काठमाडौँ । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्या तोलामा २०० रुपैयाँले घटेको छ ।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनमा प्रतितोला २०० रुपैयाँले घट्दै आज ९९ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै तेजाबी सुनको मूल्य तोलामा २०० रुपैयाँले घट्दै ९८ हजार ५०० रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्यमा २० रुपैयाँले गिरावट हुँदै एक हजार ३०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।