काठमाडौँ । बाघको आक्रमणमा परी चितवन राष्ट्रिय निकुञ्जमा एक जनाको मृत्यु भएको छ । कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते)को मृत्यु भएको हो ।
Advertisement
बारा कोल्बी नगरपालिका १ घर भएका २३ वर्षीय रमेश चौधरी थारुको हात्तीसार केन्द्रमा बाघले आक्रमण गरेको थियो ।
बाघको आक्रमणबाट शरीरका विभिन्न भागमा चोट लागेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ ।