• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

राष्ट्रपतिबाट पशुपतिमा पूजाआराधना

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

बिस्का : भक्तपुरकै ठूलो जात्राको रौनक !


    Avatar photo
आइतबार, चैत ३१, २०८१ मा प्रकाशित

भक्तपुर- भक्तपुरमा आजदेखि बिस्का जात्राको रौनक शुरु भएको छ। त्यसमध्ये मध्यपुर थिमीस्थित नगदेशको बिस्का जात्रालाई विशेष मानिन्छ।

Advertisement

मध्यपुर थिमीमा बिस्कालाई सिन्दुर जात्रा पनि भनिन्छ। र, यो खासगरी नयाँ वर्षको शुरुवात हुने प्रख्यात जात्रा हो। भक्तपुरमा बिस्कालाई स्थानीय बासिन्दामाझ परम्परा, आस्था संस्कृति र जातीय पहिचानको मेलमिलापपूर्ण पर्व मानिन्छ।

दैवी शक्ति, मानिस, प्रेम, रङ र मित्रताको चाड पनि हो यो। यस पर्वले नेपाली नयाँ वर्ष (बिक्रम संवत)लाई स्वागत गर्दै वसन्त ऋतुको आगमन भएको संकेत दिने बुझाइ छ।

मध्यपुर थिमीमा मनाइने बिस्का जात्रा अन्य ठाउँभन्दा अलग छ। मध्यपुर थिमीका ३ वटा प्राचीन बस्ती नगदेश, थिमी र बोडेमा अलग तरिका र छुट्टाछुट्टै सिन्दुर जात्रा मनाइन्छ। यी तीनै ठाउँको अलग-अलग मान्यता छन्, बिस्काका।

थिमी

थिमीमा बिस्का जात्रा चैतको अन्तिम दिन दिउँसो शुरु हुन्छ। त्यस दिन बालकुमारी मन्दिरभन्दा अलि पर विष्‍णुवीर मन्दिरबाट जात्रा प्रारम्भ गरिन्छ। त्यसदिन साँझ विष्‍णुवीर मन्दिर परिसरमा ‘गसी छ्वेकेगु’ गरिन्छ।

यस्तै, १ वैशाखमा बायलिसिया (साँझको जात्रा)मा सुंगा द्यः, विष्‍णुवीरको खट कयकुतातर्फ लगिन्छ। त्यहाँबाट खट लैजाँदा भूतप्रेतलाई थाहा नहोस् भनी कयकूताको पोखरीमा सि बाजा (नेवारी परम्पराअनुसार मरेको मान्छे मसानघाटमा लग्दा बजाइने) बजाउँदै लैजाने चलन छ।

१ वैशाख साँझको जात्रा हुनुअघि बालकुमारी मन्दिरको पूर्वपट्टि अवस्थित पाटीबाट गुठीयारहरूले योमरी टिनेगु चलन (योमरी बालकुमारी मन्दिरभित्र छिराउने कोशिस) गर्छन्।

१ वैशाखमै सिद्धिकाली मन्दिर परिसरमा साँझको जात्रामा सिद्धिकाली (चामुण्डाको) नेतृत्व चोडे गणेद्यः (नील वर्ण), क्‍वासि इनाय द्य (कोसिना गणेद्य) विश्‍व विनायक, दु इनायद्य (अष्‍टनारायण), दिगु इनायद्य, कुकि इनायद्य, गांचाननि गणेद्य, इनाय लाछी गणेद्य (राज गणेश) र सिवा गणेद्यको जात्रा गरिन्छ।

दोस्रो दिन साँझ सिद्धिकाली मन्दिरमा जात्रा हुन्छ। र तेस्रो दिन २ वैशाखमा बिहान बालकुमारी मन्दिरमा जात्रा शुरु हुन्छ। जात्रामा मानिसहरूले थिमीका विभिन्‍न मन्दिरमा राखिएका खट बोकेर जात्रामा ल्याउँछन्।

