• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

एक सय सात पिन्ट रगत सङ्कलन

नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

लुम्बिनी प्रवेशद्वार मर्मत अलपत्र, नगरको छवि झनै बिग्रँदै


    Avatar photo
बुधबार, जेठ ०८, २०८२ मा प्रकाशित

भैरहवा- सांस्कृतिक, धार्मिक र पर्यटकीय दृष्‍टिकोणले विशेष महत्त्व राख्‍ने लुम्बिनी क्षेत्रको प्रवेशद्वारको मर्मत थालिएको लामो समय बितिसक्दा पनि अहिलेसम्म सम्पन्‍न हुन सकेको छैन। त्यसबाट नगरवासी मात्र नभई सम्पूर्ण प्रदेशवासीलाई निराश तुल्याएको छ।

Advertisement

भैरहवा शहरको पहिचान झल्काउने लुम्बिनी प्रवेशद्वार लामो समयदेखि अधुरो अवस्थामा रहनु नगरपालिकाको असक्षमता र लापरवाहीको स्पष्‍ट प्रमाण भएको नाटा लुम्बिनी प्रदेशका अध्यक्ष चन्द्रबहादुर थापा बताउँछन्। भन्छन्, ‘नगरका जनप्रतिनिधिले पूर्वाधारको संरक्षणभन्दा पनि व्यक्तिगत शोख र भ्रमणलाई प्राथमिकता दिन थालेका छन्। यसले नगरको गरिमा मात्र होइन, लुम्बिनी जाने पर्यटकहरूको पहिलो प्रभावमै नकारात्मक असर पारिरहेको छ।’

सडक भत्कनुमा ओभरलोड गाडीहरू प्रमुख कारक रहेको लुम्बिनी ट्रक यातायात व्यवसायी संघ, रुपन्देहीका पूर्व अध्यक्ष विष्‍णुप्रसाद खरेल बताउँछन्। उनका अनुसार अत्यधिक भार बोकेका मालवाहक गाडीहरूले सडक र पुलहरूलाई ठूलो क्षति पुर्‍याइरहेका छन्। ‘यदि सम्बन्धित निकाय गम्भीर भएर नियमन गर्छन् भने ओभरलोड नियन्त्रण गर्न सकिन्छ। तर, वर्तमानमा कुनै पनि प्रभावकारी कार्यान्वयन नभएकाले अवस्था झन् विकराल बन्दै गएको छ,’ उनी भन्छन्। उनका अनुसार पुल भाँचिने, सडक चिरा पर्ने र लगातार हुने दुर्घटनाले नगरलाई जोखिममा पारेको छ।

खरेलले लुम्बिनीको सन्दर्भमा थपे। र, भने, ‘बुद्ध जयन्तीजस्ता अवसरमा देश-विदेशका हजारौं पर्यटक लुम्बिनी आउँछन्। तर, यिनै पर्यटकलाई स्वागत गर्ने सडक भत्किएको, हिलो तथा धुलोले भरिएको देख्दा देशको पर्यटन छवि कति कमजोर बन्‍न सक्छ भन्‍ने हामीले सोच्‍न जरुरी छ।’

उनका अनुसार दुई वर्षअघि मात्रै निर्माण सम्पन्‍न भएको मुख्य सडक अहिले नै जीर्ण भइसकेको छ भने एक दशक नाघ्दासमेत त्यस मार्गमा पर्ने केही नदीमाथिका पुलहरू अझै बन्‍न सकेका छैनन्, जुन राज्यको गम्भीर लापरवाही हो।

सिद्धार्थनगर नगरपालिकाभित्रका यी समस्याहरूमा नगर सरकारको ध्यान जान नसकेको भन्दै एमाले सिद्धार्थनगर नगर कमिटीका अध्यक्ष चक्रबहादुर थापाले नगर प्रमुख र उपप्रमुखमाथि सीधै प्रश्‍न उठाए। विकास निर्माणमा भन्दा पनि नगरका जनप्रतिनिधिहरू वैदेशिक भ्रमणमा रमाइरहेको आरोप उनको छ।

भन्छन्, ‘बुद्ध जयन्तीजस्तो महत्त्वपूर्ण कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरू अनुपस्थित भएर थाइल्यान्डको कार्यक्रममा सहभागिता जनाउनु अत्यन्तै निन्दनीय कुरा हो। यसले देखाउँछ, उनीहरूलाई जनताको भावनासँगभन्दा पनि व्यक्तिगत भ्रमण र विदेश मोहसँग बढी सरोकार छ।’

वर्तमान अवस्थामा लुम्बिनी जाने सडकको दुर्दशा झनै गम्भीर बन्दै गएको छ। सडकका छेउछाउमा रहेका ग्यारेज र अनधिकृत संरचनाले शहरलाई कुरूप बनाएका छन्। हरियाली, शान्त र सौन्दर्यको कल्पनासहित लुम्बिनी आउने पर्यटकहरूलाई यी दृश्यहरूले निराश तुल्याइरहेका छन्। लुम्बिनीजस्तो विश्‍व सम्पदास्थलतर्फ जान सकिने बाटोमै यस्तो बेहाल अवस्था हुँदा के सन्देश जान्छ ? प्रश्‍न अनुत्तरित छ।

सडक र पूर्वाधारको अवस्था, ओभरलोड समस्याको समाधान, नगरप्रमुखहरूको प्राथमिकता परिवर्तन, पर्यटनमैत्री वातावरणको सिर्जना यी सबै सवालहरूलाई बेवास्ता गर्दा लुम्बिनीको अन्तर्राष्‍ट्रीय छवि मात्र होइन, स्थानीय अर्थतन्त्र, रोजगारी र सांस्कृतिक गरिमामै पनि आघात पुग्‍ने खतरा बढ्दो छ। त्यसैले अब पनि सम्बन्धित सबै निकाय गम्भीर भएर अघि नबढे लुम्बिनीको भविष्‍य उज्यालो हुने अपेक्षा सधैं अधुरै रहन सक्नेछ।

बुधबार, जेठ ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति
बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक
फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता
एक सय सात पिन्ट रगत सङ्कलन
नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा
चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

भर्खरै

  • १.
    भोटेकोशी बाढीका कारण पूर्वाधार क्षेत्रमा ९० अर्बको क्षति

  • २.
    बाढीले प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सात खर्ब २३ अर्ब आवश्यक

  • ३.
    फिलिपिन्समा पानी जहाजमा आगलागी, पाँच जनाको मृत्यु, दर्जनौँ बेपत्ता

  • ४.
    एक सय सात पिन्ट रगत सङ्कलन

  • ५.
    नेपाल एसीसी प्रिमियर कप क्रिकट प्रतियोगिताको फाइनलमा

  • ६.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • ७.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ८.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.