• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, साउन ०८, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

खैरो हेरोइनसहित चार जना पक्राउ

इबोला प्रकोपले बढायो विश्व चिन्ता

सुनचाँदीको मूल्य घट्यो

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : वृष- धन खर्च , सिंह- मंगलमय काम

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ५. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ६. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ७. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ८. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

पालेर नबसौं पायल्स, फिस्टुला र फिसर !


    Avatar photo
आइतबार, चैत २४, २०८१ मा प्रकाशित

काठमाडौं- हरेक मानिसलाई कुनै न कुनै समयमा मलद्वारमा केही न केही समस्या भएको हुन्छ। ती समस्या विभिन्‍न प्रकारका हुन सक्छन्। कतिपयको दिसामा रगत देखिने त कतिमा दिसा गर्दा मलद्वार वरिपरि पोल्ने अथवा चिलाउने समस्या हुन्छ। केही व्यक्तिमा दिसा गरिसकेपछि मलद्वारमा डल्लो आउने र दिसासँगै सिँगानजस्तो पदार्थ बग्‍ने समस्या पनि हुन्छ। त्यसकारण मलद्वार वरिपरि केही समस्या भएमा पाइल्स नै हो भन्‍ने हुँदैन।

Advertisement

खासगरी, पायल्सको समस्या भएका व्यक्तिको दिसामा रगत देखिन्छ। तर, दिसामा रगत देखिँदैमा पनि पायल्स नै भएको हो भन्‍न मिल्दैन। अन्य समस्याका कारण पनि यो समस्या आउन सक्छ। पायल्स भएका व्यक्तिमा हरेक दुई दिन लगातार दिसामा रगत बग्छ भने तेस्रो दिनमा आफै बन्द पनि हुन्छ। सोही कारण अधिकांश मानिस २-३ वर्षपछि मात्र उपचारका लागि अस्पताल आइपुग्‍ने ट्रेन्ड देखिन्छ। पायल्स त हो भनेर लापरवाही गर्नु हुँदैन। क्यान्सरजस्तो जटिल रोगमा पनि दिसाबाट रगत बग्‍ने र आफैं बन्द हुने गर्छ। त्यसकारण समयमै अस्पताल आई पायल्स हो या अन्य कुनै जटिल रोग भनेर स्वास्थ्य परीक्षण गर्न आवश्यक छ।

स्वास्थ्य परीक्षणबाट कुन रोगका कारण दिसामा रगत देखिएको हो भन्‍ने प्रष्‍ट हुन्छ। र, रोगको समयमै उपचार गर्न सकिन्छ। गोप्य अंगलाई देखाउनु हुँदैन भन्‍ने संकीर्णताका कारण रोग पालेर बस्‍नु हुँदैन।

पायल्समा दुखेर वा नदुखेर दुई प्रकारले रगत बग्छ। धेरैजसो केसमा नदुखेरै रगत बग्छ। दुखाइ नभएकै कारण प्रायः धेरै मानिस आफैं ठीक भइहाल्छ भन्‍ने मनसायले अस्पताल आउँदैनन्। जब दुख्‍न थाल्छ, आत्तिँदै उपचार पद्दतिमा अगाडि बढ्ने ट्रेन्ड नै छ। इन्टरनल पायल्स भएका व्यक्तिमा रगत बग्दा दुखाइ हुँदैन। तर, एक्स्टर्नल पायल्स (बाहिर नै डल्लो आउने) भएका व्यक्तिमा भने दिसासँगै रगत बग्दा दुख्‍न थाल्छ। कहिलेकाहीं मलद्वारमा पिलो आएर पिप जमेकै कारण पनि दुखेको हुन सक्छ। फिसर भएको छ भने छाला च्यातिएर पनि दुखेको हुन सक्छ। त्यसकारण के कारणले दुखाइ भएको हो पत्ता लगाएमा मात्र उचित उपचार हुन्छ।