मानिसहरूले आफ्नो कुममा रथ बोकेर ल्याउने र एकअर्कालाई सिन्दुर दल्दै जात्रामा रमाउँछन्। परम्परागत बाजा धिमे, झ्यालीमा नाच्छन्। खट बोक्दै सबैजना बालकुमारी मन्दिरको परिक्रमा गर्छन्।

विभिन्‍न स्थानबाट ल्याइएका ३२ वटा देवताका रथ बोकेर बालकुमारी मन्दिर र थिमिका अन्य स्थानमा पनि परिक्रमा गर्छन्।

३२ रथमा बिराजमान देवी-देवता

१) क्‍वालाखु द्यः बालकुमारी
२) वालाखुची द्यः कालिका
३) क्‍वाछे द्यः दक्षिण बाराही
४) हिंचो द्यः हरिसिद्धी
५) सुंगा द्यः विष्‍णुवीर
६) पर्सिको गणेद्यः प्रथम गणेश
७) वामुने गणेद्यः
८) गांता गणेद्यः
९) दथुत्वा गणेद्यः
१०) थासमा गणेद्यः
११) चपाचो गणेद्यः
१२) इनायक्‍व गणेद्यः
१३) सिद्धिकाली चामुण्डा
१४) चोडे गणेद्यः नील कर्ण
१५) क्‍वसिना इनाय द्यः अष्‍ट नारायण
१६) गांचाननि गणेद्यः
१७) सिवा गणेद्यः
१८) इनायलाछी गणेद्यः राज गणेश

बोडे जात्रा

करिब एक हजार वर्षअघि लिच्छवि वंशको पालामा यस पर्वको शुरुवात भएको किंवदन्ती छ। त्यतिबेला बोडे नगर नीलबाराही जंगलको छेऊमा थियो। नीलबाराही वनका दुष्‍ट आत्माले बोडेमा बसोबास गर्न थालेपछि अहिले बोडेमा बसाईं सराई गर्नुपरेको हो। यद्यपि, दुष्‍ट आत्माहरूले उनीहरूलाई पछ्याए र बोडेका मानिसहरूलाई आघात पुर्‍याए।

त्यसपछि बोडेका मानिसहरूले एकजना विद्वानसँग मद्दत मागे, जसले अदृश्य पर्खालहरूको शहरका चारवटा ढोका रोक्न मद्दत गरे। पछि दुष्‍ट आत्मा पर्खालमा अड्किए र बोडेका मानिसहरूले ती आत्मालाई पक्रेर जिब्रो छेडी शहरभरि परेड गरे। र, स्थानीय बासिन्दालाई कदापि दुःख नदिने शर्तसहित ती दुष्‍ट आत्माहरूलाई मुक्त गरिएको किंवदन्ती छ।

त्यसपछि बोडे खडेरी, भोकमरी र महामारीबाट मुक्त भएको पनि किंवदन्ती छ। सोही कारण बोडेका बासिन्दालाई विपद् र दुष्‍ट आत्माबाट जोगाउन यहाँ बिस्का जात्रा मनाइन्छ।

एक फिट लामो सुईलाई लगभग एक महिनासम्म भिजाइन्छ। र, त्यसपछि स्वयंसेवकको जिब्रो छेडिन्छ। जात्रामा श्रेष्‍ठ परिवारका बोडेका बासिन्दाले मात्र स्वयंसेवा गर्न पाउँछन्। स्वयंसेवा गर्ने व्यक्तिले जात्रा हुनुअघि ३ दिन व्रत बस्‍नुपर्ने नियम छ। र, जात्रा हुँदा जिब्रोबाट रगत बग्‍न नहुने मान्यता छ। त्यसो भयो भने समुदायका लागि दुर्भाग्य हुने मान्यता छ।

आइतबार, चैत ३१, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला
सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

भर्खरै

  • १.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • २.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ३.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ४.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ५.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ६.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ७.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

  • ८.
    ह्यारी–मेघनको शाही हैसियत यथावत्

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.