• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ २४, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

सडक दुर्घटनामा दुईको मृत्यु

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ६. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

माटोका भाँडामै तन, मन अनि जीवन !


    Avatar photo
बिहिबार, चैत २८, २०८१ मा प्रकाशित

भक्तपुर- मध्यपुर थिमी-६ का ८२ वर्षीय बुद्धिबहादुर प्रजापति माटोका भाँडाहरू बेच्छन्। उनी चपाचोका स्थायी बासिन्दा हुन्। बुढेसकाल लागिसके पनि माटोप्रति उनको लगाव उस्तै छ।

Advertisement

उनको परिवार पुस्तौंदेखि माटोको काम गर्थे। र, उनले पनि सानै छँदादेखि माटोका भाँडाहरू बनाउन थाले। भन्छन्, ‘जीवनको ठूलो हिस्सा माटोका भाँडाकुँडा बनाउँदै बिताएँ। अहिले भने भाँडा बनाउन असमर्थ भएकाले पसल राखेर व्यवसाय गरिरहेको छु।’

बुद्धिबहादुरकी श्रीमती नानिश्‍वरी प्रजापति पनि श्रीमानसँगै माटोका भाँडा बनाउँथिन्। बढ्दो उमेरका कारण माटोको काम गर्न नसकेपछि उनी पनि पसलमा बस्छिन्। उनीहरूको कामको बिँडो थाम्दै छोराले माटोको काम गरिरहेका छन्।

नानिश्‍वरी भन्छिन्, ‘पहिले हामीले धेरै मिहिनेत गरेर माटोका भाँडा बनाउँथ्यौं। अहिले काम गर्न धेरै सजिलो छ। विभिन्‍न मेसिन र गाडीको प्रयोगले धेरै सहज बनाएको छ।’

उनका अनुसार उनीहरू सानो छँदा माटो बोक्ने, त्यसलाई नरम बनाउन कुल्चिने र बनेका भाँडाहरू बेच्न जानेजस्ता काम गर्थे। तर, अहिले मेसिन भएका कारण र घरघरमा गाडीले माटो पुर्‍याउने र भाँडा लिन आउने भएर सबै काम सहज भएको छ।

नानिश्‍वरी भन्छिन्, ‘पहिले हामी माटोका भाँडाकुँडा राजदरबारमा पनि पुर्‍याउँथ्यौं। त्यतिबेला राजदरबारमा खाना पकाउने, पानी पिउने र अन्य कामका लागि माटोका सानादेखि ठूला भाँडा बनाएर पुर्‍याउँथ्यौं।’

विगतमा यहाँ माटोका भाँडा बनाउनेहरूलाई भाँडा बनाएर पुर्‍याइदिएवापत राजाले लालमोहरहरू पनि दिन्थे। तर, ती लालमोहर विसं १९९० सालको भूकम्पमा घरसँगै पुरिए। नानिश्‍वरी भन्छिन्, ‘लालमोहर पनि भूकम्पसँगै बिलाए।’

उनका अनुसार अहिले भाँडो बनाउने माटो किन्‍नुपर्छ। विगतमा कमेरुटार, सिन्तिटार, धुन्चोपाखाबाट निःशूल्क खन्‍न पाइन्थ्यो। अहिले भने सबै ठाउँमा प्लटिङ गरिएको छ। र, ती प्लटिङमा घर र सडक बनेका छन्। त्यसैले माटोकै अभाव हुन थालेको छ। अहिले उनीहरू माटो अर्डर गरेर किन्छन्। त्यसरी अर्डर गरिएको माटो ट्रकमा राखेर घर-घरसम्म पुर्‍याइदिन्छन्। र, त्यही माटोबाट बनेका भाँडा पसलमा ल्याएर बिक्री गर्छन्। पसलमा उनीहरूले विभिन्‍न भाँडाकुँडा, गमला, दियो, फिल्टर, घैंटो बिक्रीमा राखेका छन्।

 

०००

 

