काठमाडौँ । निर्वाचन आयोगले नेकपा एमालेबाट काठमाडौँ महानगरको मेयरका लागि उम्मेदवारी दिएका केशव स्थापितविरुद्ध जारी गरेको वक्तव्य हटाउन निर्देशन दिएको छ।
Advertisement
आयोगले २४ घण्टाभित्र स्थापितविरुद्ध जारी गरेको वक्तव्य हटाउन निर्देशन दिँदै तीन दिनभित्र लिखित स्पष्टीकरण पेस गर्न गैरसरकारी संस्था ओरेकलाई निर्देशन दिएको हो।
आयोगले स्थापितको उम्मेदवारी खारेज गर्न माग गर्दै उम्मेदवारमाथि आँच आउने गरी वक्तव्य आचार संहिताविपरीत रहेको जनाएको छ।
महिला पुनः स्थापना केन्द्र (ओरेक) र त्यसमा आबद्ध ४० वटा परियोजनाबाट स्थापितविरुद्ध वक्तव्य जारी गरिएको थियो।
यस्तै, आयोगले एमालेका मेयर उम्मेदवार स्थापितले एक कार्यक्रममा प्रश्नकर्तालाई ‘तपाईं नाइस लेडी हो तर थुतुनोको शैली भएन’ भनेर जवाफ दिएकोप्रति आपत्ति जनाएको छ।