काठमाडौँ । सत्ता गठबन्धन दलभित्र आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा मिलेर जान निर्देशन गरेको छ । गठबन्धनको चुनावी तयारी तथा अनुमगन समितिले स्थानीय तह निर्वाचनमा समझदारी अनुरुप काम गर्न आ–आफ्ना मातहतका निकायलाई निर्देशन दिने भएको हो ।
Advertisement
आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले चुनावी तालमेल गरेर मात्रै अगाडि बढ्ने गरी मातहतका निकायलाई निर्देशन दिने भएको हो ।
यस्तै, गठबन्धनको मर्मअनुसार एकता कायम गरी निर्वाचनमा सक्रियपूर्वक जिम्मेवारी गर्ने निर्णय भएको समितिले जनाएको छ । उनका अनुसार उक्त निर्णय पालना नगरे आ–आफ्ना दलले कारबाही गर्ने निर्णय भएको छ ।