मध्यपुर थिमीका प्राचीन बस्ती चपाचो र दिगुलीका अधिकांश मानिस माटोका भाँडा बनाउँदै दैनिक जीवन बिताउँछन्। यी बस्ती परम्परागत माटोको भाँडा उद्योगका लागि प्रसिद्ध छन्। यहाँका मानिसहरू अझै पनि परम्परागत तरिकाले माटोका भाँडा बनाउँछन्। यहाँका लगभग हरेक घरमा चक्र राखिएको छ। तिनै चक्र वरिपरि भेला भएर परिवारका सबै सदस्य मिलेर भाँडा बनाउन, सुकाउन र बिक्री गर्न तल्लीन रहन्छन्।

यी प्राचीन बस्तीका बासिन्दाहरू यही पेशामा निर्भर छन्। उनीहरूले मानिस जन्मेदेखि मृत्युसम्म आवश्यक सामग्री बनाउँछन्। जस्तै- नवजात शिशुका लागि नुहाउने भाँडा, दैनिक उपयोगका लागि घैँटो, खाना पकाउने, दही राख्‍ने, तेल राख्‍ने, करुवा, ढकनी, दियो, कलश, पात्र, सुहारी, रक्सी बनाउन प्रयाग गर्ने भाँडा, गमला, हरेक चाडपर्व पूजकका आवश्यक सामग्री, मृत्यु संस्कारमा गरिने कर्मकाण्डका लागि थाली, जल राख्‍ने भाँडा, पिण्ड सबै बनाइन्छ।

बजारमा प्लास्टिकका भाँडा यत्रतत्र उपलब्ध हुनुअघि माटोका भाँडा नै दैनिक जीवनका आवश्यकता थिए। भान्सामा आवश्यक सबै सामान, लुगा धुने, पानी जम्मा गर्ने, गमला, धान, गहुँ राख्‍ने ठूल-ठूला घ्याम्पा, फिल्टर, खुत्रुके, देवी-देवताका मूर्ति, पूजा कोठामा बाल्ने धुप राख्‍ने भाँडा माटोकै प्रयोग हुन्थे।

 

०००

 

माटोमा पानी हाल्दै, मुछ्दै चन्द्रकेशरी प्रजापतिले त्यसलाई नरम बनाइरहेकी थिइन्। उनी मध्यपुर थिमी-६ की स्थायी बासिन्दा हुन्। हालैको एक मध्याह्न उनको घरमा पुग्दा चन्द्रकेशरी त्यसरी नै माटो तयार पार्दै थिइन्। उनले माटोको काम गर्न थालेको २५ वर्ष बित्यो।

भन्छिन्, ‘बिहे गरेपछि नयाँ जीवनको शुरुवात भयो। मेरो परिवार पुस्तौंदेखि माटाका भाँडा बनाउने काम गर्थ्यो।’ यो उनीहरूको पारिवारिक पेशा थियो। विवाहपछि चन्द्रकेशरीले पनि परिवारलाई सहयोेग गर्दै माटाका भाँडाहरू बनाउन सिकिन्। र, हालसम्म त्यसैलाई निरन्तरता दिँदै आएकी छन्।

उनका अनुसार माटोका भाँडा बनाउन पहिलेभन्दा सजिलो भएको छ। अहिलेका आधुनिक प्रविधिले काम छोटो समयमा सहज तरिकाले सकिन्छ। र, सामान पनि धेरै उत्पादन गर्न सकिन्छ। चन्द्रकेशरी र उनको परिवारले गमला र दही राख्‍ने भाँडा बढी बनाउँछन्। र, अर्डर आएअनुसार काम गर्छन्।

आफूले बनाएका भाँडा उनीहरू होलसेलमा बिक्री गर्छन्। उनीहरूले बनाएका माटोका भाँडा लिन गाडी लिएर व्यापारीहरू घरसम्मै आउँछन्। भन्छिन्, ‘माटोका भाँडा बनाएरै जीवनमा मैले सन्तुष्‍टी पाएँ। भाँडा बनाउँदा मलाई रमाइलो लाग्छ। घर वरिपरि पनि सबैले यही काम गर्छन्।’ त्यसैले उनको टोल नै माटोका भाँडा बनाउने उद्योगमा तल्लीन छ।