पायल्सको समस्या भएका बिरामीमा सिग्मोइडोस्कपी गरी इन्टरनल पायल्स हो या क्यान्सर भन्‍ने कुरा पत्ता लगाइन्छ। सिग्मोइडोस्कपी भनेको पाइपको माध्यमबाट गरिने जाँच हो। कहिलेकाहीं आन्द्राको भित्री भागमा स-साना मुसाजस्ता पलिपहरू पलाइरहेका हुन्छन्। त्यस्ता पलिपहरूलाई समयमै निकाल्न सकियो भने भविष्‍यमा आन्द्राको क्यान्सरलगायत ठूला रोग लाग्‍न सक्ने खतराबाट पनि बच्न सकिन्छ।

फिस्टुला

फिस्टुला भिन्‍नै समस्या हो। यो समस्या भएका व्यक्तिमा शुरुमा पिलो आउँछ। पिलो पलाएको १-२ दिनसम्म दुख्छ। त्यसपछि आफैं फुट्छ। केही महिनापछि पिलो भएकै ठाउँबाट पानी र पिप बग्‍न थाल्छ। पिलो बाहिर मात्र नफुटेर भित्र आन्द्रातर्फ पनि फुट्छ। यसरी छालादेखि आन्द्रासम्म हुने मसिनो सुरुङजस्तो बाटोलाई फिस्टुला भनिन्छ।

यस्तो फिस्टुला हत्तपत्त आफैं निको हुँदैन। महिनौं, वर्षौंसम्म रहिरहन्छ। उपचार नगराएमा एउटाबाट अर्को धेरै मुख बन्छन्। र, सामान्यबाट जटिल फिस्टुलामा रूपान्तरण हुन्छ। जबसम्म शल्यक्रिया गरिँदैन, यस्तो फिस्टुला निको हुँदैन।

फिस्टुला ज्यान जाने रोग होइन र धेरै दुखाउँदैन पनि। सोही कारण मानिसले बेवास्ता गरिरहेका हुन्छन्।

हरेक महिनाको ४-५ दिन पिप बगेर आफैं निको हुने भएकाले पनि मानिसहरू हत्तपत्त औषधि, उपचारमा जान इच्छुक देखिँदैनन्। यस्तो समस्या लामो समयसम्म निको नभए बल्ल बिरामीहरू अस्पताल आइपुग्छन्।

ढिलो अस्पताल आइपुग्दा फिस्टुलामा हाँगाहरू पलाउँछन्। त्यस्तो अवस्थामा अपरेसन सफल हुने सम्भावना कम रहन्छ। फिस्टुला पूरै निकाल्न सकियो भने निको हुन्छ। तर, कहिलेकाहीं पूरै फिस्टुला निकालिसकेको भन्ठानेर केही हाँगा छुटेका पनि हुन सक्छन्। यस्तो अवस्थामा फिस्टुलाको अपरेसन गरे पनि फेरि बल्झिन सक्छ। सोही कारण फिस्टुलाको लक्षण देखिनासाथ अस्पताल आउनु नै उत्तम विकल्प हो।

मानिसहरूमा फिस्टुलाको अपरेसन गर्नु हुँदैन। अपरेसन गर्दा फिस्टुला फेरि बल्झिन्छ भन्‍ने भ्रम छ। सोही भ्रमका कारण अस्पताल आउने अवधि लम्बिँदै जान्छ। र, फिस्टुलालाई पूर्णतया निको पार्न सक्ने सम्भावना कम हुन्छ।

अहिले भने जटिल बनिसकेको फिस्टुलाको उपचारका लागि पनि धेरै विकल्प उपलब्ध छन्। जटिल फिस्टुलालाई अपरेसन गरी काटेर फाल्ने मात्र नभई फ्ल्याप सर्जरी, लिफ्ट सर्जरी पनि गर्न सकिन्छ। हाल लेजर सर्जरी पनि प्रयोगमा छ। लेजरले फिस्टुलाको प्वाललाई डढाउने गरिन्छ।

अस्पताल आएका बिरामीको जाँचका आधारमा सामान्य र जटिल फिस्टुला पत्ता लगाइन्छ। र, सामान्यलाई अपरेसन गरेर निकालिन्छ र जटिलका लागि एडभान्स सर्जरी गरिन्छ।

