नयाँदिल्ली- चुरोट र सुर्तिजन्य पदार्थको सेवनले क्यान्सर मात्र हुँदैन, बरगर नामक दुर्लभ रोग पनि लाग्न सक्छ।
उक्त रोगका कारण हातखुट्टा काँप्ने समस्या उत्पन्न हुन्छ। यो रोगलाई थ्रोम्बोएन्जाइटिस अब्लिटेरान्स पनि भनिन्छ।
नेसनल लाइब्रेरी अफ मेडिसिनमा प्रकाशित एक रिपोर्टअनुसार संसारभर हरेक १ लाख मानिसमध्ये १२ देखि २० जनासम्ममा यो रोग पाइएको छ। भारतसहित दक्षिण एसियामा युरोप र अमेरिकाको तुलनामा यो रोग बढी देखिएको छ।
खासगरी, पेरिफेरल आर्टरी डिजिजको समस्या रहेका ४५ देखि ६० प्रतिशत बिरामीलाई बरगर रोग लागेको पाइएको छ।
संसारमा अत्यधिक चुरोट तान्ने मानिस चीनमा छन्। र, त्यसपछि भारतको पालो आउँछ। विश्व स्वास्थ्य संगठनका अनुसार भारतमा १५ वर्षमाथिका २५.३ करोड मानिसले चुरोट सेवन गर्छन्।
बरगर डिजिजका लक्षण
– हात र खुट्टा पोल्ने र झमझमाउने
– हात र खुट्टाका औंलाहरूमा घाउ हुने
– हिँडडुल गर्दा तिघ्रामा दुखाइ
– छालाको रंग बदलिने र सुक्खा हुने
– जाडोमा औंलाहरू सेता या नीला हुने
– हातखुट्टा चिसा हुने र संवेदनशीलता हराउने
– रक्तनलीमा क्लटिङ हुने
– मांशपेशीमा असहजता आउने
– छालामा गहिरो घाउ हुने
– कोशिकाहरू सड्ने
बरगर डिजिजका कारण मस्तिष्कघात, हृदयाघात, ग्यांगरिनका कारण हातखुट्टा काट्नुपर्ने तथा आन्द्रा र नसा प्रणालीमा समस्या आउने हुन सक्छ।