 

०००

 

४१ वर्षीय कान्छा प्रजापति आफ्नो घरको आँगन (छिली)मा बसेर साथीसँग कुरा गर्दै माटोका स-साना दियो बनाइरहेका भेटिए। उनले यो काम गर्न थालेको ४ वर्ष बित्यो। त्यसअघि उनी फर्निचरको काम गर्थे। उनका बा-आमा भने माटोको भाँडा नै बनाउँथे। उनको परिवार पनि पुस्तौंदेखि यही पेशामा आबद्ध छ। उनका बा-आमाले माटोको भाँडा बनाएर बिक्री गरी परिवार चलाउँथे।

उनी धेरैजसो दियो र दही राख्‍ने भाँडा बनाउँछन्। भन्छन्, ‘मैले बनाएका सामानहरू पसल-पसल, होलसेल र व्यक्तिगत अर्डरहरू अनुसार बिक्री गर्छु।’

उनका अनुसार विगतमा उनका बा र छिमेकी मिलेर भाँडा बोकेर काठमाडौं र ललितपुरका विभिन्‍न स्थानमा पुग्थे। र, सडकछेउ र टोल-टोलमा बसेर नाङ्लोमा राखी भाँडा बिक्री गर्थे। अहिले भने गाडी घरसम्मै आउँछन् र गाडीका स्टाफले आफैं लोड गरेर लैजान्छन्। उनले बनाएका भाँडा काठमाडौं मात्र होइन, चितवन, पोखरालगायत ठाउँमा पनि पुग्छन्।

कान्छा प्रजापतिले भाँडा बनाउने माटो सिन्तिटार र दुवाकोटबाट ल्याउँछन्। उनले एक ट्रक माटोका लागि ७ हजार रुपैयाँ तिर्छन्। र, त्यसलाई घरको छिलीमा ल्याएर राख्छन्। त्यसपछि, माटोलाई मेसिनमा राखेर नरम बनाउँछन्। विगतमा मेसिनको सुविधा नहुँदा माटोलाई दिनभर खुट्टाले कुल्चेर नरम बनाइन्थ्यो। अहिले त्यो काम मेसिनले केहीबेरमै गरिदिन्छ।

माटो तयार भएपछि चक्रमा राखेर विभिन्‍न आकारहरू दिइन्छ। कुनै बुट्टा भर्नुपर्ने भए आकार दिएपछि छुट्टै काम गर्नुपर्छ। माटोलाई आकार दिएपछि ती भाँडाहरूलाई घाममा सुकाइन्छ। सुकिसके पछि ती भाँडामा राटोमाटो र सेरामिक्स पाउडर घोलेर रङ लगाइन्छ। रङ लगाएपछि फेरि भाँडालाई सुकाइन्छ। अन्तिममा ती भाँडाहरूलाई बलियो बनाउन भट्टामा लगेर पोलिन्छ।

उनका अनुसार माटोको भाँडा बनाउन १५ दिन लाग्छ। त्यसमा पनि सबैभन्दा महत्त्वपूर्ण हुन्छ, घमाइलो दिन। जति चर्को घाम लाग्यो माटोका भाँडा त्यति नै चाँडो सुक्छन्।

कान्छा प्रजापति आफ्नो कामबाट निकै खुशी छन्। भन्छन्, ‘सबै काम बराबर छन्। कुनै काम सानो र ठूलो हुँदैनन्। पुस्तौंदेखि चल्दै आएको पेशालाई निरन्तरता दिँदै अगाडि बढ्न पाउँदा म गर्व गर्छु। माटोको  काम गरेरै अहिलेसम्म राम्ररी घरपरिवार धानिरहेको छु। र, यसैलाई निरन्तरता दिइरहन्छु।’

 