फिसर

दिसा गर्दा मलद्वारमा बेस्सरी दुख्‍ने समस्या फिसर हो। मुखको ओठ फुटेका बेलामा खानेकुरा खाँदा जसरी पोल्छ, त्यसरी नै फिसरको समस्या भएका मानिसलाई दिसा गर्दा पोल्छ। र, चिरिएको भागमा दिसा गर्दा दुख्छ।

कुनै प्रकारका फिसर २-३ दिन दुखेर आफैं निको हुन्छन्। तर, कुनै क्रोनिक फिसर हुन्छन्। त्यस्ता फिसरमा महिनौं वा वर्षसम्म पनि दुख्‍ने समस्या हुन्छ। दिसा गर्दा हरेक दिन दुख्‍ने भएकाले फिसरको समस्या भएका मानिसहरू दिसा गर्न नै डराउँछन्। कतिपय मानिसमा क्रोनिक पीडाका कारण मानसिक स्वास्थ्यमै खलल पुगिरहेको हुन्छ।

दिसा साह्रो भयो भने मलद्वार पछाडितिरको भाग चिरिन्छ। यस्तो घाउ हत्तपत्त निको हुँदैन। त्यसमाथि मलद्वार चलिरहने ठाउँ हो। र, फोहोर पनि भइरहन्छ। यसकारण त्यहाँको घाउ अन्य ठाउँको जस्तै २-३ दिनमा निको हुँदैन।

मलद्वारमा घाउ भयो भने दिसालाई पातलो बनाउन हरियो सागपात बढी खाने, पानी बढी पिउने, मासु कम खाने गर्नुपर्छ। साथै, घाउमा मलम लगाएर पनि निको पार्न सकिन्छ।

हाल मानिसहरूमा अस्पताल जानासाथ डाक्टरले अपरेसन नै गरिदिन्छन् भन्‍ने मानसिकता छ। फिसरमा भने सकेसम्म मलम लगाएर नै निको पार्ने कोशिस गरिन्छ। मलमले काम गर्न नसकेको अवस्थामा बटक्स इन्जेक्सन लगाइन्छ, जुन नयाँ प्रविधि हो। बटक्स इन्जेक्सनले पनि घाउ ठीक नभए बल्ल अपरेसन प्रक्रिया बढाइन्छ। तर, अस्पताल आउने सबै बिरामीलाई अपरेसन नै गर्नुपर्छ भन्‍ने हुँदैन। खानपानमा सुधार गर्न सकियो भने पनि अधिकांश मानिसमा फिसरको समस्या आफैं निको हुन्छ। त्यसकारण बिरामीले अस्पताल आउन डराउनु हुँदैन। अस्पतालमा सही डाइग्‍नोसिस हुन्छ। त्यसपछि मात्र सही उपचार गर्न सकिन्छ।

हाल बी एन्ड बी अस्पतालमा सही डाइग्‍नोसिसका लागि आवश्यक उपकरण र परीक्षण सेवा उपलब्ध छन्। क्यान्सरका लागि पनि बायोप्सीलगायत सुविधा उपलब्ध छन्। जटिल फिस्टुला र क्रोनिक फिसरको समस्या भएका बिरामीको उपचारका लागि पनि एडभान्स सर्जरीको सुविधा बी एन्ड बी अस्पतालमै उपलब्ध छ।

आइतबार, चैत २४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते
सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण
शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री
स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा
उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

भर्खरै

  • १.
    सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

  • २.
    सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

  • ३.
    शैक्षिक परामर्श व्यवसायमाथि धरौटीको व्यवस्था कायमै रहन्छ : शिक्षामन्त्री

  • ४.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ५.
    उपराष्ट्रपति यादवसँग स्वीस राजदूतको शिष्टाचार भेट

  • ६.
    करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु

  • ७.
    खैरो हेरोइनसहित चार जना पक्राउ

  • ८.
    इबोला प्रकोपले बढायो विश्व चिन्ता

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.