• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

कृषि : सिर्जना र सम्भावना !


    Avatar photo
सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित

केही दिनअघि लेखक  उज्ज्वल  प्रसाईंको कान्तिपुरमा प्रकाशित ‘इलाम र झापाको सिमानामा बौद्धिक विमर्श गर्ने स्थान बनाउन पाए हुने’ भन्‍नेखालको सुन्दर परिकल्पनासहितको लेखले उक्त स्थानको प्राकृतिक महत्त्वको उजागर गरेको छ। शहरको कोलाहल र मानिसका आवश्यकताभन्दा पनि धेरै संख्यामा भएका नानाथरिका यातायात साधनका कर्कश लाग्‍ने ध्वनिहरू निश्‍चय नै  सिर्जनाका लागि बाधक त हुन्छन् नै। यसको तुलनमा  केही भए पनि ग्रामीण परिवेशको झल्को दिने शान्त र सौम्य स्थानको जोहो मिलाउन सक्ने हो भने फुर्सद निकालेर एकछिन टहलिँदा चराको आवाज र कलकल बग्‍ने प्राकृतिक नदीनालाहरूले पक्कै पनि सिर्जनाको स्रोत दिँदा हुन्।

Advertisement

हुन त, आजभोलि ग्रामीण परिवेशसमेत सोचेजस्तो शान्त त कहाँ छ र ! नदीजन्य पदार्थको ढुवानीका लागि बिहानीपखदेखि नै चल्ने ट्रिपर, ट्र्याक्टर र क्रसरहरूको आवाजले अवरोध सिर्जना त गरेकै छ। टोलैपिच्छेका मन्दिरमा बिहानै चर्को ध्वनिमा बज्‍ने भजनहरू, स्वस्थानी पूजामा घन्काइने डीजे, ज्ञान प्राप्तिका नाममा लगाइने पुराण अनि चर्को ध्वनिमा सुनाइने कथाहरूका कारण बिहानै उठेर अध्ययन, चिन्तन गर्न रुचाउनेहरूलाई बाधा त पुग्छ नै। अबेर रातिसम्म अध्ययन गर्ने आजकालका बालबालिकाले बिहान अबेरसम्म सुत्‍नसमेत कठिन हुने दुःखेसो सुनाउने गरेका छन्। धार्मिक आवरणमा हुने यस्ता खालका ध्वनि प्रदूषणका कारण सिर्जित ब्यथा सुनिदिने र बुझिदिने कोही नभएजस्तो छ।

यस्तै, साविक जिर्मले र बाहुण्डाँगीको सिमानामा पर्ने निन्दा सिरान र मदन भण्डारी राजमार्ग आसपासका क्षेत्रहरू कृषिको उन्‍नत थलो बन्‍न थालेको छ आजभोलि। सलकपुरको फेदीबाट बग्‍ने निन्दा नदीका आसपासको उर्बर भूमिमा यसबेला गोलभेडाको खेती अति नै आकर्षक छ। भलै थोक मूल्य प्रतिकिलो २० रुपैयाँ मात्रै भए पनि यहाँका कर्मशील कृषकहरू थाकेका देखिँदैनन्। उनीहरूको जोश र जाँगरको सदुपयोग हुने र उनीहरूका उत्पादनहरूले उचित मूल्य पाउने हो भने व्यक्तिको मात्रै होइन, राज्यकै आर्थिक प्रगति पक्कै हुँदो हो।

आफ्नो नित्य कर्मजस्तै सधैं खेतबारीमा बालीको स्याहारसुसार गर्दै गरेका भेटिने यी कृषकहरूको हिसाब अति नै सरल छ। गोलभेडा उत्पादन हुने समयसम्म एक बोटको लागत ३५ रुपैयाँ लाग्‍ने तर एक बोटबाट ५ किलो मात्रै उत्पादन भए पनि हालको वजार भाउअनुसार १०० हुने र करिब ५० रुपैयाँ त नाफा नै हुन्छ भन्‍ने आत्मविश्‍वासले उनीहरूलाई माटोमा खेल्न उत्साह थपेको छ। रोग किराका कारण हुने क्षति, बेलाबखत असिनाका कारण हुने नोक्सानी र जंगली जनावर विशेषगरी हात्तीका कारण हुने ठूलो क्षतिको त उनीहरूले हिसाब नै राख्दैनन्।

अर्कोतिर यति सस्तो भए पनि शहर-बजारमा विचौलियामार्फत पुगेको तरकारीको मूल्यले आकाश छोएको गुनासो शहरिया उपभोक्ताको छ। शहर बजारमा बस्‍नेहरूसँग प्रायः आफ्नै यातायातको साधन हुने भएकाले बरु केही समय निकालेर भए पनि कृषकको खेतबारीमा आउने र प्रत्यक्ष खरिद गर्ने हो भने कति रमाउँथे होला कृषकहरू। अनि, शहरको धुवाँ, धुलो र कोलाहलबाट केही समय भए पनि मुक्त हुने वातावरण कति आनन्ददायी हुने थियो होला !

