• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

ह्यारेसमेन्ट पर्यटन : नाम प्रबर्द्धनको, पर्यटकलाई सुविधा सास्ती र हैरानी !


    Avatar photo
शुक्रबार, जेठ ०३, २०८२ मा प्रकाशित

कोशी प्रदेश सरकारले भारतबाट आउने पर्यटकलाई असजिलो हुन नदिन नाकाहरूमा आन्तरिक मामिला तथा कानून मन्त्रालयको तयारीमा पर्यटकीय बस र सवारी साधनलाई स्टिकर लगाइदिने तयारी गरेको छ। यस्तो स्टिकर लगाएको सवारी साधनमा आउने र जाने मिति तोकेपछि बीच बाटोमा अनावश्यक रूपमा झण्झट नदिने र जाँच नगर्ने कोशी प्रदेश सरकारको योजना प्रशंसनीय नै छ। भारतीय पर्यटकहरू स्थल मार्ग हुँदै नेपालको भ्रमण गर्दा नेपाली पक्षबाट सवारी जाँचका नाममा अनेकन झण्झट बेहोर्नुपर्ने पीडालाई कम गर्न यस कदमले केही मात्रामा सहयोग पुग्‍ने आशा गर्न सकिन्छ।

Advertisement

अग्ला हिमाल, नागबेली आकारका नदी, सुन्दर प्राकृतिक दृश्य, मनोरम ताल तलैया, विभिन्‍न धर्म सम्प्रदायका मठ मन्दिर, गुम्बा, चैत्य, मस्जिद, राष्‍ट्रिय निकुञ्‍ज र आरक्षहरू अनि तीभित्र रहेका जनावरहरू पर्यटकलाई आनन्द प्रदान गर्ने वस्तुहरू हुन्। फुर्सदका समयमा नेपाल भ्रमणमा आउने पर्यटहरू स्वदेश फर्केपछि यहाँको सौन्दर्य र पर्यटक मैत्री वातावरण, होटल, होमस्टे र पथप्रदर्शकहरूको आत्मीय व्यवहारका बारेमा आफ्ना मित्रहरूलाई प्रचार प्रसार गर्दा नै हो, पर्यटहरूको संख्या बढ्ने पनि। प्रचार प्रसारका अनेकन विधिहरू मध्ये पर्यटकदेखि पर्यटकसम्म स्वचालित रूपमा हुने प्रचार अझ बढी प्रभावकारी हुनेमा शंका रहेन। तर, त्यसका लागि पर्यटकले नेपालमा रहँदा प्राप्त गरेका वातावरण महत्त्वपूर्ण हुनुपर्छ। पर्यटकले राम्रो या नराम्रो जस्तो वातावरण प्राप्त गर्छन्, सोहीअनुसारको प्रचार हुने स्पष्‍ट छ।

तथापि, पर्यटन प्रबर्द्धनका लागि बारम्बार नेपाल भ्रमण वर्ष उद्‍घोष गर्ने गरे पनि हालै भारत मध्य प्रदेशबाट तीर्थ यात्रीका रूपमा नेपाल आएका १ पर्यटकले नेपालमा प्रहरी प्रशासनले अनेकन बहानामा कष्‍ट दिएको र यस्तै अवस्था रहे भारतीय पर्यटकहरू नेपाल नआउने उनको भनाइ मननयोग्य छ। नेपालको मौसम, यहाँका प्राकृतिक दृश्य, धार्मिक स्थलहरू पर्यटकहरूका आकर्षण भएको तर कागज पत्रलगायत विषयलाई लिएर ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको उनको गुनासो सुनिनुले पर्यटन प्रबर्द्धनमा ठूलो धक्का लाग्‍ने देखिन्छ।

यो गुनासो पर्यटन व्यवसायमा लागेका र पर्यटनसम्बद्ध सरोकारवालाहरूका लागि एक सुध्रन सक्ने प्रस्थान विन्दु हुन सक्छ, यदि यस्ता गुनासालाई सकारात्मक रूपमा लिने हो भने। धार्मिक आस्थाका कारण आउने पर्यटकहरूमा ठूलो संख्या भारतीय नागरिकको हुन्छ। र, उनीहरू मध्ये अधिकांशले प्रयोग गर्ने स्थल मार्ग नै हो। स्थल मार्गबाट आफ्नै निजी सवारी साधन लिएर आउनेमध्येका एक पर्यटकको गुनासो  माथि उल्लेख गरिएको हो। यस्ता पर्यटकहरू जो आनन्दका लागि नेपाल भ्रमणमा आउने गर्छन्, उनीहरू माथि यस्ता झण्झट थोपर्दै जाने र बाहिरी रूपमा पर्यटन भन्‍ने रटान लगाउने कार्य लज्जाजनक मात्र होइन, अन्तर्राष्‍ट्रीय रूपमा राज्यको साख अझ कमजोर गराउनु हो भन्‍ने बुझ्न ढिला भइसकेको छ।

भारतीयहरू नेपाल प्रवेश गर्दा आफ्नो साथमा रहेको भारतीय मुद्रा सटही गर्ने बैक तथा वित्तीय संस्थाहरूको कमी छ। नेपाल राष्‍ट्र बैंकले तोकेको खरिद र बिक्री दरमा पर्यटकहरूलाई सटही सेवा दिने खालका वित्तीय संस्थाहरूको अभावमा पर्यटकहरू मारमा पर्ने गरेका कैयौं घटना सीमामा देख्‍न सकिन्छ। नेपाली सीमा बजारमा भारतीय नोटहरूको पर्याप्तता भएको अवस्थामा भारतीय रुपैयाँ विशेष गरी १०० भन्दा माथिका नोटमा मनलाग्दी सटही दर तोक्ने पाइए पनि नियमनकारी निकाय मौन देखिन्छ। सीमा क्षेत्रमा विशेषगरी पर्यटकीय नाकामा अवस्थित पर्यटन कार्यालयहरूले नै यस्तो सटही सेवा दिने काउन्टरको व्यवस्था गर्ने हो भने पर्यटकहरूका लागि सहज हुने भए पनि त्यतातिर कसैको ध्यान जाँदैन। अझ पर्यटन प्रबर्द्धनका लागि भए पनि हाल १०० भन्दा माथिका ठूला नोटको कारोबारमा लगाइएको प्रतिवन्ध भारतीय पर्यटकहरूका लागि भने खुला हुन आवश्यक छ। आखिर अवैधानिक तवरबाट भए पनि ठूला भारतीय नोटहरूको प्रयोग सीमा बजारमा हुने नै गरेको ओपन सेक्रेटजतिकै छ।

यस्तै, सवारी साधनको हकमा भारतीय सवारी साधनहरू नेपाली क्षेत्रमा निर्वाध आवतजावत गरेका भए पनि त्यसभित्रको अन्तर्कथा भने केही फरक देखिन्छ। भारतीय सवारी साधनहरू नजिकको बजार या अस्पतालसम्म जाँदा कुनै पनि शुल्क तिर्नुपर्ने व्यवस्था छेन। तर, एक सवारी साधनको सुविधाका नाममा दैनिक ५० रुपैयाँ लिने गरेको विभिन्‍न सञ्‍चार माध्यमहरूमा खबर बन्‍ने गरेका भए पनि लिनुपर्ने या नपर्ने हो भन्‍ने यकिन गर्ने र सोहीअनुरूप नियमन हुन सकेको देखिँदैन।

नेपाल-भारत शान्ति तथा मैत्री सन्धि १९५० को धारा ७ मा ‘दुवै देशका सरकारहरू समान आधारमा एकअर्को देशका नागरिकहरूलाई आ-आफ्नो भूभागमा बसोबास तथा सम्पत्तिको भोगचलन गर्ने, उद्योग र व्यापारिक कारोबारमा भाग लिने, डुलफिर गर्ने र यस्तै प्रकारका अन्य विशेषाधिकारहरू प्रदान गर्न स्वीकृत प्रदान गर्दछन्’ भन्‍ने उल्लेख छ। तथापि, जसरी भारतीय सवारी साधनहरू नेपालमा दैनिक निश्‍चित रकम तिरेर नेपालका भूभागहरूमा यात्रा गर्छन्, त्यसरी नै नेपाली सवारी साधनहरू भारतमा यात्रा गर्ने सुविधा भने देखिँदैन। तर, नेपाली सवारी साधनहरू भारतको नजिकको रेल्वे स्टेसनसम्म निर्वाध रूपमा जाने गरेको पाउन सकिन्छ।

हामी पर्यटन प्रबर्द्धन गर्ने नाममा बजेटको व्यवस्थासहित विभिन्‍न कार्यक्रमहरू गर्न अगाडि नै छौं। त्यसका लागि आवश्यक पूर्वाधार, सुविधा र आधारशिलाहरू तयारीमा ध्यान दिँदैनौं। नेपालका दुर्गम तथा हिमाली क्षेत्रहरूमा विमानस्थल निर्माण गरिएको भए पनि जहाजहरूको सेवा  अभाव छ। नेपाल वायु सेवा निगम यति कमजोर भएको छ कि आन्तरिक सेवा दिनका लागि ऊसँग एउटा मात्र जहाज बाँकी छ। निजी विमान सेवाहरू नाफामा बढी ध्यान दिने भएका कारण दुर्गममा सेवा दिनुभन्दा सुगम क्षेत्रमै उडान भर्न रुचाउँछन्।

निजी क्षेत्रकै हवाई सेवासमेत विश्‍वासिलो हुन नसक्दा पर्यटकहरूको आकर्षण कम हुनु स्वाभाविक हुन्छ। अगाडिको एक पांग्रा अभावमै जहाज जनकपुरबाट काठमाडौं पुगेका खबर पर्यटकहरूमा पुग्यो नै होला। हामी नेपालीलाई त त्यसले असर नगर्ला, तर सुरक्षामा ध्यान दिने राष्‍ट्र र नागरिकमा त पक्कै असर परेको हुनुपर्छ।

संसारभरका बौद्ध धर्मावलम्बीहरूको आस्थाको केन्द्र लुम्बिनीलाई लक्षित गरी निर्माण गरिएको भैरहवा अन्तर्राष्‍ट्रीय विमानस्थल आन्तरिकमै सीमित र बाह्य उडान शून्यमा रहँदा अर्बौंको लगानी खेर गएको छ। यस विमानस्थलमार्फत उत्तरी छिमेकी चीनबाठट सानो संख्या मात्रै पर्यटकलाई लुम्बिनी ल्याउन सक्ने हो भने देशको अर्थतन्त्र चलायमान हुन सक्छ। यस्तै, दक्षिण भारतको ठूलो संख्या हिन्दू धर्मावलम्बी भएकाले नेपालका हिन्दूपिठहरूको भ्रमण उनीहरूका लागि पावन कार्य हुन्छ नै।

सम्भावन प्रशस्तै भएर पनि हामी आफ्नै अव्यवस्थाका कारण पर्यटन प्रबर्द्धन गर्न नसकेको पहिला स्वीकार गर्न आवश्यक छ। आज हामी जुन अवस्थामा छौं, त्यही अवस्थामा चित्त बुझाएर बस्‍ने र बर्सेनि आँकडा मात्रैमा भरपर्ने कार्य गर्ने हो भने पर्यटन पनि यथास्थितिमै रहने निश्‍चित छ।

पर्यटकको आकर्षण भएका स्थानहरूमा पहुँच बढाउने कार्य गर्नुपर्नेमा अब त तराईमा कृत्रिम झरना बनाउने, पर्यटन प्रबर्द्धनको नाममा सामुदायिक वनहरूमा कंक्रिटका पोखरी निमाण गरी तालको आकार दिनेलगायत क्रियाकलापले क्षणिक लाभ त देला, तर दीर्घकालमा यसको महत्त्व सकिने छ। समग्रमा पर्यटक मैत्री वातावरण कसरी निर्माण गर्न सकिन्छ भन्‍ने बारेमा पर्यटक बाहिरिने स्थानमै के के सुधार हुन आवश्यक छ भन्‍ने राय, सुझाव पर्यटकबाटै लिन थाल्ने हो भने हाम्रो ज्ञानको ढोका खुल्ने थियो कि।

 

शुक्रबार, जेठ ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
लागुऔषधसहित दुई जना पक्राउ
सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

भर्खरै

  • १.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • २.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ३.
    लागुऔषधसहित दुई जना पक्राउ

  • ४.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • ५.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ६.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ७.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ८.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.