०००

 

तुल्सीराम प्रजापतिको दिन पनि माटोसँग शुरु भएर माटोसँगै सकिन्छ। ६५ वर्षका उनी मध्यपुर थिमी-६ का स्थायी बासिन्दा हुन्। उनले माटोसँग सानैदेखि खेल्न सिकेका हुन्। उनका बाबुले सानैमा उनलाई पनि भाँडा बनाउन सिकए।

भन्छन्, ‘हामी सानो छँदा स्कुल जानलाई पैसा थिएन। र, बाले हामीलाई पढ्न नपाए पनि अमूल्य सीप सिकाउनुभयो। यो नै हाम्रा लागि गर्वको विषय हो।’ उनले ११ वर्षको उमेरमै भाँडा बनाउन थालेका हुन्।

उनी भने प्रायः भाँजः (मकै भुट्ने), गाग्री, खाना पकाउने मट्का बनाउँछन्। र, भाँडा बनाउन दुईथरी माटो प्रयोग गर्छन्- कालो र पहेंलो। दुवै माटोलाई मिसाउन मेसिनमा राख्छन् र नरम बनाउँछन्। र, डेढ सयदेखि २ हजार रुपैयाँसम्मका भाँडा बनाएर बिक्री गर्छन्।

उनले आफ्ना छोराछोरीलाई यही व्यवसाय गरेर हुर्काए अनि पढाए। अहिले उनीहरू विदेशमा छन्। यही व्यवसायले उनको र परिवारको जीवन चलिरहेको छ। भन्छन्, ‘म आफ्नो व्यवसायमा एकदम प्रशन्‍न छु।’

उनका अनुसार यो व्यवसाय पछिसम्मै रहिरहने छ। तथापि, विस्तारै उत्पादन घट्दै जाने उनको आकलन छ। भन्छन्, ‘यो व्यवसाय कहिल्यै लोप हुँदैन।’

स्थानीय सरकारले यस व्यवसायलाई सजिलो बनाउन माटोको भाँडा पकाउने भट्टा बनाइदिएर मद्दत गरेका छन्। भन्छन्, ‘माटोको अभाव बढ्दै गएको छ। हरेक ठाउँमा प्लटिङ, घर र सडक बनाएकाले माटो पाउन मुश्किल हुन थाल्यो।’ अभावकै कारण माटो महँगो भएको उनी बताउँछन्। र, माटो महँगो भएकैले भाँडा पनि महँगा हुन थाले।’

उनका अनुसार माटोको भाँडा विषयमा स्थानीय विद्यालयले पाठ्यक्रममा राख्‍न थालेका छन्। त्यही कारण अहिले बालबालिकाहरू माझ माटोका भाँडा लोकप्रिय भएको पाइन्छ। स्थानीय विद्यालयहरूले व्यावहारिक ज्ञान दिने उद्देश्यले विद्यार्थीहरूलाई अवलोकनका लागि ल्याउने गरेका छन्।

उनका अनुसार स्थानीय सरकारहरूले समय-समयमा माटोका भाँडा बनाउन सीपमुलक तालिम दिने गरेका छन्। भन्छन्, ‘माटोका भाँडा बनाउने परम्परालाई जीवन्त राख्‍न स्थानीय सरकारले विभिन्‍न कार्यक्रम र महोत्सव सञ्‍चालन गरेको छ।’ अर्थात्, मध्यपुर थिमी नगरपालिकाले माटोका भाँडाप्रति दिएको चासोले तुल्सीराम प्रजापतिलगायत स्थानीय बासिन्दा खुशी छन्।

बिहिबार, चैत २८, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या
परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट
वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण
भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

भर्खरै

  • १.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • २.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ३.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ४.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ५.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

  • ६.
    भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

  • ७.
    सत्ता र प्रतिपक्षको परम्परागत सोचबाट माथि उठेर जलवायु न्यायका लागि जुटौँः सभापति लामिछाने

  • ८.
    सडक दुर्घटनामा दुईको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.