिला योजनासमेत घोषणा पत्रमा उल्लेख गरेका छन् ।

नगरपालिकाको आफ्नै भवन छैन, जग्गा व्यवस्थापनको कुरा समेटिएको पाइँदैन । अहिले कृषि कार्यालयबाट सञ्चालित नगरपालिकाले आफ्नो भवन कहिले पाउने घोषणा पत्रमा उल्लेख छैन ।

केवल ढलको पानी प्रशोधन गरी वाटरपार्क, काठेखोला थुनेर ताल बनाउने, भीरमा फूल रोप्ने योजना घोषणापत्रमा समेटिएका छन् । एमाले–राप्रपाको घोषणापत्रमा काठेखोला थुनेर बहुउदेश्यीय जलविहार परियोजना, प्रत्येक वडामा तीन–तीन खेलमैदान, म्याग्दी, पर्वत र बागलुङको संगमस्थलमा मितेरी पुल, शहरी विकासको योजना, विद्युतीय र टेलिफोनका तारलाई भूमिगत गर्ने, औद्योगिक ग्राम सञ्चालन गर्ने, घर दैलोमै स्वास्थ्य सेवा दिनेजस्ता महत्वकांक्षी योजना सार्वजनिक गरेको छ ।

वार्षिक एक अर्ब बजेट सार्वजनिक गर्ने नगरपालिकाले करोडौँका योजना सम्पन्न गर्ने, जग्गा अभावमा थलिएको औद्योगिक ग्राम बनाउछु भन्ने योजना महत्वकांक्षी योजना हुन् ।

संयुक्त पाँच दलीग गठबन्धले सार्वजनिक गरेको बागलुङ नगरपालिकाको घोषणापत्रमा उस्तै महत्वकांक्षी योजना छन् । आयातमा धानिएको बागलुङ नगरपालिकामा कृषिमा आत्मनिर्भर गराउने भन्ने गठबन्धनको घोषणा पत्र झनै महत्वकांक्षी पाइन्छ ।

कालिका मन्दिरको भीरमा फूलले सजाउने, श्रम बैंक स्थापना गरी बेरोजगार युवालाई रोजगार दिइने, धौलागिरि अस्पताललाई शिक्षण अस्पताल बनाइने, अधुरो रहेको हरी खड्का ट्रमा सेन्टर सञ्चालन गर्ने, नेपालभित्र तीर्थयात्रा गर्न विशेष सहयोग उपलब्ध गराइने, वैतनिक स्वयंसेवकमा आबद्ध गराइने, विद्युतीय तारलाई भूमिगत गर्ने, कुकुरगाडे कुस्मा लामो झोलुङ्गे पुल निर्माण गर्ने, बलेवा विमानस्थल सञ्चालन गर्ने, पुरानो बजारलाई संरक्षण गर्ने, नदी किनारमा वाटरपार्क, कालिगण्डकी नदी दोहन रोक्नेलगायत योजना छन् ।

विद्यालयमा पढ्दै कमाउँदै, भविष्यका लागि शुक्रबार र व्यवस्थित ढल निर्माण गर्नेलगायत कुरा प्रतिबद्धता पत्रमा उल्लेख छ । नगरपालिकाले आगामी पाँच वर्षमा पुरानो बजारलाई संरक्षण, नयाँ बजारलाई हरियाली, रिङरोड कालोपत्रे गर्ने र धौलागिरि अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने जस्ता एजेण्डा समावेश गरिएको नगरप्रमुखका उम्मेदवार वसन्तकुमार श्रेष्ठ बताउँछन् ।

नेकपा माओवादी केन्द्रका पुराना नेता बाबुलाल शाक्यले बागलुङ नगरपालिका ३ मा वडाध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी दिए । उनले ढल निकाश गर्ने प्रतिबद्धता जनाए ।

  • अस्पताल
  • औद्योगिक
बुधबार, बैशाख २१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य
तरकारीको विषादी परीक्षण बढाइँदै
तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव
चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

भर्खरै

  • १.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • २.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ३.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ४.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ५.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

  • ६.
    चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

  • ७.
    हतुवागढी खैराङमा अदुवा खेती विस्तार

  • ८.
    ५ जिल्लामा ५३ हजार सिलिन्डर भरेर काठमाडौं पठाइयो खाना पकाउने ग्यास

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.