• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

ट्रम्प ट्यारिफ : अमेरिका बलियो भयो कि विश्‍व संकटमा पर्‍यो ?


मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित

काठमाडौं- अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अमेरिकी तथा विश्‍व बजारमा आएको गिरावटप्रति प्रतिक्रिया दिँदै भने, ‘कहिलेकाहीं केही कुरा ठीक गर्न औषधि खानैपर्छ।’ उनले आफूले अघि सारेको ट्यारिफ योजनाबाट पछि नहट्ने संकेत पनि दिए।

Advertisement

फ्लोरिडामा सप्ताहन्त गल्फ खेलेपछि वासिङ्टन फर्किंदै एयर फोर्स वानमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भने, ‘हामीलाई अन्य देशहरूले निकै खराब व्यवहार गरे। किनभने, हाम्रो नेतृत्व कमजोर थियो, जसले यस्तो व्यवहार सहन दियो।’ उनले पूर्व राष्‍ट्रपति जो बाइडेन नेतृत्वको प्रशासनलाई यसको दोषी ठहर गरे।

ट्रम्पले भने, ‘बजारमा के हुन्छ भन्‍न सक्दिनँ तर हाम्रो देश बलियो छ।’ उनले विश्‍वका नेताहरूसँग ट्यारिफको विषयमा कुराकानी गरेको उल्लेख गर्दै भने, ‘उनीहरू सम्झौताका लागि मरिहत्ते गरिरहेका छन्।’

चीनमाथि आरोप- बजार धरासायी हुँदैछ

ट्रम्पले सोमबार उनकै सामाजिक सञ्‍जाल ट्रुथसोसलमा लेख्दै चीनलाई ‘सबैभन्दा ठूलो दुरुपयोगकर्ता’को रूपमा सम्बोधन गरे र ट्यारिफ सफल भएको दाबी गरे। ‘तेलको मूल्य घटेको छ, ब्याजदर घटेको छ। खाद्यान्‍नको मूल्य घटेको छ, कुनै मुद्रास्फीति छैन र लामो समयदेखि दुरुपयोग सहँदै आएको अमेरिका अहिले सातामा अर्बौं डलर ट्यारिफबाट कमाइरहेको छ,’ उनले लेखेका छन्।

चीनले आफ्नो चेतावनी बेवास्ता गर्दै ३४ प्रतिशत अतिरिक्त ट्यारिफ लगाएको उल्लेख गर्दै भने, ‘उनीहरूले दशकौंसम्म अमेरिकालाई शोषण गरे, अब त्यो समय सकिएको छ।’

सेयर बजारमा भारी गिरावट

ट्रम्पको ट्यारिफ घोषणापछि विश्‍वभरि सेयर बजारमा हलचल मच्चिएको छ। सोमबार जापानको निक्केई २२५ सूचकांक ६.३ प्रतिशतले घट्दा हङकङको ह्याङ सेङ १० प्रतिशतले घटेको छ। भारतको बजार पनि ५ प्रतिशतसम्म ओरालो लागेको छ। अमेरिकाभित्र शुक्रबार सबै प्रमुख स्टक इन्डेक्सहरू ५ प्रतिशतभन्दा बढीले घटेका छन्, जुन सन् २०२० यताकै खराब साता हो।

जेपी मोर्गनले चेतावनी दिँदै भनेका छन्, ‘ट्यारिफको असरले अमेरिका र विश्‍व अर्थतन्त्रमा मन्दी आउने सम्भावना ६० प्रतिशतसम्म पुगेको छ।’

ट्रम्पको टोलीको प्रतिक्रिया- ट्यारिफ यथावत्

डोनाल्ड ट्रम्पको आर्थिक टोलीले मन्दी र मुद्रास्फीतिको डरलाई खारेज गरेको छ। वाणिज्य सचिव होवार्ड लुटनिकले सीबीएससँग भनेका छन्, ‘ट्यारिफहरू लाग्दैछन्। राष्‍ट्रपति ट्रम्पले जब घोषणा गरे, त्यो मजाक थिएन।’ कोष सचिव स्कट बेसेन्टले भने, ‘५० भन्दा बढी देशहरूले ट्रम्प प्रशासनलाई सम्पर्क गरेका छन् तर वार्ता गर्न समय लाग्‍नेछ। २०-५० वर्षको खराब व्यवहार एकैचोटि सुध्रिन्‍न।’

जिम्बाब्वेको चकित पार्ने कदम

जिम्बाब्वेका राष्‍ट्रपति एमर्सन म्‍नाङगाग्वाले अमेरिकी आयातमा लगाइएको ट्यारिफ हटाउने घोषणा गर्दै सबैलाई चकित पारे। विश्लेषकहरूका अनुसार यो ट्रम्प प्रशासनसँग सकारात्मक सम्बन्ध बनाउन गरिएको कदम हो यद्यपि यसबाट जिम्बाब्वेलाई खासै आर्थिक फाइदा हुने छैन।

जिम्बाब्वे सरकारका आलोचक तथा पत्रकार होपवेल चिन ओनोले यसलाई ट्रम्पलाई ‘खुशी पार्ने‘ प्रयास भनेका छन्।

क्यानाडाको कडा चेतावनी

क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले ट्रम्पको ट्यारिफ नीतिलाई लिएर कडा चेतावनी दिएका छन्। ‘यी ट्यारिफहरूले क्यानाडामा रोजगारीमा दबाब ल्याउनेछन्। तर, सबैभन्दा ठूलो नोक्सानी अमेरिका स्वयंलाई हुनेछ,’ उनले भनेका छन्, ‘वित्तीय बजारले संकेत दिइसकेको छ- रोजगारी गुम्‍ने, महँगी बढ्ने र मन्दी आउने खतरा देखिँदैछ।’ ब्रेक्जिटको उदाहरण दिँदै उनले भने, ‘मैले पहिले पनि यस्तो अवस्था देखेको छु। अमेरिका कमजोर हुँदैछ।’

तथापि, राष्‍ट्रपति ट्रम्पले भनेका छन्, ‘ट्यारिफका कारण रोजगारी र लगानी अमेरिका फर्कनेछन्।’ तर, उनको भनाइ ‘औषधि खानुपर्छ’ भन्‍ने यथार्थ अहिले विश्‍व बजार र नेताहरूको दृष्‍टिमा भने तीतो सावित भइरहेको छ।

मङ्गलबार, चैत २६, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य
म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु
भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.