अझ, कृषकको हौसला वृद्धि गरी उत्पादन बढाउन मूल्य कम भए राज्यले न्यूनतम समर्थन मूल्यमा खरिद गरिदिने कुनै व्यवस्था हुँदो हो त हाम्रा कृषियोग्य भूमिहरू हराभरा हुने थिए। भारतबाट आउने जंगली हात्तीले बेलाबेलामा तरकारी बालीमा गर्ने नोक्सानीको समेत राहतको व्यवस्था छैन भन्‍ने गुनासो गर्ने कृषकहरूका लागि बीमाको व्यवस्था गर्न सके कति राम्रो हुँदो होला !

अधिक उत्पादन हुने समयमा टोमेटो सस बनाएर राख्‍न सक्ने हो भने बजारीकरणमा सहज हुँदो हो। तर, प्रधानमन्त्री आधुनिक कृषि परियोजनाअन्तर्गत केही सहयोग पाएका यी कृषकहरूलाई उत्पादन गर्न लगाउने तर बजारको सुरक्षा नहुने अवस्था छ। राज्य चाहिने नै यसैबेला भए पनि राज्य यस्ता विषयमा ध्यान दिन फुर्सदिलो छैन। सँगैमा स्थानीय सरकारहरूले समेत बजारीकरणमा ध्यान दिने अर्थात् प्रशोधन गरी मूल्य शृंखलामा ल्याउने हो भने रोजगारीसमेत सिर्जना हुने र कृषकलाई राहत मिल्ने कुरामा कसैको ध्यान नपुगेको कृषकहरूको गुनासो सुनिन्छ।

यी सबै अवस्थाका बावजुद केही आशाका किरणहरू देखिन थालेका छन्, यस क्षेत्रमा। बेमौसमी खेतीका लागि ग्रिनहाउसहरू निर्माण भएका छन्। अन्य कृषकहरू समेत उत्पादनमा जोडिँदै गएका छन्। व्यावसायिक खेती नगर्नेहरूले समेत करेसाबारीमा आफ्ना लागि तरकारी खेती गरिरहेको पाइन्छ। ग्रिनहाउसको सुविधा हुँदा काउली, बन्दा, गोलभेडाजस्ता तरकारीहरूको उत्पादन १२ महिनै हुने सम्भावना छ। मौसमी तरकारीहरूको उत्पादन रहरलाग्दो छ।

तरकारी जोनको रूपमा विकास गर्ने उद्देश्यका साथ मेचीनगर नगरपालिका १, २, ३ र ९, बुद्धशान्ति गाउँपालिका ५, ६ र ७ तथा अर्जुनधारा नगरपालिका ८ र ९ वडाहरूमा ४ कृषि समूह, ३ कृषि सहकारी, १९ कृषि उद्योग र फर्महरू स्थापना भएका छन्। यस्तै, ९०० महिला र २७३ पुरुष गरी १ हजार १७३ जना सहभागी भएको प्रधानमन्त्री आधुनिक कृषि परियोजना झापाको वेबसाइटमा उल्लेख छ।

यसका अलावा नजिकका कृषि शिक्षालयबाट पेशागत तालिम गर्न आउनेहरू समेत यहाँ कृषि उत्पादनमा जोडिन  थालेका छन्। विद्यालयमा दिइने कृषि तथा वागवानी शिक्षा आजका दिनमा हराएको छ। अंग्रेजी भाषालाई प्रबर्द्धन गर्ने कृषिलाई भन्दा पनि वैदेशिक रोजगारलाई बढावा दिने खालका शिक्षाका कारण आज बालबालिकाहरू तरकारी खेती कसरी लगाउने मात्रै नभई उत्पादन हुने अवस्थामा समेत जानकारी राख्दैनन्। यस्तो अवस्थामा वर्षौंदेखि कृषिकर्म गर्दै गरेका कृषकहरू र प्राविधिक सीप हासिल गरेका कृषि प्राविधिकहरूको ज्ञान र सीपको संयोजनले कृषि क्षेत्रमा नयाँ आयाम थपिन सक्छ। कृषि पर्यटनको सम्भावना प्रचुर देखिन्छ। तर, यी सबका लागि राज्यको अभिभावकत्वको भूमिका अहम् हुन्छ।

 

सोमबार, बैशाख ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.