काठमाडौँ । हाल काठमाडौँ उपत्यकासहित आसपासको जिल्लाहरूमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका प्रदेश १, मधेस, बागमती, लुम्बिनी र गण्डकी प्रदेश केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन र चट्यांगसहित वर्षा हुने जनाएको छ ।
Advertisement

स्थानीय वायु, उत्तर प्रदेशदेखि पश्चिम बंगालको समथल भू भागसम्म बनेको न्यून चापीय प्रणालीका कारण वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम आंशिक बदली रहेको छ । देशको पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन र चट्यांगसहित वर्षा भइरहेको छ ।
